देशभाँडालाई !
बनोस देह तेरो खरानी खरानी
बगाउँ नदीमा तँलाई हरामी
छुरा रोपिऊन् चाल्नु जस्तै तँलाई
सबै प्वाल छिद्रा निसानी बनाई ।
डढेलो पसोस्, खेत तेरै बगाओस्
बिना दोष मुद्धा तँमाथि लगाओस्
मरून् गोरु तेरा, बनोस् खेत बाँझै
लगोस् साहुले लैनुभैँसी स–साँझैँ ।
पिठो माग्नु तैँले परोस् है मकैको
खुसीको हेराइ नहोस् है कसैको
परेवा मरून् रोग लागी चराको
सुकोस् धान कोदो नफल्दै गराको ।
छ कालो करालो मनै भित्र तेरो
बनिस् दुष्ट जङ्गे दुरुस्तै अँधेरो
तँलाई भनूँ के फुटाएर जन्ता
गरूँ मोज भन्छस् पचाएर भत्ता ।
तँ होस् देशभाँडा तँ होस् खण्डवादी
तँ होस् जात भन्ने असाध्यै खराबी
तँ लुच्चो अधर्मी छुचो दुष्ट पापी
लिएँ सास मिठो तँलाई सरापी ।
सबैले थुकेको लुते स्वान जस्तै
बुढो गोरुझँै बन्नुपर्ला अझै नै
स्वयम्ले खनेको ठूलो गर्तभित्र
परिस् भन्नलाई भयो के विचित्र ।
जुरोपानी, झापा