स्वास्नीले
अकमकाइन् भने बाबुको नाम भनिदिन
मन्त्री त गर्दछु भनेर जुटेर जाला
जो मन्त्रणा गरिदिने सब बुझ्छ चाला
काँधमा बन्चरो बोकेर
रुखको शितल छहारीमा [[read_more}}
थकाइ मारिरहेका छन्
तथाकथित रुखका मालिकहरू ।
मानौ,
रुख उनिहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।
रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो प्राणहो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पाहाडमा पैह्रो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू ।
ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठुलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू !
झापा
कोही सुत्दछ रातमा सडकमा कोही भने खाटमा
के चैँ भिन्न रहन्छ निष्क्रिय भई लढ्दा तिमी घाटमा ।
१. पाँडे पुरस्कार पड्काको रहेछु
हिजोसम्म मैले
ढाँट कविता मात्र लेखेको रहेछु भ्याएसम्म मैले
आस्था बेच इमान बेच पसिना बेच्द्यौ निसाना पनि
जङ्गे पिल्लर बेचिद्यौ मुलुका बेच्द्यौ सिमाना पनि
नाकै थेप्चिने गरी
कसैले चोरऔँलाले ठेलेदेखिन्
दिमाग रनथन्याएर सोचिरहेछु—
हाकिम साप !
मेरो बिन्ती छ
मेरो गाउँमा मोटर नपुर्याइदिनुस्
वर्षा भो सपना अनेक रङका बाढी यसैको चल्यो
हेर्दैमा निबुवा ढपक्क हुन गो अम्बा त्यहीँ पो फल्यो
देख्याैं नाटक थुप्रै पाली कामचलाऊ
पर्दाभित्र पकायाैं अाफ्नै निम्ति पुलाउ ।
नेपाल त्याग्ने म हुँ पात्र एक
चरित्र छन् उच्च ममा अनेक
सम्धी– पुत्रवधू–जुवाइँ–भतिजा, भान्जा सुता–प्रेमिका
जाली–वाहुबली–कुवेर–जनमै, घुम्दैछ संघीयता ।
स्वदेश विदेश हरेक नाममा उठाउँदैछन चन्दा
हिसाब फर्स्योट गर्न नसकेर बन्दैछ घाँटीमा फन्दा
१
हे पृथ्वी ! जनता निरीह विचरा भेडा र बाख्रा बन्यौँ
स्वार्थी, नीतिविहीन, दुष्ट, कपटी, निर्लज्ज नेता चुन्यौँ
जोडेर धेरै मनहरू
फोडेर धेरै किल्लाहरू
यो देश बनाउने