कस्तो आफूले आफैलाई नचिने जस्तो,
यो प्रतिबिम्ब !
१
सारा मेरै साम्राज्य हो भनि खोक्नु किन ?
पित्तललाई सुनै हो भनि बोक्नु किन ?
१.
मन तोड्छन् आफै र गाँस्ने कला सिकाउँछन्
रुवाएर सधैभरि हाँस्ने कला सिकाउँछन्
गुरु जस्तै लाग्छन् मलाई मेरा प्रतिद्वन्द्वीहरू
१. मानअपमान
जोगी हुन्छु भनेपछि खरानी त घस्नै पर्यो ।
योगी हुन्छु भनेपछि आसनमा बस्नै पर्यो ।।
तस्विर खिचेर सांच्नेहरूलाई !
शरीर थिचेर जांच्नेहरूलाई !
जीवन किचेर भाँच्नेहरूलाई !
१.
तिमीले मलाई अन्धकार रात मात्र दियौ
बसन्त ऋतुमा नि झरेको पात मात्र दियौ
जताजता मह मिल्छ, उतै उतै चाट्नुस् हजुर
पोशाक लाउनुस् दौरा सुरुवाल, देशभक्ति छाँट्नुस् हजुर
यहाँ जेलमा बस्न पर्नेहरू सत्तामा छन्
यहाँ दण्ड भोग्न पर्नेहरू भत्तामा छन्
दाँत झारिन् कपाल झारिन् झण्डै झण्डै मारिन्
मन हाँस्दा दाँत छैन अप्ठ्यारोमा पारिन्
१.
गाईजात्रा चल्यो त्यो भीरमा कुर्सीमाथि फर्सी राख्न
पुच्छरे बूढो गोरु छ पिरमा कुर्सीमाथि फर्सी राख्न
१.
इतिहास हेर्दा पुर्खाले बगाएको रगत र पसिनाको इमानी भेटिन्छ
त्यहि इतिहास हेर्दा असाम र दसगजा बेची खाने बैमानी भेटिन्छ
पोखरी किन चाहियो भट्टी पसल् बनाउनू ।
पूँजी भए सबै अच्छा कलाकर्म डढाउनू ।।
१.
जबदेखि तिमीले छोड्यौ हाल उस्तै छ
कहिले पनि नछुट्टिने मायाजाल उस्तै छ