Author Details

  • हरि खनाल Total Record 138

    धादिङको माटोमा जन्मिनुभएका हरि खनाल हाल शिक्षा विभागतिर सेवा पु¥याएर दिनचर्याको मेवा जुटाउँदै हास्यव्यङ्ग्यमा कलम चलाउने स्रष्टा हुनुहुन्छ । खनाल नेपाली साहित्यको पछिल्लो चरणमा निकै प्रभावकारी उपस्थिति जनाई सक्नुभएका स्रष्टा हुनुहुन्छ । कथा, कविता, निबन्ध, उपन्यास र बालसाहित्य सम्ममा जाँगर पोख्दै डेढ दर्जन कृति दिइसक्नु भएका खनाल हास्यव्यङ्ग्य शैलीलाई पनि उत्तिकै मान र मर्यादा गर्नुहुन्छ । ‘फित्कौली’, ‘जनमत’, ‘मधुपर्क’ जस्ता साहित्यिक पत्रपत्रिकामा उहाँका फुटकर हास्यव्यङ्ग्य रचनाहरू प्रकाशित भएका छन् । बेइमान, गतिछाडा, स्वार्थलम्पट मान्छे पुजिने–पुरस्कृत हुने अनि इमानदार, कर्तव्यनिष्ठ, निस्वार्थी र नैतिकवान् मान्छे भने सबै खालको अवसरबाट पाखा लाग्नुपर्ने परिस्थिति अधिक दुर्भाग्यपूर्ण हो । यही सङ्गति नमिलेको वस्तु–सन्दर्भलाई हास्यव्यङ्ग्य लेखनले आफ्नो प्रहारको निशाना बनाउँदै आएको छ । नेपाली हास्यव्यङ्ग्यका मानक व्यक्तित्व भैरव अर्यालका मानक कृतिहरूबाट अभिप्रेरित भई यस क्षेत्रमा सक्रिय हुँदै आएका स्रष्टाहरूको पछिल्लो पङ्क्तिमा उभिनुभएको छ हरि खनाल । कृतिका रूपमा ‘भोकासुर’ (२०७०) उहाँको पहिलो हास्यव्यङ्ग्य सङ्ग्रह हो ।