Author Details

  • मुक्तिनाथ शर्मा Total Record 30

    यतिखेर म
    आङ्खनै चेतनाले
    थिच्चिएको छु
    खोलापारिको
    एक्ले रुखजस्तो
    एक्लिएको छु
    र, एक्लिनुको अतिशय पीडाबाट
    ठाउँ–ठाउँमा दुखेको छु !
    म आफ्नै आवाज सुनेर तर्सेको शून्य आकाशको बादल
    म अखबारहरूमा लेखिएको कुनै अप्रिय समाचार
    म हिँड्दा हिँड्दै रोकिएको बाटो
    म आफ्नै आकाशबाट झरेको जून
    मेरा सामु ढकमक्क फुलेको छ झरिजाने फूल
    मेरा सामु लमतन्न परेको छ ढलिजाने समय
    यतिखेर, म त्यही समयसँगै ठाउँ–ठाउँमा ढलेको छु !
    मेरा निधारैभरि घटनै घटना लेखिएका छन्
    मेरा छातीभरि दुर्घटनै दुर्घटना खोपिएका छन्
    मेरा निम्ति हिँड्नुपर्ने गोरेटो लामो छ
    मेरा सामु तर्नुपर्ने नदी गहिरो छ
    डरलाग्दा छन् चढ्नुपर्ने पहाडहरू
    रित्ता छन् जूनतारा
    रित्तो छ आकाश
    वरपर छन् काला रातहरू
    यतिखेर
    म त्यही कालो रातभित्र
    जीवनको आकार खोज्दै छु !

    कलङ्की, काठमाडौं