कवि कटेरो

एकता र ए–कता ?

बोरामा जसरी अडिन्छ बलले तोरी मिली साथमा
सानो प्वाल भए सकिन्छ सजिलै खस्दै गई अन्तमा ।

बाँकी खित्का

माने भेंडा

अगाडि नै मित्र छ मारिएको
यता भने घाँस छ हालिएको
देखेर बुझ्दैन न दुःख मान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

बाँकी खित्का

लचिलो प्रजातन्त्र 

स्वर्गबाट छुट्टी मिल्छ भोट हाल्न आउन
यहाँबाट बृद्धभत्ता सजिलो छ पाउन ।

पृथिवी र स्वर्ग पनि आवतजावत चल्छ 
हम्रो प्रजातन्त्र जस्तो बन्यो त्यस्तो फल्छ ।

बाँकी खित्का

म जितुवा पदाधिकारी !

अध्यक्ष भैयो धनको भरैमा 
गैंदैन अड्डा बसियो घरैमा ।
जानिन्न काम पढिएन पैले 
खाइन्छ भत्ता अझ घुस ऐले ।।

बाँकी खित्का

आश्चर्य

मान्छे सिधा सोच भए पवित्र
बन्दा रहेछन् रिपुसम्म मित्र ।
कोर्दा विचारी सब मार्ग्चित्र
उत्साह, आशा बटुलिन्छ भित्र ।।

बाँकी खित्का

हुन्छ, हस

हुन्छ, हस 
म तिमीलाइ भोट हाल्छु ।

तिमीले मेरो घर भत्काउन पठाएको
डोजरलाइ भोट हाल्छु ।

बाँकी खित्का

सब खेल भयो

नबुझी नबुझी सब खेल भयो 
जति खेल भयो उति झेल भयो

बाँकी खित्का

ब्यालेट बक्सभित्र 

ब्यालेट बक्सभित्र के छ ? 

शिशिरको बूढो रुखझैँ 
लगलग काँपिरहेका छन्—

बाँकी खित्का

पशुको व्यापार !

विचारको वधशालामा काटिएका 
सहस्र पशुहरूको 
अँध्यारो जुनी पार गरेर

बाँकी खित्का

फर्कन्छु छिट्टै घर

आएँ घुम्न अमेरिका रहरले घुम्दै र बुझ्दै गरें ।
कामै छैन मलाइ यो मुलुकता दिक्दारमा मै परें ।।

बाँकी खित्का

रुने र हाँस्नेहरू बीच

रुने र हाँस्नेहरू बीच 
थाहै नपाई म पनि थिएँ !
गाउने र नाच्ने बीच 
थाहै नपाई म पनि थिएँ !

बाँकी खित्का

हाम्रा नेता 

गर्दैनन् केहि काम हाम्रा नेता 
हुँदा आफू सत्तामा 
पालिन्छन् आफू र आफन्तहरू 
विभिन्न नामका भत्तामा

बाँकी खित्का

आयो रे 

यो हो फेसबुके चुनाव महिमा चर्को छ चर्को छ रे 
आए धेर यहाँ नयाँ सडकमा लर्को छ लर्को छ रे 

बाँकी खित्का

कतै सुसेली कतै सुस्केरा

चुनावी नतिजाको धुवाँधार वर्षामा, 
कोहि डुबिरहेका छन्,
कोही पौडीरहेका छन्
हिजोसम्म आश थियो धेरै नै, 

बाँकी खित्का

बहुलाएका मान्छे

मैले–
चिटिक्कन
चिमोटेँ आफ्नै पाखुरामा ।
चड्याङ्ग 

बाँकी खित्का

सब ठीकठाक छ

सब ठीकठाक छ
भर्खर–
सफा स्कूल ड्रेसमा 
उनकै उमेरको फुच्चेले मेरा छोराछोरीलाई

बाँकी खित्का

नेता चिन्ने मन्त्र

नेतालाई चिन्नु कसोरी ? 
हाँस्छ जो दाँत निचोरी । 
देशलाई चपाएर, राष्ट्रियता खाएर
गाउँछ जो सत्यताको होरी ।

बाँकी खित्का

नग्नता !

मलाई क्रसमा झुन्ड्याएर
कोट बाहिर गएको छ !
.
केही क्षण पर्खिनुहोस्
आदरणीय जाडोहरू !
कविता गरीब छ
ऊसँग वस्त्र छैन !

बाँकी खित्का

खोक्रो राष्ट्रियता

को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि
उस्तै हो गणतन्त्र, लोक अथवा जे ’तन्त्र’आए पनि 
नेपाली जनता सहीकन बसे साह्रै बिचल्ली हुँदा
आई को अब आँसु पुच्छ र यहाँ नेपाल आमा रुँदा ।

बाँकी खित्का

अरू को छ र !

म बेचूँ म बेचूँ सबै खेतबारी
जुटाएर राखूँ निकै खर्च भारी
घटाएर बेचूँ घडेरी म झट्टै
चुनावी चटारो उकासूँ बिछट्टै ।

बाँकी खित्का

नाकाबन्दी अझ हुनगए

अल्छे आशे निशदिन यता फर्किने थोर देखें,
नेपालीकै हिमशिखरमा फक्रिने धेर देखें ।
मेरा बाबा ! अझ गरिदिनोस् औषधी खाद्य बन्ध,
नाकाबन्दी अझ हुनगए हुन्छ नेपाल दक्ष ।

बाँकी खित्का

म जोइटिङ्ग्रे हुँ

मैले एउटीलाई मन पराएँ
उनीसँग प्रेम गरेँ
र उनीसँगै विवाह गरेँ
अहिले यतिका वर्षसम्म पनि
म उनीसँगै बसेको छु
जीवनभरि बस्ने छु

बाँकी खित्का

बुझ्दैनन् मेरो कविता...

लाली गुराँसलाई मधेशको
टंटलापुर घाममा
फुलाउन खोज्नेहरू,
सुनाखरीलाई
मधेशको कालो ठूटोमा
फक्राउन खोज्नेहरू,
हाँसको बथानमा
बकुल्लो मिस्नखोज्नेहरू,
कोठे लुंगी लगाएर
काँड़े तारबाट छिर्नेगरेको
रेल लाइनको दुइपट्टि टुक्रुक्क बस्ने,
हात टेकेर भात खाने,
सम्पूर्ण शरीरमा दाँतै दाँत चम्किने
रैथाने महापुरुषहरूलाई
छोरी दिएर ज्वाईं बनाएका
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता...
आफ्नै कोठेबारीमा उभ्भिएर
मागिखानेलाई मालिक भन्नेहरू,
आफूभन्दा अशिक्षितहरूका
अधिल्तिर गिड्गिडाउनेहरू,
ज्वाईंको थर सोद्धा गोत्र बनाउने
जात सोद्धा धर्म बताउनेहरू,
बिहानै लोटा बोकेर
खेतबारी र बाटाभरि
संस्कृति र सभ्यताको विकास गर्ने
महासभ्यहरूसँग
नेपाली संस्कृतिको भीख माग्नेहरू,
बुझ्दैन् मेरो कविता....
नैतिकता, स्वाभिमान,
राष्ट्रियता र जातीय गौरव
बेच्न नलजाउनेहरू,
परचक्रीको अधिल्तिर किन्न न लजाउने
अनि बेच्न लजाउनेहरू,
आफ्नो आँगन बढार्न लजाउने
तर अमेरिकाको सिकुवा बढार्न तम्सिने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता....
अर्काको बारीमा भानुका मूर्ति बनाउनेहरू,
देश मासेर संस्कृतिको विकास गर्नेहरू,
अधिकार मासेर
संस्कार र सभ्यताको हुङ्कार भर्नेहरू,
अर्काका दोकानमा आफ्नो टोपी किन्ने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता....
थोरै पढेका उत्तराखण्डकाहरू,
संविधानको सूचिमा भाषै नभएका
र, पढ्दै नपढ़ेका झारखण्डकाहरू,
काँधमा बन्दूक मात्र बोकेका छत्तीसगढकाहरू,
विद्यालयदेखि विश्व विद्यालयसम्मलाई
कैदमा राखेर हल्लिन नदिने तेलेंगानीहरू
अधिकार सम्पन्न भएको
अनि आफू पढ़ालिखा र
साहित्यको सर्जक भएको
महामानवतावादी
हुँदा पनि कञ्चनजंघाको कोठेबारी
मेरो नाउँमा किन गर्न सकिनँ
भनेर आत्मचिन्तन गर्न नसक्ने
साहित्यका स्वाभिमानी खप्परहरू
अनि त्यस्तै, त्यस्तै खप्परका
महास्रोतहरू
बुझ्दैनन् मेरो कविता.... ।

स्थानः कामाख्या धाम, गुवाहाटी, असम

बाँकी खित्का

बाटो छाडेपछि

हिंडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।

हिंडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिंदा रहेछन्
र बेग्लो देखिँदोरहेछ मान्छे ।

हिंडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झण्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिंडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुंगुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमसः प्रिय लाग्दै जाने रहेछ ।

हिंडीरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमसः विस्मृत हुँदै जाँदारहेछन्
र मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।

हिंडिरहेको बाटो छाडेपछि
विस्तारै हराउँदो रहेछ उसको संवेदना
र मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।

बाँकी खित्का

यो हो नि चुनावको कमाल

यो बेला कहिले नभाको विकास हुँदैछ
बिजुली पनि आकै छ
कोहि अँध्यारो भयो भनेर चुइँक्क बोलेको छैन
पानी पनि नआकै छ
कसैले बाटो हिलो भयो भनेर मुख खोलेको छैन
दिनभरि नेताको नमस्ते पाइन्छ
साँझ परेपछि उनैले दिएको मासु भात खाइन्छ
उस्को पार्टीलाई सराप्तै भाषणको राँको बाल्ने हो
र्यालीमा जान उसैको पेट्रोल हाल्ने हो
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

पुल बन्या बन्यै छन रेल कुद्या कुद्यै छन्
पाइपबाट ग्यास झरेको झर्यै छ
हावाको बिजुली बल्या बल्यै छ
चोक गल्लीका बाटा सिलिली
गरिब धनीका गाडी फिलिली
स्वदेशमै युवालाई काम पुग्या पुग्यै छ
विदेशतिर मजदुर बोक्ने जहाज खाली उड्या उड्यै छ
पानीजहाजमा नेपाली झण्डा फहराएको छ
बाबु आमा श्रीमान श्रीमती छोरा छोरीको शोक सुर्ता हराएको छ
नयाँ कारखाना चल्या चल्यै छन्
थोत्रा बस गाडीहरू त्रिशूलीदेखि भिरपाखासम्म
ढल्या ढल्यै छन्
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

अब थाङ्ने भिसामा कसैका आमा बाबु
छोरी बुहारी सयार्न अमेरिका अष्ट्रेलिया जानु पर्दैन
एउटाले पाँच हजार बृद्ध भत्ता दिँदै थियो
अर्काले दश हजार दिँदैछ
भोलि अर्को पन्द्र हजार दिने आउला
हामी पनि कुहिरे जस्तै भएर उनको देश घुम्न जाउला
छाला जुत्ता कारखाना उडाएर के भो
कागज कारखाना डढाएर के भो
जुट मिललाई जुका लगाओस्
जंगे पिलर उता भगाओस् कि एता मगाओस्
पटक पटक गाडी दुर्घटना हुँदा
जनता मर्यो भन्ने नेतालाई पिर नहुने रहेछ
भोट घट्यो भन्ने पिर
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

झापा, हालः काठमाडौं

बाँकी खित्का