गजबको जल
सिकुटेका घ्याम्पे भुँडी रातो पीरो गाला
खोल हेर्दा सुकिलो छ धन्दा सबै काला ।।
मन्को मैलो नपखाली मन्दिर मात्रै धाउँदा,
जल हैन ढलका धनी हाम्रा नदी नाला ।।
मान्दा मान्दै मर्यादामा बस्न नसक्नाले,
पुतला भो आकृति चैं जुत्ता चप्पल माला ।।
चञ्चली भै लक्ष्मी जागिन् अल्छी विष्णु सुत्दा,
सुन्दरीका भाइ–भदा साहेवका साला ।।
पहिरनका पारखीले तोडे परम्परा,
सारी चोली समेत वने माकुराका जाला ।।
ताज लाईन् तरुणीले तानामाना खोली,
लेक बेशी ढाक्छन् अरे दुई वित्ताका टाला ।।