ए बाउ !
काठमाडौंतिर अहिले नआऊ
बढेर चर्को छ तरकारीको भाउ
वा सरकार
दुई तिहाइ बनेको क्या सरकार
कसैले नभनोस् है, छ्या सरकार
धौलागिरी चढिसकेँ
कान्चनजङ्घा चढिसकेँ
अब सगरमाथा चढ्ने मन छ
यहाँ
आलु, भन्टाभन्दा सस्तोमा नागरिता पाइन्छ
भन्नोस् हजुर !
परार घर घरमा ग्यास ल्याइदिन्छु भन्यौ
पोहर जेष्ठ नागरिकलाई
पाँच हजार मासिक क्यास ल्याइदिन्छु भन्यौ
(सन्दर्भ प्रणय दिवस)
ओ मेरी प्रिय घुसिका
ओ मेरी प्रिय भ्रष्टाचारिका
आउनुहोस आउनुहोस्
आउनुहोस आउनुहोस्
यो पाली लगानी बर्ष भव्य मनाउनु पर्छ
एउटा बलियो बाङ्गो भिखारीले
अर्को ख्याउटे भिखारीको थाल झम्टँदै भन्यो
तैँले मेरो प्रदेशलाई हप्ता तिरेको खै ?
यसपाली पाङ्ग्र्रेले
तिनवटा बलात्कार गर्यो
ह्याट्रिकै गर्यो
(बाङ्ङा कलमका नाङ्गा कुरा)
खै के भाको छ अचेल मलाई
बलात्कार भएको पनि देख्दैन
भन्ने महानगर पालिका
तर गर्ने छैन कुनै तालिका
जता हेर्यो फोहरै फोहरको ताज छ
एक दिन बाले आशिक दिँदै भने
ल छोरा मन्त्री नै भएस्
गतिलै मन्त्रालय समाएस्
सर्वसाधारण परियो
कुनै मन्त्रीको ज्वाँइ परीएन
त्यसैले खास तरकी गरिएन ।
यता गयो सिन्डिकेट लाग्याछ
उता गयो सिन्डिकेट लाग्याछ
अब त केही होलाकि देशमा
अब त देश बन्छ बन्छ
बन्दैन कसले भन्छ ?
छ महिनामा काठमाडौंमा जनकपुरे रेल गुड्छ
पहिले मायापिरम त
ब्ल्याक व्हाइट टिभी जस्तो
एउटै च्यानल हे¥याछ हे¥याछ
हुइँकिदै आउँछ गाडी यसरी
बाटो काट्ने हो कसरी
चालक दाइले रोक्दै रोक्दैन
जताकतै गाडीहरूको हुल छ
न कतै बृक्ष न कतै फूल छ
छ त यहाँ जताकतै धुल छ
ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो
आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन
अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्यो
एक दिन एउटा ज्योतिषिलाई
सयको नोट थमाउँदै आफ्नो हात देखाएँ
ज्योतिषिले पनि पावरदार जश्मा नाकमा टेकाएँ