पुकार
सेकिएको ढाड अझै सेकाउनुहोस् हजुर
ऋण माथि ऋण अझै बोकाउनुहोस् हजुर
ओरालो लाग्दा मृगले पनि खेद्छ भन्छन्
मन लागे जति अझै खेद्नुहोस् हजुर !
लोकतन्त्र
नेताहरूलाई जाल र झेलको मीठो खेल भएको छ
जनताहरूलाई वरदान हैन अभिशापको भेल भएको छ
लोकतन्त्रको आगमन पछि देश र जनताको भविष्य
के के नै होला भन्ठानेको त महङ्गीको नेल भएको छ ।
हाल : काठमाडौं