सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काउसो ब्रह्माण्ड

Nepal Telecom ad

जन्मदैमा प्रभाव घरबाट सुरु हुन्छ । घरबाटै शिक्षाको चालढाल बढ्छ । काउसो संस्कृतिको प्रवलता हिजोबाट आजमा आएर घर घरमा कसरी घुसेको छ । पाठेघरदेखिनै काउसोले कस्तो प्रकारले डेरो जमाएको छ यहाँ देखिकै मेलोमेसो खुच्याउँ जस्तो लागेको छ । हुन त हिजो आज चिलाईका अनगिन्ति प्रकारले गर्दा लामा कुरा गर्न, सुन्न, पढ्न कसलाई फुराउनु पर्दछ । आफू परियो पुरानो मान्छे ! नयाँ भाका जानिया छैन सिक्न खोजिँदैछ सिकाउनेहरूका जाँदा जहिले पनि हाउस फूल, पकेट फूल भएकाले टम्म हाफ पकेट लाममा पकेट हलुङ्गे सोतर चउरमा । त आफू पनि दरिएको छु प्रतीक्षा सूचिमा… यसैले हात लाग्यो भने बढिएला समय गतिमा नभए गडिन्छ उही जौ तो उही मुसल खलमा । यसैले अहिले चै पुच्छरे मतिमै । तापनि छारोको आडमा तारो हानेर घर काउसोको छारो उडाउने नक्कल गरिँदैछ । कनिकुथी पारामा…. ।
(१) मम्हरू मःमसम्म फ्रोजनको भोजनमा व्यवहारिक भैसकेका छन् । अट्याचलाई क्याच गरेर क्लव, पवका ब्याचमा परेर ब्याटिङ वलिञमा पोख्त छन् । चौका छक्काको कुरै छौडौँ । त्यसको दोहरी तेहरीमा रन दनादन बर्साउन सक्षम मात्र होइन पोख्त बनिसकेका छन् । टेलिफोन बोल्ड भएर मोबाइल कलमा रक एण्ड रोलमा मस्त मात्र होइन साडीलाई झाडीमा अल्झाएर मेक्सी र जिन्स भन्दा अलग्गिएर सलवार कुर्तासम्ममा दनादन तनातन लमक्क लमक्क लम्किसक्यो । अझ त कालो कपालको विरुप रातो खैरोमा ढल्किसक्यो । चुलो चौको मेला पातको लागि छुट्याउने तर्फ लागि सक्यो । अर्थात् काउसो दल्नसम्म दलेर आधुनिक कन्याउनेमा फरर छारो देखाउने भैसक्यो ।
(२) दाइ दिदी भन्ने कन्याई सायद कन्याम नाघिसक्यो यसैले मम्हरूका लाठे त के भुन्टीसम्म ड्याड, मम क्याच गर्न पल्किसक्यो । जुँगाको रेखी नबस्तै छात्तीको बान्की नआउँदै गर्ल फ्रेण्ड घरमा ल्याएर हि पपमा कपका कप सुक्र्याउने भै सक्यो । जमाना काउसोको छ । चिलाइमा अस्थायी साधनको प्रसार प्रसार चुलीमा चुलिएकै छ । यसैले प्रजातन्त्र अभ्यास घरबाटै जोड तोडमा फक्रेको छ । काउसो टि.भी इन्टरनेटबाट छरिएकै छ । जति दल जति कन्याउ क्षमतावानको क्षमता प्रदर्शन जोडतोडले चलेको छ । कोसँग के लुकेको छ को कसबाट लुक्न सक्दछ ? यसैले लुगाहरू नक्सा मय मात्र हैन भू–भाग र पानी भाग छरपस्ट छ । यसैले त कन्याउन झन सजिलो भएको छ । कन्याउन लगाउन सजिलो भएको छ । यो प्रकृयाबाट काउसो छर्कन किन्नै नसक्ने अनि वचन गर्न चाहनेहरूका निम्ति पनि प्रभावकारी छ । उडेको छारोले तिनका आवश्यता आपूर्ति गरिरहेको हुन्छ । यति मात्र होइन यो महँगीको जमानामा कपडाको बचत पनि हुन पुग्दछ । हुन त यो रमथमनै हलिउड, बलिउड, कलिउडको छाप काउसोको करामत हो ।
(३) व्यापकता नै प्रभावकारिता भन्ने कुरा काउसेहरूले बुझिसकेका छन् । यसैले दुर्लवताबाट माग वृद्धि भन्ने पुरानो सिद्धान्तलाई दन्काइ रेडियोबाट चलचित्र हुँदै अहिले टी.भी. भि.सि.डी. इमेलबाट मज्जाले काउसोको प्युसा छुटाइएका छन् । परिणाम त कन्याएर लभ पर्नु, लभ परेपछि कि त क्लिनिक धाउनु कि त बिहे गर्नु, बिहे गरेर लोग्नेको ड्रग्स र मादक बानीले भरपुर पूजाबाट माइत सरी बस्नुको चिलाइले माइत भरिकालाई काउसो छरेर हैरान पार्नु नानीदेखि लागेको बानी नभएर काउसे दाहको यस्तै परिणति हो । यसरी यो काउसो ग्रहबचैं जोगीको खरानी घसाई भन्दा के कम के बढी त्यो त भुक्तमानेहरूलाई नै थाहा हुने कुरा भो ।
(४) भन्नु होला के कुनै जाति मात्रको फेसन हो र ? पक्कै पनि होइन यो सर्वजातीय अनि सर्वव्यापकीय रूपमा आच्छादित रहेको छ । काउसोको रोजाइनै यस्तो प्रकारले भएको छ कि थोरै प्रयोग मात्रले व्यापक प्रसार होस् (काउसोको गुण नै यस्तो छ) । एकदम कम काउसो छरे पनि कन्याउँदा जति छारो उडाउँछ त्यसले प्रभाव चारैतिर फैलाई रहेको हुन्छ । हिजो आज मेलापातमा कन्सर्टको काउसोले डबल मज्जा दिइरहेको हुन्छ । माथि स्टेजमा दृश्य अर्कै देखिन्छ तल त्यसको तालमा मग्नमस्त हुँदाहुदै जोडीलाई तोडी एक्लाले तान्ने अनि त्यसपछि रौद्र रसको अनुपम अवलोकन गर्न पाइने काउसो र छारोको सङ्गम हो । कालो महादेशको घनत्वलाई तन्काउँदै पातलो र पारदर्शी रूपमा फैलाउने काम गोराले गरे । कालालाई दासत्वको बडेमा यिनका छालाभन्दै समुन्द्रको पानी झैं काला साथी राक्षसी लिला खेल्ने गोराका काउसो दलाई हेर्दा बुद्धका आँखा पनि राता पीरा हुन्छन् । महावीरका मस्तिक तात्दछन् गान्धीका शान्तिमा ज्वारभाटा बहन्छन् । यस्ता काउसोका कन्याई हिजोआज कति बाँकी छन् त्यो त भगवान नै जानुन् । तर त्यसलाई छोप्न मानव अधिकारको अत्तर प्रजातन्त्रको मख्खन् अनि के के जातिको आकर्षण घोलेर गोराहरू काउसो बाँडिरहेका छन् । निख्खर काउसोको गति चाल पाएर दक्षिण एसियाली छाउराहरू अलिक चनाखा भैसकेका छन् ।
यसैले उनीहरू त्यसमा मानवीय कमजोरिका अरू अरू साधनका साथ साथै “महादेवका तीन नेत्र” का मुख्य वाहन सहित एडको साथमा एड्स भेट्का साथमा सांस्कृतिक भ्याट् पनि पटापट बाँडेका छन् । यसैले उनीहरू दाता कहलिएका छन् । भ्रष्टाचारको जालो थापेर अड्को अनेकन अदृश्य राखेका छन् । ठिङ्ग उभ्याइमा केही हलचल भयो कि यै जालोले मोडेर छोपेर तुर्लङ्ग झुण्ड्याउने गरेका छन् । यसरी डाडु, पन्यौ मात्र हैन खड्कौलो समेत आफ्नै हातमा राखेर काउसो जगतमय छारो ब्रह्माण्डमय तुल्याई रहेकाछन् । छन् त छन् अरू अरू पनि तर सुनामी भन्दा त अहिले हुनु हुनामी पो लाग्यो लाग्यो लाग्यो…। कन्याउन मन लाग्यो उफ ! चिलायो… चिलायो बस् चिलायो … ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छेमात्र मान्छे

मान्छेमात्र मान्छे

युवराज मैनाली
अचम्मको पोको

अचम्मको पोको

युवराज मैनाली
ताप्के तात्दै छ !

ताप्के तात्दै छ !

युवराज मैनाली