Author Details

  • कलाधर काफ्ले Total Record 2

    एकादेशमा भोजनभट्ट, भ्रष्टबहादुर, छट्टुराम, षडयन्त्रनाथ र ठगेन्द्रमान नाम गरेका पाँचजना घनिष्ठमित्र थिए । उनीहरूले संयुक्त रूपमा सरकारका ठूलाठूला आयोजनाहरूको ठेक्का लिन्थे तर काम गर्दैनथे । पैसा भने मनग्गे कमाइ रहेका हुन्थे । थोरै काम गरेर धेरै दाम कमाउनु पर्ने तिनीहरूको मूलभूत उद्देश्य थियो ।

    स्थानीय मोजमस्ती होटेल मातिनीहरूको भव्य कार्यालय थियो । सदाझैं उनीहरू एक दिन कार्यालयमा जुटे । अर्को कामको खोजी गर्ने सिलसिलामा तिनीहरू बीच व्यापक छलफल भयो र एउटा राष्ट्रियस्तरको तर अलि नौलो प्रकृतिको आयोजना तर्जुमा गरी सरकारबाट स्वीकृत गराउने र त्यसको कार्यान्वयन आफैले गर्ने निर्णय गरे । अयोजनाको नाम सर्वसम्मतिले ‘राष्ट्रिय झिँगा विनाश अभियान’ रहन गयो ।

    आयोजनाको औचित्यमाथि प्रकाश पार्दे भोजन भट्टले भन्यो–‘पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म र महलदेखि छाप्रोसम्म झिँगाको प्रकोप बढेको र तिनीहरूले सार्ने रोगबाट ठूलादेखि सानासम्म र अमिरदेखि गरिबसम्म सबै आक्रान्त भएकाले अब झिँगा विनाश अभियानलाई व्यापक रूपमा सञ्चालन गर्नु पर्ने आवश्यकता परेको हो ।’ उसले जोड दिँदै भन्यो–‘यसो भएमा मात्र हाम्रो देश स्वच्छ र समाज स्वस्थ हुनेछ ।’

    भ्रष्टबहादुरले आयोजनाको लक्ष्य, लागत र लागतको बाँडफाँडको विवरण यसरी प्रस्तुत ग¥यो– ‘अभियानले वर्षमादश करोड झिँगामार्ने छ । एकाइ मूल्यमा भन्ने हो भने प्रति झिँगाको लागत दश रुपियाँ कायम गरिएको छ । कार्यक्रम र बजेट स्वीकृत गर्ने र निकासा गरी मूल्याङ्कन गर्ने प्रत्येकलाई प्रतिझिँगा एकेक रुपियाँ, झिँगामार्नेलाई प्रतिझिँगाको एक रुपैया र अभियानलाई वाधा विरोध पु¥याउने अदृश्य शक्तिलाई प्रतिझिँगा एक रुपियाँ खर्च गर्दा प्रतिझिँगा ६ रुपियाको बचत हुनेछ । यसमध्ये प्रतिझिँगा एक रुपिया हाम्रो कार्यालय व्यवस्थापन र ठूलाबडाका लागि समय समयमा गर्नुपर्ने होटेल खर्च छुट्याउँदा पनि प्रति झिँगापाँच रुपियाँ अर्थात पचास करोड खुदनाफा हुनेछ ।’

    भोजनभट्ट र भ्रष्टबहादुरको प्रस्तुतिप्रति करतल ध्वनिका साथ सबैले समर्थन जनाए । यसैबीच ठगेश्वर मानले फ्याट्ट एउटा जिज्ञासा उठायो– ‘होइन, यो राष्ट्रिय झिँगाविनाश अभियानपटके हो कि सालबसाली?’ ‘कहाँको पटके हुनु नि’ भोजनभट्टले स्पष्ट पा¥यो– ‘ठगेश्वरमानजी, हाम्रो पालासम्म मात्र होइन, हाम्रा छोरा नातिका पालासम्म पनि निरन्तर चलिरहने कार्यक्रम हो यो ।’ यो सुनेर छट्टुराम र षडयन्त्रनाथ मुखामुख गर्दै भन्नथाले–‘पैसो त कुस्त कमाइने भयो, होइन?’ भ्रष्टबहादुरले तुरुन्तै थपिहाल्यो–‘जनताले चालै नपाउने गरी राष्ट्रिय ढुकुटी रित्याउने यो भन्दा राम्रो विकल्प त अरू हुनै सक्दैन नि!’पाँचैजना बीच उन्मुक्त हाँसोको पर्रा छुट्यो ।

    साथीहरूबीच फेरि कामकै प्रसङ्ग चल्न थाल्यो । षडयन्त्रनाथ र ठगेश्वरमानले कार्यक्रम स्वीकृत गराउने र बजेट निकासा गरी अभियानको मूल्याङ्कनसम्म गराउने जिम्मा लिए । बाहिर देखा नपरे पनि भित्रभित्रै कैँचीमार्दै अभियानमा अड्चन पु¥याउन सक्ने अदृश्य शक्तिको पहिचान गरी तिनीहरूको मुखबुजो लगाउने कामको जिम्मा छट्टुरामले लियो । राष्ट्रिय झिँगाविनाश अभियानको सम्पूर्ण व्यवस्थापन र कार्यान्वयनको जिम्मा भोजनभट्ट र षडयन्त्रमानको काँधमा आइप¥यो । पाँचै जनाले अर्काे दिनदेखि नै राष्ट्रिय झिँगा विनाश अभियानतर्फ युद्धस्तरमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । त्यसपछि बिहानदेखि राति अबेरसम्म चलेको बैठक त्यहीँ नै स्थगित गरी पाँचै जना रात्रिभोजनका निम्ति उद्यत भए ।

    बानेश्वर, काठमाडौं
    फोन – ४४७५३२१, मो. ९८४१५३५०३०