उच निच र छुत अछुतको
गहिरो भेदभाव चलीरहेकै छ
धेरै मान्छे सम्पन्न भएछन्
तर बस्ति जलिरहेकै छ
हलो जोत्ने हली दाइको
पेट त अझै खालि नै रहेछ
गाउँ घरमा त अझै पनि
ढिकी जाँतो नै चलिरहेछ
गाउँ घरमा नयाँ पहिरन आयो भनेर
जता ततै हल्ला नै हल्ला छ
आफ्नै मात्र पहिरन फेरियो
बस्ति पुरानै पहिरनमा जलिरहेछ
यहाँ त सिर्फ नाम लिइन्छ अनि
सोखको लागि गुन्द्रुक र ढिंडो खाइन्छ
तर बस्ति भित्र पसेर हेर त
गुन्द्रुक–ढिंडो नै मान्छेको जीवन छ
भोकको पीडा खप्न नसकी
नानीहरूको पेटमा ज्वाला बलिरहेछ
आँखा खोलेर हेर त एकपटक
बस्ति त ह्वार ह्वार जलिरहे छ ।
हाल– जर्मनी