कवि कटेरो

म लोग्नेमान्छे

स्वास्नीले
अकमकाइन् भने बाबुको नाम भनिदिन

बाँकी खित्का

हतार

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई स्कुल पुग्न हतार छ

बाँकी खित्का

लत्काउन्या हो

मन्त्री त गर्दछु भनेर जुटेर जाला
जो मन्त्रणा गरिदिने सब बुझ्छ चाला

बाँकी खित्का

रुखका मालिकहरू !!

काँधमा बन्चरो बोकेर
रुखको शितल छहारीमा [[read_more}}
थकाइ मारिरहेका छन् 
तथाकथित रुखका मालिकहरू ।

मानौ,
रुख उनिहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो प्राणहो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पाहाडमा पैह्रो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू ।

ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठुलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू !

झापा
 

बाँकी खित्का

जिज्ञासा 

कोही सुत्दछ रातमा सडकमा कोही भने खाटमा 
के चैँ भिन्न रहन्छ निष्क्रिय भई लढ्दा तिमी घाटमा ।

बाँकी खित्का

पाँच कविता

१. पाँडे पुरस्कार पड्काको रहेछु

हिजोसम्म मैले
ढाँट कविता मात्र लेखेको रहेछु भ्याएसम्म मैले

बाँकी खित्का

आस्था बेच

आस्था बेच इमान बेच पसिना बेच्द्यौ निसाना पनि
जङ्गे पिल्लर बेचिद्यौ मुलुका बेच्द्यौ सिमाना पनि

बाँकी खित्का

प्लिज सर !

म्याटर अलि मिलेन
थोरै करेक्सन गर
कतै भास्ट भयो

बाँकी खित्का

जन्मजात बाहुनको विज्ञप्ति

नाकै थेप्चिने गरी
कसैले चोरऔँलाले ठेलेदेखिन्
दिमाग रनथन्याएर सोचिरहेछु—

बाँकी खित्का

हाकिम साप !

हाकिम साप ! 
मेरो बिन्ती छ
मेरो गाउँमा मोटर नपुर्याइदिनुस्

बाँकी खित्का

सपना

वर्षा भो सपना अनेक रङका बाढी यसैको चल्यो 
हेर्दैमा निबुवा ढपक्क हुन गो अम्बा त्यहीँ पो फल्यो

बाँकी खित्का

भव्य कार्यक्रम

मञ्चभरि अतिथि
श्रोता चाहिँ ऊ र म

बाँकी खित्का

टुक्का महिमा

देख्याैं नाटक थुप्रै पाली कामचलाऊ
पर्दाभित्र पकायाैं अाफ्नै निम्ति पुलाउ ।

बाँकी खित्का

दासहरू !

कर्ण दासहरू
देश भक्तिका गीत गाउँथे 
मंगल दासहरू

बाँकी खित्का

मूर्ति

छिना हथौडाले खारिएको
सिल्पकारको सीपले सजिएको

बाँकी खित्का

म हुँ भव्य मान्छे 

नेपाल त्याग्ने म हुँ पात्र एक
चरित्र छन् उच्च ममा अनेक

बाँकी खित्का

आगो बनौँ मित्र हो !

सम्धी– पुत्रवधू–जुवाइँ–भतिजा, भान्जा सुता–प्रेमिका 
जाली–वाहुबली–कुवेर–जनमै, घुम्दैछ संघीयता ।

बाँकी खित्का

देश अर्थात् कम्पनी

म देशलाई
देश भन्न लालायित छु
तर, देश किन

बाँकी खित्का

सपथ

सवै थोक खानु भन्दा अगाडि
सपथ खानुपर्छ ।
सपथ खाइसके पछि

बाँकी खित्का

चन्दा

स्वदेश विदेश हरेक नाममा उठाउँदैछन चन्दा 
हिसाब फर्स्योट गर्न नसकेर बन्दैछ घाँटीमा फन्दा

बाँकी खित्का

आई अब्जेक्ट !

आइमाई !
अरे ओ आइमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्टि

बाँकी खित्का

पुर्खाको आत्मा 

पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?

बाँकी खित्का

पृथ्वीलाई चिठी

१ 
हे पृथ्वी ! जनता निरीह विचरा भेडा र बाख्रा बन्यौँ
स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी, निर्लज्ज नेता चुन्यौँ

बाँकी खित्का

म पृथ्वीनारायण शाह

जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने

बाँकी खित्का

अब को प्रधानमन्त्री ?

दुईवटा टाउको 
एउटा श्रीपेच
बस्न खोज्छ दुबै

बाँकी खित्का