भस्मासुरको बज्र

भ्रष्टाचारी ?

जुका–किर्ना–ढाडी–उडुस–उपियाँ – मच्छडसरि 
कयौँ भ्रष्टाचारी, गलत–लतका हाकिम हरि ।

बाँकी खित्का

बिचरो मन्त्री ?

मन्त्राणी जति छन् धनाढ्य अहिले, मन्त्री सबै निम्छरा 
पेवापात दहेज टन्न घरमा, ल्यायौ दुलै अप्सरा ।

बाँकी खित्का

देवता बन्छ मान्छे !

अर्बौ खर्बौ, धन मनुजले, आर्जिए रात रात ।
जग्गा जोडे, महल ठडिए, नोट छन् खात— खात ।। [[read_more}}
किन्तू मान्छे, धरमर हुँदै, बन्छ धेरै अशान्त ।
के पाएमा, मनुज सुखले, धीर होला सुशान्त ।। १।।

सर्दी–गर्मी, अनुकुल हुने, कार चिल्ला चढे नि ?
अग्ला सग्ला, भवन घरका, भित्र मान्छे रहे नि ?
खै देखिन्नन् ? मुदित किन हो ? शान्त–सन्तुष्ट मान्छे ।
भोगी नौला, सुख र सुविधा, तुष्टिमा छैन मान्छे ।। २।।

मान्छे हाँस्छन्, रसमय कथा, कृष्णलीला सुनेर ।
मान्छे नाच्छन्, मधुर–मुरली, गानमा झुम्मिएर ।।
हाम्रो आध्यात्मिक पथ सधैं, सच्चिदानन्द दिन्छ।
यिन्कै कीर्ति अमर कविता, गाउँदा शान्ति मिल्छ ।। ३।।

रित्तै आयौ, अवनि तलमा, जानु रित्तै छ मान्छे ।
जे छन् जग्गा, धन महल ता, साथ जादैन मान्छे ।।
बुझ्दा बुझ्दै, पनि किन यहाँ, स्वार्थले गिर्छ मान्छे ?
मान्छे ब्यूँझे, अवनितलमा, देवता बन्छ मान्छे ।। ४।।
धादिङ
 

बाँकी खित्का

सोझो बन्न सकेन पुच्छर 

निम्ता मान सबेर–बेर नगरी, झण्डा र डण्डा लिँदै
हेलीकप्टर जेट मोटर चढी, जो कोश ढुट्ट्याउँदै

बाँकी खित्का

सर्कार पुज्ने गरोस् ?? 

स्वामी चुन्निनु भो प्रदेश तहमा, अर्धाङ्गिनी सङ्घमा 
सम्धी पुत्रबधू जुवाइँ चुनिए, सङ्घीयता– तन्त्रमा ।

बाँकी खित्का

आलोचना हो चना ?

वोली वोल नसंझ टिप्पन खरा, आलोचना हो चना
हैनन् बाँण र भाँण टिप्पन कडा, आलोचना हो तना ।

बाँकी खित्का

चिन्ता भयो हे हरे ?

छोटा औ कसिला छ पाइँट कठै, अग्ला त जुत्ता अझ 
ढोका झ्याल मनग्य छन् बसनमा, हिँड्नै महा–सङ्कट

बाँकी खित्का

म वाद जिन्दावाद !

ती थोत्रा वाद बालौं, अभिनव–युगमा, मात्र ‘मैवाद’ पालौं ।
ती धोत्रा वाद फालौं, अभिनव–युगमा, मात्र ’मैवाद’ थालौं ।।

बाँकी खित्का

जम्भो ! अझ जम्भो ! महाजम्भो ?

काबुराम भए जम्भो, अझ जम्भो प्रचण्ड त ।
शेर जम्भो थिए पैले, महाजम्भो भए अब ।।

बाँकी खित्का

सङ्कष्टमा जाक्छ कि ? ? ?

स्वामी चुन्निनु भो प्रदेश तहमा, अर्धाङ्गिनी केन्द्रमा ।
संधी पुत्रबधू जुवाइँ चुनिए, सङ्घीयता– तन्त्रमा ।।

बाँकी खित्का

यात्रा कता हो कता ?

(झगडा मिटिङका काङ्ग्रेस)

ंनेता छन् भरमार प्राज्ञ जन छन्, शिक्षा लिएका युवा ।
बीपीभक्त भनेर गर्जन गरी, कुर्लीरहेछन् सदा ।।

बाँकी खित्का

नयाँ सरकारका सम्वाहकप्रति !

नेपाली कमिनिष्ट इष्ट–जन हो, धोका नदेउ अब 
बन्द्यौ बज्र समान सङ्गठनमा, फुट्दै नफुट्द्यौ अझ ।

बाँकी खित्का

मानिन्न है सज्जन ?

लौ है वाम समेट आम–जनता, बिर्सेर पूर्वाग्रह 
लौ है वाम दपेट भ्रष्ट जडता, पापी भएका ग्रह ।

बाँकी खित्का

सत्ता चढ्न लागेका वामहरूमा ?

नेपाली कमिनिष्ट इष्ट–जन हो, धोका नदेउ अब 
बन्द्यौ बज्र समान सङ्गठनमा, फुट्दै नफुट्द्यौ अब ।

बाँकी खित्का

हेद्र्यौन हाँस्यो चिता !

भो–भो ब्याज उठ्यो महाजनहरू, सावाँ भए पुग्दछ 
धेरै लोभ र लालचा नगर है, स्वर्गै अहो चुक्दछ ।

बाँकी खित्का

देश र जनताका आबाज ? 

कुसुण्डा–गुण्डा वा, विकृति–कृतिका, ‘वेन’ तँ न आ 
लफुङ्गा–बुङ्गाका, विथिति–डनका–राज्य तँ न आ ।{{rread_more}}
उनै झल्ला–खल्ला, गलत–लतका ‘चाणुर’ न आ 
चमेरा– छेपारा, अधम–वृक–भस्मासुर न आ ।

न हौ राहू–केतू–, शनि अशुभ–उल्का ग्रह अब 
न हौ ढाडी–जुम्रा, उडुस उपियाँका सहचर ।
न हौ लामा–खुट्टे, वृक–उदर–बक्कासुर अब 
अघोरी–मैमत्ता, गज–वृषभका, वृत्ति नगर ।।

लुट्यौ पैला– पैला, परिजन मिली, देश–ढुकुटी 
फुट्यौ गाग्राजस्तै, मुलुक त भयो हाय ? सुकुटी ।
नयाँ हैनौ बानी–अधम त थियौ, भन्छ जनता 
सुधारी नाराझैँ, हिँड अघि बढी, देश–जनता ।

धादिङबेँसी
 

बाँकी खित्का

हेद्र्यौन हाँस्यो चिता !

भो–भो ब्याज उठ्यो महाजनहरू, सावाँ भए पुग्दछ 
धेरै लोभ र लालचा नगर है, स्वर्गै अहो चुक्दछ ।

बाँकी खित्का

जितुवा र हरूवामा !?

जित्दा मातेर हिँड्ने, कतिपय बढुवा, क्षुद्र बानी सँमाल 
हार्दा रोएर लुक्ने, अतिसय घटिया, तुच्छता झट्ट फाल ।

बाँकी खित्का

चुनावसम्बन्धी दुई ठ्याम्का

१. यो देशलाइ उचालौँ ?

मुख्या–बैदार–सुब्बा, फुटकर पसले, फूटपाथे समाती  
भ्रष्टाचारी समायौँ, फगत तल–तलै ,छोडिए माथि—माथि । 
सक्छौ ता देश लुट्ने, डन–उपडन जो, बाघ–भालू समात  
सत्ता भत्ता लिएरै, कमिसन पिउने, शीर्ष टुप्पी समात ।।१।।

बाँकी खित्का

चुनावका दुई ठोक्तक

१. आह्वान !

जराजीर्ण—बासी, त ‘काशी’ पुर्याऔँ  
पुराना—कबाडी, मिलेरै हुर्याऔँ ।

बाँकी खित्का

बेकामका लाहुरे ?

माला टन्न भिरेर हिँड्दछ यहाँ, छन् आउरे– बाउरे  
बस्ती–बस्ती पुगेर गर्दछ कुरा, भन्छन् सबै लाहुरे । 
सत्ताको सपना बुनी घरघरै, डुल्दैछ रे छाउरे 
दाता रूष्ट भएर गर्जन गरे, के काम यो लाहुरे ? ।। १ ।।

पैला भोट लिएर मोज र मजा, आफैँ धनी भो यहाँ  
ठेक्का–शेयर जागिरे जति भए, नाता र गोता जहाँ । 
पार्याै मात्र भर्याङ आज सब छौँ, हा ? दाउरे चाउरे 
पच्दै लाज झुलुक्क झुल्कन गयौ, हे भ्रष्ट ए लाहुरे ।। २ ।।

शिक्षा–स्वास्थ्य र एन्जिओ–पति हुँदै, बन्दै गयौ माफिया  
तिम्रा भाषण मात्र शब्दहरूका, मात्रै बने काफिया ।
आयौ फेरि नवीन बन्न अगुवा, घन्काउँदै झ्याउरे । 
लज्जा–बोध हुँदैन ? कत्ति मनमा , बेकामका लाहुरे ? 

धादिङवेँसी
 

बाँकी खित्का

देशमा भो समस्या !

(धनराज प्रभृतिहरूको लागि यी काव्याहार)

जूडो

बाँकी खित्का

चङ्गा बनाई मन !

भाषाभित्र पसेर तान्डव झिकी, नाच्दैछ भस्मासुर ।
प्रज्ञाको पगरी गुतेर अहिले, हाँस्दैछ बक्कासुर ।।
फोरी वर्ण निमोठी अक्षर कयौ, काटेर खुट्टा अझ ।
दाह्रा सीङ भिरेर त्र

बाँकी खित्का

देख्छौं सयौं फन्टुस ?

(गाईजात्रा– २०७३)

सिन्डीकेट जताततै छ बलवान्, थोत्रा सधैं चालु भो ।
स्पर्धा गर्न दिइन्न नूतन यहाँ, झुत्रा सबै ठालु भो ।।
बेकम्मा अति भो प्रशासन सबै, उल्टो चल्यो शास

बाँकी खित्का

गन्धित विष ?

प्रणालीमै भित्रे, कमसल कला दुर्गुण सबै ।
तदर्थे बन्दैछन्, दल बल लुला पङ्गु छ अझै ।।
सधैं सत्ता चुम्ने, रहर—हरमा देखिन गयो ।
प्रणाली स्थाई नै, अब नबनिने मेसिन भयो ।।

बाँकी खित्का