Author Details

  • श्रीधर खनाल Total Record 6

    नेपाली हास्यव्यङ्ग्य लेखनका क्षेत्रमा विभिन्न उपनामले चर्चित हास्यव्यङ्ग्य हस्तीको नाम हो श्रीधर खनाल । वि.सं. १९८८ सालमा त्रिपुरेश्वरमा जन्मनुभएका ठट्यौलो तथा हक्की स्वभावका निबन्धकार खनालका ‘नमरी संसार देखिन्न’ (निबन्धसङ्ग्रह) र ‘उल्लीविल्ली’ (हास्यव्यङ्ग्य लेखसङ्ग्रह) प्रकाशित छन् । निबन्धका अतिरिक्त उहाँका फुटकर हास्यव्यङ्ग्य कविता, गीत र प्यारोडीहरू पनि प्रशस्तै छन् । खनालले दर्जनौँ जासूसी उपन्यासका लेखक, अनेकौँ चलचित्रहरूमा अभिनय र विभिन्न पत्रपत्रिकामा स्तम्भकार भई आफ्नो बहुमुखी क्षमता प्रस्तुत गरी सक्नुभएको छ । विभिन्न सङ्घ–संस्थासँग संलग्न रहेर पनि बचेखुचेको समयलाई सदुपयोग गर्न रुचाउनुहुन्छ । उहाँ हास्यव्यङ्ग्य क्षेत्रका विशिष्ट दुई पुरस्कार ‘भैरव पुरस्कार (२०५०)’ र ‘वासुदेव लुइँटेल पुरस्कार (२०५६)’ द्वारा सम्मानित हुनुभएको छ ।