कवि कटेरो

अरू को छ र !

म बेचूँ म बेचूँ सबै खेतबारी
जुटाएर राखूँ निकै खर्च भारी
घटाएर बेचूँ घडेरी म झट्टै
चुनावी चटारो उकासूँ बिछट्टै ।

बाँकी खित्का

नाकाबन्दी अझ हुनगए

अल्छे आशे निशदिन यता फर्किने थोर देखें,
नेपालीकै हिमशिखरमा फक्रिने धेर देखें ।
मेरा बाबा ! अझ गरिदिनोस् औषधी खाद्य बन्ध,
नाकाबन्दी अझ हुनगए हुन्छ नेपाल दक्ष ।

बाँकी खित्का

म जोइटिङ्ग्रे हुँ

मैले एउटीलाई मन पराएँ
उनीसँग प्रेम गरेँ
र उनीसँगै विवाह गरेँ
अहिले यतिका वर्षसम्म पनि
म उनीसँगै बसेको छु
जीवनभरि बस्ने छु

बाँकी खित्का

बुझ्दैनन् मेरो कविता...

लाली गुराँसलाई मधेशको
टंटलापुर घाममा
फुलाउन खोज्नेहरू,
सुनाखरीलाई
मधेशको कालो ठूटोमा
फक्राउन खोज्नेहरू,
हाँसको बथानमा
बकुल्लो मिस्नखोज्नेहरू,
कोठे लुंगी लगाएर
काँड़े तारबाट छिर्नेगरेको
रेल लाइनको दुइपट्टि टुक्रुक्क बस्ने,
हात टेकेर भात खाने,
सम्पूर्ण शरीरमा दाँतै दाँत चम्किने
रैथाने महापुरुषहरूलाई
छोरी दिएर ज्वाईं बनाएका
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता...
आफ्नै कोठेबारीमा उभ्भिएर
मागिखानेलाई मालिक भन्नेहरू,
आफूभन्दा अशिक्षितहरूका
अधिल्तिर गिड्गिडाउनेहरू,
ज्वाईंको थर सोद्धा गोत्र बनाउने
जात सोद्धा धर्म बताउनेहरू,
बिहानै लोटा बोकेर
खेतबारी र बाटाभरि
संस्कृति र सभ्यताको विकास गर्ने
महासभ्यहरूसँग
नेपाली संस्कृतिको भीख माग्नेहरू,
बुझ्दैन् मेरो कविता....
नैतिकता, स्वाभिमान,
राष्ट्रियता र जातीय गौरव
बेच्न नलजाउनेहरू,
परचक्रीको अधिल्तिर किन्न न लजाउने
अनि बेच्न लजाउनेहरू,
आफ्नो आँगन बढार्न लजाउने
तर अमेरिकाको सिकुवा बढार्न तम्सिने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता....
अर्काको बारीमा भानुका मूर्ति बनाउनेहरू,
देश मासेर संस्कृतिको विकास गर्नेहरू,
अधिकार मासेर
संस्कार र सभ्यताको हुङ्कार भर्नेहरू,
अर्काका दोकानमा आफ्नो टोपी किन्ने
स्वाभिमानी खप्परहरू
बुझ्दैनन् मेरो कविता....
थोरै पढेका उत्तराखण्डकाहरू,
संविधानको सूचिमा भाषै नभएका
र, पढ्दै नपढ़ेका झारखण्डकाहरू,
काँधमा बन्दूक मात्र बोकेका छत्तीसगढकाहरू,
विद्यालयदेखि विश्व विद्यालयसम्मलाई
कैदमा राखेर हल्लिन नदिने तेलेंगानीहरू
अधिकार सम्पन्न भएको
अनि आफू पढ़ालिखा र
साहित्यको सर्जक भएको
महामानवतावादी
हुँदा पनि कञ्चनजंघाको कोठेबारी
मेरो नाउँमा किन गर्न सकिनँ
भनेर आत्मचिन्तन गर्न नसक्ने
साहित्यका स्वाभिमानी खप्परहरू
अनि त्यस्तै, त्यस्तै खप्परका
महास्रोतहरू
बुझ्दैनन् मेरो कविता.... ।

स्थानः कामाख्या धाम, गुवाहाटी, असम

बाँकी खित्का

बाटो छाडेपछि

हिंडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।

हिंडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिंदा रहेछन्
र बेग्लो देखिँदोरहेछ मान्छे ।

हिंडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झण्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिंडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुंगुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमसः प्रिय लाग्दै जाने रहेछ ।

हिंडीरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमसः विस्मृत हुँदै जाँदारहेछन्
र मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।

हिंडिरहेको बाटो छाडेपछि
विस्तारै हराउँदो रहेछ उसको संवेदना
र मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।

बाँकी खित्का

यो हो नि चुनावको कमाल

यो बेला कहिले नभाको विकास हुँदैछ
बिजुली पनि आकै छ
कोहि अँध्यारो भयो भनेर चुइँक्क बोलेको छैन
पानी पनि नआकै छ
कसैले बाटो हिलो भयो भनेर मुख खोलेको छैन
दिनभरि नेताको नमस्ते पाइन्छ
साँझ परेपछि उनैले दिएको मासु भात खाइन्छ
उस्को पार्टीलाई सराप्तै भाषणको राँको बाल्ने हो
र्यालीमा जान उसैको पेट्रोल हाल्ने हो
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

पुल बन्या बन्यै छन रेल कुद्या कुद्यै छन्
पाइपबाट ग्यास झरेको झर्यै छ
हावाको बिजुली बल्या बल्यै छ
चोक गल्लीका बाटा सिलिली
गरिब धनीका गाडी फिलिली
स्वदेशमै युवालाई काम पुग्या पुग्यै छ
विदेशतिर मजदुर बोक्ने जहाज खाली उड्या उड्यै छ
पानीजहाजमा नेपाली झण्डा फहराएको छ
बाबु आमा श्रीमान श्रीमती छोरा छोरीको शोक सुर्ता हराएको छ
नयाँ कारखाना चल्या चल्यै छन्
थोत्रा बस गाडीहरू त्रिशूलीदेखि भिरपाखासम्म
ढल्या ढल्यै छन्
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

अब थाङ्ने भिसामा कसैका आमा बाबु
छोरी बुहारी सयार्न अमेरिका अष्ट्रेलिया जानु पर्दैन
एउटाले पाँच हजार बृद्ध भत्ता दिँदै थियो
अर्काले दश हजार दिँदैछ
भोलि अर्को पन्द्र हजार दिने आउला
हामी पनि कुहिरे जस्तै भएर उनको देश घुम्न जाउला
छाला जुत्ता कारखाना उडाएर के भो
कागज कारखाना डढाएर के भो
जुट मिललाई जुका लगाओस्
जंगे पिलर उता भगाओस् कि एता मगाओस्
पटक पटक गाडी दुर्घटना हुँदा
जनता मर्यो भन्ने नेतालाई पिर नहुने रहेछ
भोट घट्यो भन्ने पिर
नेता हुने त भाषणले हो भाषणमै कुरा समाल
यो हो नि चुनावको कमाल ।

झापा, हालः काठमाडौं

बाँकी खित्का

यो देशलाई

कतै देख्छु धर्ती छ पैरो झरे झैं
कतै देख्छु आस्था छ मुर्छा परे झैं
घुरेको कतै देख्छु मान्छे निदाई
जगाऊँ कसोरी म यो देशलाई ?

न चर्चा छ निर्माण या सिर्जनाको
छ चल्दो रजाईं अकर्मण्यताको
तमासे छ सर्कार मान्छे लडाई
मिलाऊँ कसोरी म यो देशलाई ?

नपाएर माली बगैचा छ खाली
उदासी त्यसैले छ त्यो पुष्पडाली
तुल्याएर आवाद त्यो बागलाई
सजाऊँ कसोरी म यो देशलाई ?

सबै खोज्दछन् भाग या अंश मात्रै

बाँकी खित्का

च चिन्तन

चन्दा, चोर र चक्रव्यूह, चतुरा, चम्चाहरूले चुसी
चासो,चिन्तन,चाख,चेत चुप छन् चाँडै चल्यो चाप्लुसी ।
चौडा चोक चिनेर चिन्तित हुँदै चाहे चलून् चालक
चल्ने चाट, चना, चुरोट र

बाँकी खित्का

टीचर

टि ई ए टी टी माने चिया
दूध नपाए सादै गर्
चीनी नभए खल्लै गर्
केही नजुरे टीच
यी हाम्रा टीचर ।

बाबा बाजे आमा अजिमा
यौटा बच्चो सब छन् थर्थर
नब्बे बच्चा यौटा सर

बाँकी खित्का

तीजको रमाइलो !

तीजको लहर आयो बरिलै
म बुढालाई ज्वरले पार्यो ठहरै ।

बुढीको नयाँ सारी आयो बरिलै
बुढीले सुनको चुडी लायो बरिलै

म बुढाको गोजी खाली भयो है
म बुढालाई ज्वरले पार्यो ठ

बाँकी खित्का

खाऊ खाऊ

बेचेर मेची खाऊ बेचेर काली खाऊ
सब देशभक्ति तिम्रै प्रभुपादमा चढाऊ
यो देशलाई भैगो बलिवेदीमा चढाऊ ।
चढाऊ चढाऊ चढाऊ बलिवेदीमा चढाऊ ।

आशीष थापी उनको तब देशभित्र आऊ

बाँकी खित्का

छोटे राजाहरू

लामो समयपछि
म आफ्नो जन्मगाउँ पुगेको थिएँ
तमासा हेर्दैमा तीन छक्क परेको थिएँ ।
प्रत्येक घरका कोठाकोठा छोटे राजाहरू ?
ससाना आसनमा विराजमान रहेछन्
प्रत्येक कोठा

बाँकी खित्का

कान समातें छोडें कविता

सारा शक्तिको आराधना गरें
वर्षौं वर्ष साधना गरें
ठानें हाँस्लिन् नौली सविता
मख्ख परें जन्मे कविता ।
तर घरकाले सुन्नै चाहेनन्
छिमेकीले पढ्नै जानेनन्
म त स्वय

बाँकी खित्का

किन ???

तन्नेरीजनहीन गाउँघर छन् रित्ता भकारी किन ?
पैराले पुरिएछ खेत गतिलो बाँझै छ बारी किन ?
निर्धो रुन्छ अरण्यरोदन कठै ! सुन्दैन कोही किन ?
रोएझैँ किन देखिँदैछ पछुतो मानेर

बाँकी खित्का

बैंसको दरौंदी

स्पर्शले गोडेर सुस्तरी
हिर्काएर धानखेतको आली
बगिरहेछ दरौंदी
गाएर बैंसको गीत ।

जसरी भर्भराउँछ
श्रीनाथकोटको सिउँदोमा लालीगुराँस
जसरी मगमगाउँछ
अजिरकोट

बाँकी खित्का

नजिक राख्नु बा मलाई

सानोछॅदा थै थै गर्दै
कॉधमा बोकी माया गर्यौ मलाई
बामे सर्न शुरू गर्दा
ताते गरि हिॅड्न डोर्यायौ मलाई
गॉसकाटी आफ्नै पेटको
टन्न खुवाएर राख्यौ मलाई
गर्मीमा शितल

बाँकी खित्का

उपचार गर्छु गर्छु !

रोगी भएँ दिनदिनै अब रोग लाग्यो
ऐश्वर्य भोग्न नसकी सब भोग भाग्यो
यो देह दुख्छ अति नै उपचार खोज्छ
जाऊँ कहाँ मन अहो ! अब ठाउँ रोज्छ ।।

नेपालभित्र अब रोग निदान हुन्न

बाँकी खित्का

अवसरवाद

फन्को पर्वतको कुमार सजिलै लाएर आए तर
आमाबाबु गरी प्रदक्षिण बसेछन् धूर्त लम्बोदर ।
लाई अक्कल अग्र पूजन भयो खट्ने भए शोषित
जित्ने वास्तव कार्तिकेय, विजयी अर्कै भए घो

बाँकी खित्का

अवमूल्यन

जुटायो फुटायो विपक्षी उठायो
जलायो ढलायो र सत्ता चलायो ।
त्यहाँ शान्तिले सास फेर्नै दिँदैनन्
जहाँ ‘राजनेता’ हरू जन्मिँदैनन् ।।

उचाल्छन् पछार्छन् उठाई थचार्

बाँकी खित्का

म ‘अल्जाईमर’ को रोगी

म परेँ ‘अल्जाईमर’को रोगी ।
‘अल्जाईमर’ अर्थात बुढ्यौलीमा लाग्ने ‘बिर्सने रोग’
जसका कारण मेरा बिगत मेरा लागि कथा भै सके ।
थोरै मात्र मसँग छन्, धेरैले त छोडे

बाँकी खित्का

अरु म केही भन्दिनँ

हो बस्नु होइन,
दगुर्नु हो जिन्दगी
तर लक्ष्यहिन भै दगुर्नु होइन जिन्दगी,
दगुर्दा दगुर्दै बसन पनि
आउनु पर्छ जिन्दगीमा
उनीहरूसँग जसले
दगुर्दा तिम्रो उत्साह बढा

बाँकी खित्का

हाम्रा नेता

देशमा बिकास गर्छु भनी जनतालाई
हात हातमा मोबाईल फोन भिडायौ
त्यै मोबाईल चार्ज गर्ने बत्ती छैन
सुँगुरको थुतुनो जस्तो सेल्फि खिचायौ ।


गाउॅ बिकासको नाममा दियौ बज

बाँकी खित्का

तिमी बूढी कहाँ भयौ र ?

तिमी बूढी कहाँ भयौ र ?
त्यस्सै चिन्ता नगर न तिमी
नातिले आमा भन्यो भन्दैमा
बूढी भइन्छ र ?
के भनेर बोलाओस् त त्यसले पनि
बहिनी भन्दिन जुँगाको रेखी आको छैन
छोरी भन

बाँकी खित्का

अंग्रेजीको पूजा

मम्मी आज त लेट् भयो बोर्डिङ् नजाऊँ कि ता
काहाँ छन् कपि बुक् इरेजर अझै गैगो कता हो कता ?
पेन्सिल् झन् सकियो दुई दिन भयो किन्दै नकिन्ने किन ?
डर्टी ब्याग भयो भनेर यसरी बु

बाँकी खित्का

रुन्छे भाखाको पिन्चे गीत

नाईं, मलाई त्यही मन्त्रालय चाहिन्छ
त्यहाँ मीठोमीठो खान पाइन्छ
विदेश पनि गईन्छ, नेता पनि भइन्छ
सलाम खाइन्छ, सम्मान पनि पाइन्छ
नाईं, मलाई त्यही मन्त्रालय चाहिन्छ ।

बाँकी खित्का