Author Details

  • लक्ष्मीप्रसाद देवकोटा Total Record 8

    बुढ्यौलीमा दाँत पनि सँगै सुत्दैनन्
    चल्ने अङ्ग सबै दुख्छ, नदुख्ने चल्दैनन् ।

    एक घण्टाको थकाइ मार्न पूरै दिन लाग्छ
    बसेपछि निद्रा लाग्छ, सुतेपछि निद्रा भाग्छ ।

    गाला छाला चाउरिइन्छन्, मन चैं तन्कन्छ
    जसलाई आफू माया गर्छु, उही चैं झर्कन्छ ।

    आफ्नै घरमा चोर्नु पर्छ, मन परेको खान
    चाहिएको केही दिँदैनन्, दिन्छ फोस्रो मान ।

    सबैभन्दा जान्ने म छु तर सोध्ने कोही छैन,
    गहकिलो कुरो भन्यो, बुझ्ने कोही होइन ।

    जेजे कुरा सम्झौ भन्छु त्यै त्यै बिर्सन्छु
    ऐनामा आफूलाई देख्दा आफै तर्सन्छु ।

    बत्तिसपुतली, काठमाडौं