Author Details

  • शेषराज भट्टराई Total Record 134

    पूर्वी पहाडको खोटाङमा जन्मिए रमणीय पोखरालाई आफ्नो कर्म थलो बनाउँदै हास्यव्यङ्ग्य सिर्जनामा समर्पित स्रष्टा हुनुहुन्छ शेषराज भट्टराई । गजल र कवितामा पनि आफूलाई अभिव्यक्त गर्न रुचाउने स्रष्टा भट्टराई मूलतः हास्यव्यङ्ग्य निबन्ध लेखनमा सक्रिय हुनुहुन्छ । उहाँको परिचय अब पोखरामा मात्र सीमित छैन । गोरखापत्र, कान्तिपुर जस्ता राष्ट्रिय स्तरका पत्रपत्रिका एवम् अनलाईन साहित्यिक पत्रिकाहरूमा समेत उहाँका निबन्ध सिर्जना निरन्तर प्रकाशित भइरहेका छन् । गम्भीर विषय–वस्तुलाई सरल र सहज भाषामा हास्यको पाइनसँगै व्यङ्ग्य प्रहार गर्ने क्षमता भट्राईको मूख्य विशेषता हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुक र मुलुकवासीले जस्तो किसिमको आकाङ्क्षा राखेका थिए, राजनीतिक नेतृत्वको अकर्मण्यताले त्यसमाथि तुषारापात गरिदिएपछि देखापरेको सामाजिक राजनीतिक विसङ्गतिले धेरै हास्यव्यङ्ग्यकारहरूलाई जन्म दिएको छ । तिनैमध्येका एक हुनुहुन्छ शेषराज भट्टराई । भट्टराईका ‘ऋषिमुनिका सन्तान सिसीमुनि’, ‘जातले पकाएको भात’ र ‘कहिले सासुको पालो कहिले बुहारीको पालो’ नाका तीन हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भइसकेका छन् ।