Author Details

  • विश्व विनोद Total Record 74

    के छक्क परेर अक्क न पक्क हुनु भा’को हँ ? म अब विदेश नजाने नै भा’को हुँ, स्वदेशमै सबैथोक हुने भएपछि किन विदेश जानुप¥यो र ? कुन देश बाँकी छ र घुम्नलाई ? पार्टीको काममा, देशको नाममा विभिन्न ठाम् ठाम्मा घुम्न गएपछि मलाई विदेश प्रतिको मृगतृष्णा ह्वात्तै घटेर गा’को छ । आखिर घुम्नु पर्ने देश नै कुन बाँकी छ र ?

    बरु देशै नघुमी सङ्घीयताको नारा हाम्रो पार्टीमा सबैभन्दा बढी लगाउनेमा मै पो रहेछु । अब देशै घुम्नु पर्ला । के छैन यहाँ ? सोझा जनता छन्, सोझा गाउँले छन्, एक छाक भात कुकुरलाई त दिन्छन् भने हामी नेतालाई त भत्तुवा लाएकै भरमा देलान् नि गाँठे । हुन त बन्दुक नदेखाई भात नदिने जनता पनि यही देशमा हाम्रै पार्टीहरूले बनाएका हुन् । म भूमिगत हुँदाका रुकुम, रोल्पाका डाँडा–काँडाका घर घरहरूले के भनेका होलान्, हाम्रो महान् युद्दपछि ती घरले पनि नियास्रो मानेका होलान्, निन्याउरो भएका होलान् । तिनका ेनियास्रो मेट्नु छ । अझ भात मागेर खाने बानी बिर्सन्छ कि भनेर नवीकरण गर्नको लागि गाउँ गाउँ जानै पर्ने भो । कहाँ विदेश गएर विदेश भ्रमण गरेर समय बर्बाद गर्नु ?

    हामी अलिक भत्तुवा भएछौं, मै पनि भत्तुवा छु, तपाईं पनि त्यस्तै त होला नि हैन ? सोझै काम गरेर कमाएको भन्दा बसी बसी खान पाएकोमा हामीलाई गर्व छ, मागेर खानुमा ३ सय ६५ दिने बाह्रमासे पर्व छ । देशलाई माग्ने बनाएपछि जनता पनि माग्ने अवस्थामा पु¥याएका छौं अनि म जान्न चाहन्छु कि हाम्रो महान् क्रान्ति पछि गाउँ नगा’को यत्रा वर्षपछि अझ जनता कति गरिब भए हेर्ने धोको छ । विदेश गएर आखिर हुने नै के रहेछ र ? दुई चार बोत्तल वाइन लडाएर डिनर पार्टीमा रम्नु भन्दा विदेश भ्रमणको उपलब्धि के रह्यो र ? म तनावमा छु कि न सिङ्गापुर हामीले घुमेर देश त्यस्तो न स्विट्जरल्याण्ड घुमेर देश त्यस्तो भो । यति धेरै नेताले गरेको विदेश भ्रमणको खर्च बटुल बाटुल पार्न पा’को भए देशको लागि एक वर्षको लागि बजेट बन्थ्यो होला ।

    गरिबसँग प्रधानमन्त्री भन्ने कार्यक्रमले जनतासँग जान निक्कै मजा त हुन्थ्यो तर म यसो सोच्छु कुनै युरोपेली देशको राष्ट्रप्रमुखले मसँग डिनर खाँदा गरिब देशसँग खाएको सोच्छन् होला है । हो त्यसैले मलाई विदेश भ्रमणप्रति बितृष्णा भो । विदेश जानु पर्दैन अब मलाई । किनकि हामीले गाउँका युवालाई बिस्थापित गरेर विदेशमा स्थापित गराएका छौं । उनीहरूले देशको अर्थतन्त्र धानेको बेला गाउँमा कति युवा विदेशिएछन् भनेर गाउँ जानु मेरो लक्ष्य रहेको छ ।

    टन्न बैंकमा ब्यालेन्स छँदै छ, दो चार घडेरी शहरमा कमाएकै छु, एक दर्जन घर विभिन्न शहरमा ठड्याएकै छु । अनि किन जानु प¥यो र विदेश ? हो म विदेश जाँदै जान्न । जनयुद्दमा जनताका छोराछोरीले पढ्न नपाए पनि मेरा छोरा छोरीले विदेश गएर पढेकै छन् अनि किन जानु प¥यो विदेश ? घरैमा बसेर अन्तर्राष्ट्रिय स्तरको सुविधा पाएकै छु अनि किन जानु विदेश ? सोझा जनता छन्, सोेझ पार्टी कार्यकर्ता छन्, सुधो गाईको जस्तो लुरुक्क भनेको मान्ने उनीहरू हुँदाहुँदै विदेश जानु महापाप हो । हो म अब विदेश जाँदै जान्न ।

    बिना काम राज्यले सुविधा दिने यस्तो महान् स्वर्ग समान् देश छाडेर विदेश भ्रमण किन जानु, अहँ मेरो लागि यो देश त जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसी भनेझैं भा’को हो । यहाँ भनेको पु¥याउनु पर्दैन, पु¥याउनै सकिने कुरा गर्नै पर्दैन, यस्तो रामराज्य देश नघुमेर विदेश किन घुम्नु हँ ? विदेशी हाम्रो देशमा घुम्न आउँदा हामी विदेश किन घुम्न जानु र ?उनीहरू हामीलाई ढुङ्गे युगका मानिस भनेर हेर्न आउने रहेछन्, यी ढुङ्गे युगिन् सभ्यतालाई पन्छाएर पर जान नसकिँदा म विदेश घुम्दै घुम्दिन । विदेशले कुन कुन देशमा कहाँ कहाँ सैनिक अखडा छन् भनेर एक एक गनिरहँदा म कहाँ कहाँ मानिसले चर्पी बनाए भनेर मग्न भएको बेला यसैमा विदेशले अनुदान दिएका छन् । यसलाई भुँडीसुधारको लागि परिचालन गर्न पाएपछि किन विदेश जाने हँ ? म अब विदेश जाँदै जान्न । जदौ

    सहायक प्राध्यापक, म.ब.क्याम्पस
    बेँसीशहर– ७, लमजुङ