Author Details

  • गणेश घिमिरे ‘मार्मिक’ Total Record 10

    रामबहादुर पहाडी
    १.
    म हाँसेको छैन साथी म रोएको पनि छैन
    भर्खरै उठेको छु मुख धोएको पनि छैन
    महलको राजा वन छिरेपछि
    नेताहरूले जनता पिरेपछि
    मट्टितेल नपाएर अन्न छोएको पनि छैन ।

    २.
    कार्यालयको बहुला कुकुर विषले वेसुर भयो
    ऊ सबै कर्मचारीहरूको धूरधूर भयो
    यता गयो उसले लखेट््््छ
    उता गयो उसले लखेट््््छ
    हाकिमले के सोच्यो कुन्नि रिसले चुरचुर भयो ।

    ३.
    त्यो पारि वनमा कसैले आगो लगाई दिएछ
    यौटा बटुवा आगो निभाउ भन्दै चिच्याई दिएछ
    वनपालेहरू मजा भो भन्दै थे
    उनीहरू आ–आफ्नो भाग गन्दै थे
    त्यो कराउने मान्छे त वहुलाहा पो रहेछ ।
    ‘नरिसाउनू है !’ (लिमरिक–सङ््ग्रह) २०७० बाट