कवि कटेरो

पर्खाल, भित्ता र हामीहरू

उहाँहरू आउनुभो
पाहुनाझैं पसेर
बिनाअनुमति

बाँकी खित्का

मान्छे !

मान्छे ! बस एउटा,
जिन्दगी ! बस एउटा,
म र म ! अनि मेरो जिन्दगी ! {{resd_more}}
बस एउटा !
जिउने र बाँच्नेको कुरा बीच,
हजारौं र लाखौं को कुरा गरे पनि,
जिन्दगी मेरो एउटा 
बस, म र म, अनि मेरो जिन्दगी !
कसलाई के भयो नभयो,
कसको कुरा, यो कसको कुरा !
कसको भयो, या नभयो, 
यो, उसको कुरा, 
यो, उसको कुरा !
थाहै नपाई 
चाहनाहरू, यहाँ या त्यहाँ गुडेको पनि हुन सक्छ !
कुरा कुन ठूलो भयो या स्यानो भयो, 
यो कसको कुरा ? यो बस कसको कुरा !
मान्छे बस, एउटै कुरा ! 
जसरी अर्थ लाऊ, यो तिम्रो, मेरो या अरुको कुरा !
जिउने र बाँच्नेको कुरा बीच,
हजारौं र लाखौंको कुरा गरे पनि,
जिन्दगी मेरो एउटा 
बस, म र म, अनि मेरो जिन्दगी !

वर्गेन, नर्वे
 

बाँकी खित्का

ठट्टा

मलेसिया थाइल्याण्ड भ्रमण एक्लै जान्छौ अरे
बुढेसकालमा तिम्लाई पनि बैंस चढ्या छ रे

बाँकी खित्का

सिद्धार्थ र सिद्धार्थहरू

सुख सयलमा हुर्कि बढेर
ज्ञान आर्जन गर्न भनेर 
बैसालु जीवन सँगिनी र

बाँकी खित्का

मोदिमेला–२०७५

आमा ! आज स्वयं बडा शहरमा डुल्दै थियो यो कवि ।
पाक्दैथे पकवान चोकहरूमा बास्ना अनौठो थपी ।।

बाँकी खित्का

हुन्छ नेपाल पैलो 

गर्छन् नौला सहमति सधैँ खानका निम्ति नेता
गाईजात्रा गतिविधि नयाँ गर्नुगर्छन् विजेता ।

बाँकी खित्का

नाटक

आजै नाटक भोलि नाटक हिजो अर्कै थियो नाटक,
राष्ट्राध्यक्षहरू विदूषक हुने भो आजको नाटक ।

बाँकी खित्का

टेको

तँ नाथे एउटा टेको न होस्

तैँले बोक्नुपर्छ सकी नसकी टाउकोमा
पुरातन इतिहास

बाँकी खित्का

पर्खँदै छु उज्यालो म

छ भस्मासुरको राज्य, चौतर्फी अन्धकार छ
पिशाची हूल गस्तीमा बस्तीमा वार–पार छ
विवेकी र इमानीका निम्ति तैयार छन् चिता

बाँकी खित्का

एकता ए ! कता गयो ?

छाडा तस्कर छन् आज डाँका डिँड्दछ ठाँटमा
साँढे छाडा भएका छन् गाई देखिन्न फाँटमा ।

बाँकी खित्का

तेत्तीस के.जी. सुनको कविता

आमा! आज बिहान पो सहरमा बोल्दै थियो रेडियो ।
गाउँका घरका र ती शहरका सम्चार त्यस्ले दियो ।।

बाँकी खित्का

पसिना गह्नाउने नाक

छोराले भित्ताको प्रमाणपत्र माथि
औला ठड्याउँदै भन्यो 
बा ! त्यो के हो ?

बाँकी खित्का

थप अनुसन्धान भइरहेको छ 

पहिले पहिले 
हजूरआमाको सुन
आधा तोला

बाँकी खित्का

मन्त्री जी जनताकै काममा हुनुहुन्छ !

देश परिवर्तन गज्जबले भाको छ 
विद्वान् युवाहरू अरब र खाडीमा छन्
मन्त्री र नेताका श्रीमतीहरू रेशमी बुट्टेदार सारीमा छन्

बाँकी खित्का

बुद्ध र गफ 

मोह छोड्न सके पो 
हुने रहेछ बुद्ध !

बाँकी खित्का

मेरो स्वनिर्मित पिँजडा र ‘म’

हो साँचो हराएको छ
त्यो पनि 
मेरो स्वनिर्मित पिँजडाको

बाँकी खित्का

झोला

झम्के साँझमा
ढक्ढकायो कसैले मेरो डेराको ढोका
चुकुल खोलेर हेरें

बाँकी खित्का

सपना अनि काठमाडौं 

घाम जून आँखा भरि बोकेर
नागढुङ्गाबाट धुवाँ र धुलोको 
बाक्लो बादल छिचोल्दै

बाँकी खित्का

महादेव !

हुन त
सबै देवहरू विशेष छन्
थरि थरिका लीला गर्छन्

बाँकी खित्का

भोको भुँडी !

न जनताले कहिल्यै पहिल्याउन सकेको
न अख्तियारले खोतल्न सकेको
न अनुसन्धानले बोल्न सकेको

बाँकी खित्का

म लोग्नेमान्छे

स्वास्नीले
अकमकाइन् भने बाबुको नाम भनिदिन

बाँकी खित्का

हतार

सबैलाई हतार छ आफ्नो काम गर्न ।

कसैलाई स्कुल पुग्न हतार छ

बाँकी खित्का

लत्काउन्या हो

मन्त्री त गर्दछु भनेर जुटेर जाला
जो मन्त्रणा गरिदिने सब बुझ्छ चाला

बाँकी खित्का

रुखका मालिकहरू !!

काँधमा बन्चरो बोकेर
रुखको शितल छहारीमा [[read_more}}
थकाइ मारिरहेका छन् 
तथाकथित रुखका मालिकहरू ।

मानौ,
रुख उनिहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो प्राणहो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पाहाडमा पैह्रो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू ।

ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठुलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू !

झापा
 

बाँकी खित्का

जिज्ञासा 

कोही सुत्दछ रातमा सडकमा कोही भने खाटमा 
के चैँ भिन्न रहन्छ निष्क्रिय भई लढ्दा तिमी घाटमा ।

बाँकी खित्का