Author Details

  • नवराज श्रेष्ठ Total Record 24

    एउटा बिल्ली, दिल्ली पुगेर, सिल्ली भएर फर्कन्छ
    बिरालो देख्दा बाघ भनेर तर्सन्छ
    खै कसरी विश्वास गर्ने समयमै संविधान बन्छ भनेर
    एउटा यता फर्कन्छ एउटा उता फर्कन्छ
    अनि त सुनको अण्डा कसरी बर्सन्छ ?

    हार्नेले हा¥यो भनेर निराश नहुनुहोस्
    जित्नेले जित्यो भनेर दङ्ग नपर्नोस्
    हार–जितको खेल चलिरहन्छ यहा“
    घर–घरमा दियोबत्ती होइन
    सडकमा टायर बलिरहन्छ यहा“ ।

    सुन्दैछु शहरमा स्याल कराएको छ रे
    देशको सीमा–स्तम्भ हराएको छ रे
    सच्चा नेपाली भेटिंदैन अब
    यहा“ त कोही का“ग्रेस र कोही कम्युनिस्ट छ
    देशको राजनीतिक आर्थिक सामाजिक पक्ष डामाडोल छ ।
    पञ्चायती व्यवस्था सुनेकै हो
    दशबर्षे जनयुद्ध भोगेकै हो
    गणतन्त्र नेपालको लोकतन्त्र हेर्नुस्
    कति राम्रो छ आहा
    लगनपछिको पोतेजस्तो
    निदाएपछि आएको बत्तीजस्तो
    बा“दरको हातमा नरिवलजस्तो
    नेपाली सिनेमालाई अंग्रेजी नाम राखेजस्तो ।

    अस्पतालमा आम हड्ताल हुन्छ
    विश्वविद्यालयमा तालाबन्दी हुन्छ
    सारै भाग्यमानी हामी नेपाली
    झरनाको मुनि बसेर ओठतालु सुकाउनुपर्छ
    भद्रगोल देशका नागरिक हौं भनी छाती फुलाउनुपर्छ ।

    नेपाललाई नेपालजस्तै बनाउनुहोस्
    सिंगापुर– स्विटजरल्यान्डजस्तो होइन
    हाम्रो अपेक्षा धेरै ठूलो पनि छैन
    हाम्रो सपना त
    एउटा चिटिक्क परेको घर
    घर चलाउन ठीकैको जागिर
    जिउ–ज्यानको सुरक्षा
    भइपरि आउने समस्यामा राज्यको सहयोग
    भोक लाग्दा भात
    रोग लाग्दा उपचार
    कृषिमा आधुनिकता
    समाजमा एकता

    नीति हराएको राज छ
    विधि हराएको बाधा छ
    युवाशक्ति पलायन छ
    मेडिकलमा गएर हेर्नुहोस्
    मिति सकिएको सलायन छ

    बुझ्नेले के बुझे ?
    गर्नेले के गरे ?
    जे मन लाग्छ गरे हुने मनपरि तन्त्रलाई
    लोकतन्त्र भन्दिए ।
    वैशाख १ मान्नुभन्दा जनवरी वन मनाउन तल्लीन हुन्छौं
    दसैं–तिहारभन्दा भ्यालेन्टाइन डे मनाउन उत्साही हुन्छौं
    रामकृष्ण ढकालभन्दा प्रशान्त तामाङ आफन्त लाग्छ
    खै कहा“ छ ? राष्ट्रियता
    प्रभुको पाउमा लम्पसार पर्ने
    यस्ताले राष्ट्रवादको कुरा गर्ने ?

    प्याकेजमा सहमति
    बु“दामा सहमति
    होटलमा सहमति
    यी सबै जनता झुक्याउन बनेको राष्ट्र जाल हो
    महङ्गीको जा“तोले गरिबीलाई पिस्ने हो
    उहा“हरूलाई त मालामाल हो ।

    मैंले पढ्ने बेला बुर्जुवा शिक्षा रे
    कापी च्यातिदिनु भो
    किताब जलाइदिनु भो
    अहिले कुन वादको सिद्धान्त पढाउनु हुन्छ ?
    नेपाल बन्द गराउन र ढुङ्गामुढा गराउन अघि बढाउनु हुन्छ
    तपार्ईंंका छोराछोरी अमेरिका र अष्ट्रेलियामा छन्
    यहा“को विद्यालय ताल्चा लगाएको छ,
    तपार्ईंलाई शिक्षित जनता होइन
    तपाईंको झोला बोक्ने कार्यकर्ता चाहिएको छ ।

    हे प्रभु ! यो देशलाई लागेको व्यथा कसलाई कति सुनाऔं ?
    सुन्नपर्नेले सुन्दैन बुझ्नुपर्नेले बुझ्दैन
    न त वैद्यको ओखतीले हुन्छ
    न त डाक्टरको उपचारले निको हुन्छ
    न त धामीझा“क्रीले नै भूतप्रेत भगाउन सक्छ
    बरु पलायन भइरहेछन् यो देशबाट युवा
    जुवातासमा हारेजस्तै गरी ।
    तीनपटक मेडिकल जा“च गरेर
    स्वास्थ्य हट्टाकट्टा र दाग नभएको
    तन्दुरुस्त जनता जनार्दन
    ऋण खोजेर हुन्छ कि घरबार बन्दकी राखेर भए पनि
    रुखमा पैसा फल्छ भन्दा पनि पत्याएर गा’छन्
    लानेले खुरु–खुरु लग्या छ
    जाने लुरु–लुरु गा’छ ।

    विमानस्थलमा गएर हेर्नुस्
    जानेको लाइनमा हर्ष उल्लास
    फर्कनेको लाइनमा निराश
    कसलाई थाहा छ छोराले कति दुःख पाछ, कति हण्डर खा’छ
    ३–३ वर्ष रगत पसिना बेच्दा पनि
    आफू गएको ऋण तिर्न नसक्दा आत्महत्या गर्नु प¥या छ ।

    कोही भन्छ– राष्ट्रपति फेर्नु पर्छ
    कोही भन्छ– यो सरकारले के/के गर्छ त्यो हेर्नु पर्छ
    कोही भन्छ– पार्टी ठूलो भयो फोर्नु पर्छ
    कोही भन्छ– प्रधानमन्त्रिको पुत्ला जलाउनु पर्छ
    कोही भन्छ– कुखुराको भुत्ला उखेल्नु पर्छ
    यी दलहरूको दल...दल कहिल्यै नमिल्ने भो
    जुन तन्त्र आए पनि यस्तै त रहेछ नि नेपालमा
    खिचातानी चलिरहने भो ।

    जोगीमारा–७, भार्पाङ, धादिङ 
    ९८४१०८२८६५