Author Details

  • धनराज गिरी Total Record 160

    गद्यात्मक हास्यव्यङ्ग्य लेखनमा सक्रिय चट्याङ् मास्टरले ‘बज्रपाणी’ नाममार्फत् निबन्धबाटै हास्यव्यङ्ग्य लेखनको आरम्भ गर्नु भएको हो । तीसको दशकको प्राराम्भदेखि नै ‘प्राङ्गण’, ‘स्वदेश’, ‘मुस्कान’, जस्ता पत्रपत्रिकाका गाईजात्रे विशेषाअङ्कहरू तथा अन्य नियमित अङ्कहरूमा प्रकाशित उहाँका रचना वर्तमान समयसन्दर्भका विकृति र विसङ्गतिप्रति तीव्र प्रहार गर्न सफल छन् । पुस्ताकार कृतिका रूपमा उहाँका चटयाङ गीता (भाग– १, २, ३ ४) पाठकसमक्ष प्रस्तुत भइसकेबा छन् । चट्याङ गीताको पहिलो भागमा उहाँका हास्यव्यङ्ग्य कविताहरू सङ्ग्रह गरिएको छ भने बाँकी भाग हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहका रूपमा रहेका छन् । २०६९ सालका भैरव स्मृति पुरस्कारद्वारा सम्मानित चट्याङ सिस्नुपानी नेपालका पूर्व अध्यक्ष र अहिले सल्लाहकार हुनुहुन्छ । समालोचक एवम् प्रा.घनश्याम कँडेलले उहाँको प्रहारलाई यसरी केलाृनु भएको छ– ‘चट्याङका रचनाहरूमा आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, भाषिक, साहित्यिक आदि विभिन्न पक्षसित सम्बन्धित विसङ्गतिको यिनमा घतलाग्दो प्रस्तुति छ । कुरीति, कुसंस्कार र जातिपातीका अन्ध परम्परामाथि पनि ढड्नेसो खुस्कने गरी प्रहार गरिएको छ ।”