Author Details

  • अनील श्रेष्ठ Total Record 12

    उसको एउटा हातमा बुद्ध थियो
    र अर्को हातमा बारुद

    तर उसको पछाडि
    न बुद्धका अनुयायीहरू थिए
    न बारुदका खेलाडीहरू

    दुवैथरी
    एकअर्कासँग उदासिन थिए
    सशङ्कित थिए
    र आतङ्कित थिए

    र टाढाबाट
    दुवैथरी, एकअर्कालाई
    नियालिरहेका थिए

    ऊ भने
    एक्लै
    सडकमा
    चिच्याइरहेको थियो
    ‘शान्ति
    र संविधान’ ।

    आँबुखैरेनी, तनहूँ