Author Details

  • नारद गौतम Total Record 8

    आनन्ददेव भट्ट
    हास्यव्यङ्ग्य महावीर श्री भैरब अर्याल भूमिनन्दका नाति र होमनाथका छोराको रूपमा संम्बत् १९९३ साल असोज ५ गतेका दिन ललितपुरको कुपण्डोल टोलमा जन्मेका थिए । २०३३ साल असोज १९ गते राति काठमाडौंको बागमतीमा गोकर्णको महादेव स्थाननिर स्वेच्छाले डुबेर देह त्याग गरे । उनको न्वारनको नाउँ तीर्थनाथ भए पनि उनी घरमा भैरवका रूपमा बोलाइन थाले र भैरव अर्यालका नामबाटै सामाजिक एवम् सहित्यिक क्षेत्रमा सुप्रसिद्ध भए । उनी कवि, निबन्धकार, समीक्षक, समालोचक र सुप्रसिद्ध पत्रकार÷सम्पादकसमेत थिए । उनले समाजमा यो प्रतिष्ठा कमाउन जीवनका के–कस्ता गोरेटाहरू पार गरे अति सङ्क्षिप्तमा त्यसको चर्चा पनि गरौं ।
    ब्राम्हण परिवारमा जन्मेका भैरवका पिताको प्रहरी सेवामा लेखापालको जागिर भएकाले उनको आर्थिक स्थिति साह्रै खराब नभए पनि पैत्रिक आर्थिक पृष्ठभूमि त्यति सबल नभएको बुझिन्छ । त्यसैले उनले केही कष्ट त उठाउनै प¥यो । उनका पिताजीले आफ्नोे बसाइ ललितपुर वा पाटन सहरको कुपण्डोल जस्तो चल्तिको शहरी ठाउँबाट आर्थिक शक्ति बढाउन त्यति बेलाको गोकर्ण पार्कको दक्षिणढोका नजिकै ग्रामीण पृष्ठभूमिमा जानुप¥यो । त्यसबेला त्यहाँबाट काठमाडौंको मुटु शहरमा आउन (पैदल) झण्डै एक घण्टाभन्दा बढी नै हिँड्नु पथ्र्याे । अनि भैरव अर्यालले रानीपोखरीको संस्कृत पाठशालामा पढ्न पनि दिनदिनै लामै यात्रा गर्नुपथ्र्याे । तर उनले संस्कृतको मध्यमा परीक्षा चाहिँ बनारसबाट पास गरे । त्यसपछि उनले आई.ए. र बि.ए.को पढाई चाहिँ प्राइभेटबाटै पास गरे । पछि २०२६ मा उनले त्रि.वि.बाट नेपालीमा एम्.ए. उत्तीर्ण गरे ।
    उनको शैक्षिक औपचारिक पृष्ठभूमि यस्तो भए तापनि व्यक्तिगत जीवनमा आफ्नोे खुट्टामा उभिन र आफ्ना भाइबहिनीको र स्वयम् आफ्नै परिवारको पनि भार बहन गर्न उनको १२ वर्षको उमेरमा बिहे भएर तीन छोरा, तीन छोरीहरू जन्मेका थिए । उनले कास्की जिल्लाको सदरमुकाम पोखरा सहरमा गई शिक्षणकार्यका निम्ति त्यतिबेलाको नर्मल तालिम (प्राविमा पढाउन) लिनुपरेको थियो र २०११ सालमा सो प्राप्त गरी कास्कीकै कन्धनीडाँडाको प्रा.वि.मा पढाए । अनि त्यहाँबाट सरुवा लिई काठमाडौं साँखुको इन्द्रायणी प्रा.वि.मा पढाए तर उनको बौद्धिक एवम् साहित्यिक चेतनाले सके उनलाई पढाउने काममा त्यति उत्साह आएन होला र २०१५ सालदेखि हालखबर भन्ने दैनिक पत्रिकामा काम गर्न थाले । त्यस पत्रिकाको सामान्य सहयोगी हुँदाहुँदै उनी उपसम्पादक र सम्पादकसमेत बने । अनि उनले सगरमाथा सम्बाद समितिमा पनि सेवा प्रदान गरे र अन्तमा २०१८ सालमा गोरखापत्र पत्रिकामा सेवा गर्ने अवसर पाए । यो सेवा उनको जीवनका अन्तिम दिन २०३३ साल असोज १९ सम्मै चालू रह्यो । त्यसैले शिक्षणको जागिरे जीवनबाहेक पनि उनी व्यक्तिगत संस्था र श्री ५ को सरकार अन्तरगतको कर्मचारी भएर काम गर्दा के कस्तो स्थितिसम्म अनुभव गर्नुपर्दाेरहेछ भन्ने कुरा उनले घाँटी घाँटीसम्म अनुभव गरे । यी विविध अनुभवलाई अत्यन्त गहिरो गरी अनुभूत गरी उनले तिनको सारलाई आफ्ना हास्यव्यङ्ग्य शैलीका निबन्ध र कवितामार्फत प्रस्तुत गरेका छन्् । ती कृतिहरूको सशक्तता र प्रभावकारितालाई हेरेर प्रत्येक पाठक अनुमान लगाउन सक्छ भैरव अर्याल जनजीवनलाई कति गहिराई र यथार्थमा गई हेर्न सक्दारहेछन्् ।
    अब हामी भैरब अर्यालको सामाजिक चिन्तनबारे थोरै चर्चा गरौं । सर्वप्रथम उनी नेपालको ब्राम्हण परिवारमा जन्मेकाले उनी त्यस समुदायको हिन्दू वर्णभेदवादी चिन्तन र व्यवहारबाट प्रभावित हुनु स्वाभाविकै थियो । अनि मध्यमासम्मको औपचारिक अध्ययन संस्कृत शिक्षाको माध्यमबाटै भएकाले पनि त्यो चिन्तन परम्परावादी, सङ्कीर्णतावादी, ब्राम्हण जातीय गर्बिलो भावले भरिएको हुनुमा कुनै शङ्का रहँदैन । तर साथै घरको आर्थिक स्थिति त्यति बलियो नहुनु र आफूले २० वर्षको उमेरभित्रै जागिर खाई आफ्नोे खुट्टामा उभिनुपरेकाले र खासगरी आफू १९ वर्षको हुँदानहुँदै देशको एकतन्त्री हुकुमी राणाशासनले बिदा लिई त्यसका ठाउँमा प्रजातान्त्रिक शासनपद्धतिले प्रवेश गरेको भैरब अर्यालको जीवनमा पनि त्यसको गम्भीर प्रभाव प¥यो । त्यतिबेला उनले त्यसै क्षेत्रका जागरुक युवाहरू रमेश विकल, नवराज चालिसे, बलराम अर्याल, शक्ति लम्साल आदि अनेकसित निकटको दोस्ती गर्न पाएकाले उनको परम्परावादी चिन्तनमा क्रमशः हुरी चल्दै त्यसले एउटा ठूलो तूफानको रूप लिएको अनुभव गर्न सकिन्छ । त्यही बेला नेपालको र खासगरी काठमाडौं उपत्यकाको समाज छिटो–छिटो परिवर्तनको बाटोतिर लम्कँदै गरेको थियो । परम्परावादी सङ्गीर्ण चिन्तनका परिवारबाट आएका युवाहरू र थोरै अंशमा मात्र भए पनि युवतीहरू पनि एकथरी नेपाली काङ्ग्रेसको प्रभावक्षेत्रभित्र जाँदैथिए भने अर्काेथरि नेपाल कम्युनिष्ट पार्टीको माक्र्सवादी वैचारिक घेराभित्र प्रवेश गर्दै थिए । भैरव अर्याल २००७ सालपछिका सशक्त आन्दोलनको पाँच वर्षभित्रै एकातिर आफ्नोे परम्परावादी विचारको घेरो भत्काउँदै जनमुखी विचारतिर, प्रगतिशील विचारतिर आकर्षित हुन थालेका थिए भने पोखराबाट शैक्षणिक तालिम प्राप्त गरी प्रावि शिक्षकका रूपमा समाजमा देखापरी काठमाडौं आएपछि उनी एक पाइलो अगि सर्दै माक्र्सवादी÷ वैज्ञानिक भौतिकवादी दार्शनिक घेराभित्र प्रवेश गर्न अगसर भए र उनी नेपाल कम्युनिष्ट पार्टीको समर्थक मात्र नबनी सदस्य बन्न पुगे । दुई तीन वर्ष जति पार्टीमा काम गरेपछि उनले आफ्नोे त्यो नयाँ रानजीतिक जीवनलाई अगि बढाउन सकेनन् र अन्त्यमा उनी पार्टीबाट बाहिर नै निस्किए ।
    यसबाट म के अड्कल काट्छु भने सर्वप्रथम उनमा युवासुलभ जोश, जाँगर र भावना भए पनि राजनीतिप्रति नै तीब्र आकर्षण र स्वाभाविक सहयात्राको वैचारिक भाव त्यति जाग्रत नभइसकेको हुन सक्छ । दोस्रो कुरा, उनले आफ्नोे घरको बढ्दो बोझलाई थाम्न धौधौ परी भित्रभित्रै अत्तालिएको अवस्था हुन सक्छ । तेस्रो, स्वयम् कम्युनिष्ट पार्टीले (त्यसका कार्यकर्ता, नेता र समर्थकहरूले) उनीसितको सम्बन्ध, सम्पर्क र अनुगमनलाई अत्यन्त हार्दिकता र सहानुभूतिपूर्वक हेर्नुको सट्टा केवल पार्टी अनुशासनको घेराभित्रबाट मात्र हेरेको हुन सक्छ । चौथो, उनलाई माक्र्सवादी÷वैज्ञानिक भौतिकवादी दर्शनको चुम्बकीय आकर्षणले भन्दा राणा काँग्रेस विरोधी भावनाले कम्युनिष्ट पार्टीको सदस्य बनाएको हुनसक्छ । त्यसैले उनले कम्युनिष्ट पार्टीबाट आफ्नोे बहुमुखी समस्यामा कतै कुनै सहयोग हुन नसक्ने देखी पलायनको स्थिति बोध गरेको हुनु सक्छ । साथै त्यही बेलातिर २०१५ सालको संसदीय निर्वाचन पनि आएकोले र त्यसबेला नेपाल राष्ट्रवादी गोर्खा परिषद् पार्टी र तिनको विस्तृत चिन्तन घेराभित्र पर्ने अन्य कतिपय सस्याना पार्टीहरूले पनि आफ्नोे प्रचार–प्रसारका निम्ति विभिन्न किसिमले सहयोग गरिदिने सहयोगी, एक प्रकारले भाडैमा पनि खोजिरहेको बेलामा उनी जस्तो आफ्नोे दार्शनिक राजनैतिक विचार र पक्षधरता दृढ नभइसकेका मानिसलाई खासगरी उनको आर्थिक कमजोरीबाट फाइदा उठाई प्रयोग गर्न खोज्नु सामान्य कुरा जस्तो लाग्दछ । श्री रङ्गनाथ शर्मा अध्यक्ष रहेको प्रजातान्त्रिक महासभा पार्टीले संसदमा शर्माको उम्मेदवारीको निम्ति उनलाई आफ्नोे मित्र बनाउन सकेको कुरालाई उनको माक्र्सवादप्रतिको तरल विचारकै परिणाम ठान्नुपर्दछ ।
    यस घटनाले भैरव अर्यालको वैचारिक जीवनयात्रालाई कुनै सकारात्मक ऊर्जा दिएन बरु उनको समाजमा व्याप्त अनेक किसिमका अन्याय अत्याचार, शोषण, उत्पीडन, अपहेलना, लाञ्छना, भ्रष्टाचार, अनाचार र ठगीका विरुद्ध उनले आफ्नोे साहित्यिक क्षेत्रबाट लडेको लडाइँलाई थोरै भए पनि गरुड छायाँ हाल्ने काम चाहिँ गरेकै हो भन्न सकिन्छ । त्यति मात्र होइन उनी एकातिर समाजलाई न्याय निसाफ, समता, सद्भावना, हार्दिकता र प्रेम दिन खोज्ने तर अर्काेतिर समाजमा शक्तिशाली सत्ताधारीहरूले चाहिँ उनका एकसेएक सुन्दर र सच्चा भावनालाई खुइल्याइदिने अवस्थालाई देखेर उनको मन धेरै नै निरास हुँदै गयो होला । उनले आफ्ना सत्य र न्यायका भावनालाई बचाइदिने कुनै सामूहिक शक्ति नदेखेर होला, अन्त्यमा उनले आत्महत्या गरी आफूभित्रको जनसमर्थनकारी सम्पूर्ण प्रतिभाकै अवसान गरिदिए । चिन्तनको सबलता र दुर्बलताले समाजमा मात्र होइन व्यक्तिको आफ्नै जीवनमा समेत कति ठूलो प्रभाव पार्न सक्दो रहेछ भन्ने कुरा हामी बाँचेकाहरू सहजै बुझ्न सक्छौं । तर उनले आफ्नोे जीवनलाई एकदम एक्लो ठानी विपरित व्यवहार गर्नाले स्वयम् आफ्नोे जीवनज्योतिलाई नै आफैले ‘फू’ गरी निभाउनु प¥यो । त्यो भन्दा दुःख र वेदनाको कुरा हामी बाँचेकाहरूलाई अरु के हुन सक्छ ?
    श्री भैरव अर्याल जस्तो सामान्य पृष्ठभूमि र आर्थिक टेवाको मानिसमा जति ठूलो प्रतिभाले च्याएको थियो त्यस कुरोलाई उनले जीवनको सुरुदेखि नै चिन्तन, मनन, समाजसित हार्दिक र खुला रूपमा आदान प्रदान गर्ने गरेको भए पक्कै पनि उनले समाजका जीवनवादी पक्षहरू, शक्तिहरू, सङ्गठनहरू र तिनका बलिया आधार स्तम्भहरूलाई देख्ने थिए, चिन्ने थिए र तिनसित खुला मनले अँगालो मार्न सक्थे । तर उनले आफूलाई मानौं समाज भन्दा एक्लै हिंडाउन खोजेकोले उनी झन् झन् एक्लो अनुभव गर्दै गए र अन्तमा उनले जबरजस्ती मृत्युलाई वरण गर्न पुगे । हो, समाजको पनि उनमा त्यस्तो विपत्ति आइपर्नुमा धेरथोर दोष अवश्य नै छ भन्नुपर्छ । कारण एक हातले कहिल्यै पनि ताली बज्दैन । समाजले उनका यावत् खुला सत्यलाई मुक्तकण्ठले प्रशंसा गर्दागर्दै उनले एक्लै महाकाललाई अङ्कमाल गर्न गएपछि समाजले पहिल्यै कसरी थाहा पाउने ? र उनलाई त्यस अनिष्टको अँगालोबाट कसरी फुत्काई ल्याउने ?
    जे होस् भैरबजी गए कसैसित दुई वचन नबोली गए । र पनि उनले हास्यव्यङ्ग्यको क्षेत्रमा पु¥याएको असाधारण योगदानका निम्ति जीवित नेपालीहरूले उनीप्रति अटूट श्रद्धा र अर्चना गरिनै रहेका छन्् । यस निम्ति म तल केही उद्धरणहरू उपस्थित गर्दछु, जसबाट प्रष्ट हुनेछ– उनलाई उनका पाठक र मूल्याङ्कनकर्ताहरू कति धेरै प्रशंसाका उद्गारहरू व्यक्त गर्दारहेछन्् ः
    “भैरब अर्याललाई शोषण गर्नेहरूले अझै पनि भैरब अर्याललाई सताइरहेका छन्् र उनको नामबाट आफ्नोे पुरेत्याईं चलाइरहेका छन्् । ऊ कम्युनिष्ट थियो र थिएन भने बहस आइरहेका छन्् ।”
    –विष्णु प्रभात, अज्र्यालवंशीय विद्वत्परम्परा (२०६०, पृ. १२१)
    “उनको कुक्कुर स्वर्गे हुँदा भन्ने कविता गाईजात्रा महोत्सबमा पढ्न नदिइनु यसको प्रत्यक्ष प्रमाण हो ।” (ऐ. ऐ.)
    “अनुप्रासयुक्त भाषा र विषयवस्तुको स्वाभाविकताले हँसाउन सम्म हँसाउने, झर्राे शब्दको प्रशस्त प्रयोग गर्ने, सामाजिक कुरीतितर्फ तीक्ष्ण व्यङ्ग्य गर्ने, सुधारात्मक लक्ष लिएको, सामाजिक स्वस्थतातर्फको हुटहुटी” भैरबको लेखनमा पाइने विशेषता हुन् ।) –ले) ।
    (डा. तारानाथ शर्मा, नेपाली साहित्यको इतिहास (२०२९÷२०३९, पृ. २४३)
    “निबन्धमा लोकप्रिय हस्ताक्षर, यस फाँटका अविजेय प्रतिभा, उनको हास्यव्यङ्रग्य प्रविधि अत्यन्त प्राञ्जल, मधुमय र तिख्खर देखिन्छ, उनलाई कुनै पनि विषयमा निबन्ध लेख्न कन्नु र गम्नु पर्दैन, (पृ.९८) ।
    हास्यव्यङ्ग्य निबन्धको परम्पराको उनको स्थान, उनको मान र उनको शान अग्रपङ्क्तिमा आउँछ ।
    हरिप्रसाद तिमसिना, केही साहित्यिक कृति ः केही आत्मदृष्टि (२०४४, पृ.९९)
    अन्त्यमा
    कुनै पनि मानिसको जीवनलाई हेर्दा त्यसका अनेक पाटाहरू देखा पर्दारहेछन्् । जस्तै प्रत्येक मानिसले आफ्नोे जीवनलाई अस्तित्वलाई व्यक्तित्वलाई, जोगाउन धेरै नै सचेत, सजग भै सततरूपमा परिश्रम गर्नुपर्दाेरहेछ । त्यसपछि जब उसमा विचारको जन्म हुन्छ तब उसले कुन विचारले उसको फाइदा हुन्छ र अरुको बेफाइदा गर्दैन भन्ने र कुन विचारले आफूलाई र अरुलाई पनि बेफाइदा हुन्छ सो राम्ररी छुट्याई आफूलाई हित हुने मात्र होइन अरुलाई पनि हित हुने वा अरुको अहित नहुने कार्य गर्न सक्नुपर्ने रहेछ । त्यसका निम्ति अर्थात कुनै कार्य सम्पन्न गर्न आवश्यक ज्ञान, सिप अवधारणा र त्यसका उद्देश्यको प्राप्तिमा एकाग्रताका साथ अग्रसर हुनुपर्दाेरहेछ । यसरी अघि बढ्दा त्यस कामका सिलसिलामा उसको प्रतिभा देखापर्दाे रहेछ । स्तर अनुसारका उसका कार्यको स्थान निर्धारण हुँदोरहेछ । भैरव अर्यालको हास्यव्यङ्ग्य चेतना अत्यन्त तिखो र सूक्ष्म रहेछ भन्ने कुरा यिनका हृदयहारी रचनाले देखाएका छन्् । साथै उनी सधंै समाजमा राम्रोले मौका पाओस् र नराम्रोले उछिन्न नपाओस् भन्ने कुरामा अत्यन्त सजग सचेत देखिन्छन्् । तर व्यक्तिगत रूपमा समाजलाई अत्यन्त हित गर्ने यस्तो सचेतता पाएर पनि उनले आफ्नोे जीवनलाई जसरी जानाजानी धेरै समय अगाडि मृत्युका मुखमा सुम्पेको देखियो, यसबाट के निष्कर्ष निस्कन पुग्छ भने समाजका विध्वंशकारी शक्तिहरूले उनको त्यत्रो प्रतिभाको मुहानलाई ट्याप्पै थुनिदिए । त्यसैले असल मान्छेले जीवनमा नहार्ने समाज विरोधी शक्तिलाई निर्बल पार्न ज्ञान र सिप पनि आर्जन गर्नु बढी सुरक्षादायी हुन सक्छ ।
    काठमाडौं