ठोक्तक

छन्दका तिन टुक्रा

१. जसको लठ्ठी उसको भैँसी
ताला डम्म विवेकमा हृदयका ढोका सबै बन्द छन्
बोलीका व्यवहारका लयहरू सम्पूर्ण बेछन्द छन्
के आयो अनपामरी चलन यो अस्तित्व नै सिद्धिने

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १२

१. समय
समान अर्थ बोक्छन् जिन्दगी र काँचका चुराहरू,
काम गर्न नसक्नेले कोरल्छन् केवm कुराहरू,
समय हिजो जस्तो छैन आज बदलिएको छ,
ध्वाँस दिन्छन् बूढा बालाई जुँगा न

बाँकी खित्का

बदलिएछ

हेर्दाहेर्दै मित्रजनको, बिल्ला बदलिएछ
भोटका मुना टुसाउने, जिल्ला बदलिएछ
चनाखा छन् मेरा मित्र, समयलाई दाउन
वारि बस्थे पारि देख्छु, किल्ला बदलिएछ ।

काठमाडौं

बाँकी खित्का

चार ठोक्तक

१.
सज्जन भनौं भने उ नामर्द रहेछ
छोडेको यो मुटुमा चोट दर्द रहेछ
उपहार मलाई पठाएको हेरे आज
सजिएको खामको भित्र कर्द रहेछ ।

२.
तिम्रो निम्ति तन, मन, जीवन दिन्छु भन्थ

बाँकी खित्का

हाइकुको हुल

१.
तेल न नुन
साँढेको साम्राज्यमा
जनता भोकै ।

२.
राताम्मे फूल
फुलेका फाँटहरू
हाम्रो नेपाल ।

३.
नाप न तौल
खै कसरी सुनाउँ
मनको ब्यथा ।

४.
प्रेम र यौन

बाँकी खित्का

दुई ठोकान

(१)

दुराग्रहको चस्मा फुकाल्न सक्तैनौ भने,
रागद्वेषको विकार फाल्न सक्तैनौ भने,
उपदेश दिएर मात्र के होला र ऐ मित्र–
आफनो मनको मैल पखाल्न सक्तैनौ भने ।

(२)
कटुत

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– ११

१. हुलिया
दर्शन दिने वाचा गर्नेको बसेको छु पालो
आज्ञाकारी समूहभित्र बजाइँदैछ जोडले रालो,
टेन्डर, गोष्ठी, ठेक्का, भ्रमण सबै मन्त्रीजीको सालो
सिद्धान्तनिष्ठ

बाँकी खित्का

हाइकुको बथान– ७

१.
दक्षिणी साँढे
नेता जनतालाई
सपना बाँडे ।

२.
कलिलो मुना
सपनाको पर्खाल
नफक्रिने भो ।

३.
आँधी र हुरी
अनगिन्ती गोरेटो
सधैं सून्यता ।

४.
विनापातको

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– १०

१. उपलब्धि
हिजोको त्याग आज फोसा भएको छ
कामचोर प्रवृत्ति नै भरोसा भएको छ
विश्वासको लहरामा मेरो प्रजातन्त्र–
दाना विनाको कोसा भएको छ ।

२. कला
पुर

बाँकी खित्का

मान्छे र घैंटो

मान्छेका साथ घैंटो तुलित जब भयो एउटै भान हुन्छ
आधा घैंटो छचल्की छल र छल गरी चञ्चले चाल दिन्छ
जो हो घैंटो भरेको मधुर सुर गरी ओमको शव्द भन्छ
खाली घैंटो ठटाए धन कि धन भनी

बाँकी खित्का

हाइकुको बथान– ६

१.
चकमन्न छ
छिँडीभित्र आकाश
घामको छायाँ ।

२.
नचाउँदै छ
उत्ताउलो बतास
टुक्रा बादल ।

३.
घर हो भन्थें
यो त ब्वाँसाहरूको
डेरा रहेछ ।

४.
खेतको धान

बाँकी खित्का

डमरु ठोक्त्तकहरू

१.
दुष्टात्माहरू भाग्दछन् मेरो ध्वनि सुनेर
भक्तका लागि भने कर्णप्रिय
बज्न चाहन्छु अनन्त
सङ्गीत हुँ

डमरू हुँ
घन्कन चाहन्छु वुलन्द
विसङ्गत सोंचहरूलाई प

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– ९

१. नाता

लोग्नेस्वास्नीको नाता घाँटीको डोरो हो
मन मिलुन्जेल दोहोरो, नत्र एकोहोरो हो ।
चित्त कित्ताकाट नगर दम्पती हो–
त्यसपछिको नाता टाउका माथिको लोहोरो

बाँकी खित्का

ठोक्तक

पिई रक्तप्याला उनै शुद्ध भा’छन् !
कुनै ब्रह्मचारी, कुनै बुद्ध भा’छन् !
तिनै क्रूर–घाती, तिनै आततायी,
हुँदा ‘भोकभोकै’ दिनै युद्ध भा’छन् ।

काठमाडौं

बाँकी खित्का

दुई ठोकान

१.
उनले तर्ने खोला तिमी पनि तर्न सक्छौ
खाली झोलामा पत्थर तिमी पनि भर्न सक्छौ
कसैलाई पुर्न तिमीले खनेको खाडलमा
अरुमात्र होइन तिमी पनि पर्न सक्छौ ।

२.
जनता नै न

बाँकी खित्का

हाइकुको बथान

१.

मध्यरातमा
सूर्यबिनै उज्यालो,
यो मेरो ठाउँ !

२.
सूर्य सहित
या रहित, उज्यालो !
यो मेरो गाउँ !

३.
मनमा अनि
मस्तिष्कमा, उज्यालो !
यो मेरो ठाउँ !

४.
बा

बाँकी खित्का

चार ठोक्तक

१.
जूनको पनि आँसु झर्छ तारा रोए पनि
काठमाण्डुलाई के मतलब छ खारा रोए पनि
रगतको टीका लगाई लासमा टेकि आयौ
सिंहदरवार हाँसे भैगो सारा रोए पनि ।

२.
बिरालो र कुकुरको घ

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– ८

१.कुराको आरोहण
धान काट्ने भन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्ने भन्दा कमिसन बाँड्नेको कुरा ठूलो ।
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी

बाँकी खित्का

तिन हाइकु

१.
गोधुली साँझ
सुनसान समय
एक्लो जीवन ।

२.
पारिलो घाम
चकमन्न समय
उराठ मन ।


हरियो वन
नेपाली नेताहरू
मूर्छित मन ।

काठमाडौं

बाँकी खित्का

ठोक्तकै ठोक्तक

१.
सज्जन भनौं भने ऊ नामर्द रहेछ
छोडेको यो मुटुमा चोट दर्द रहेछ
उपहार मलाई पठाएको हेरेँ आज
सजिएको खामको भित्र कर्द रहेछ ।

२.
तिम्रो निम्ति तन, मन, जीवन दिन्छु भन्

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– ७

१.योग्यता

स्कुल बिस्कुनझैँ छरिएपछि
क्याम्पस ‘टायम पास’ भएको छ ।
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ ।

२. पेव

बाँकी खित्का

एक ठोकान

पिउँछन् खुलेआम पिउँछन्, रगत पिउनेलाई रक्सीको नसा कम हुन्छ
गुहार्नु बेकार छ सिंहदरबार, थाहा छ पीडितको त्यहाँ पूजा कम हुन्छ
अन्यायमा उम्ल्यो भन्दै, नपोखिनु जथाभावी,

बाँकी खित्का

एक खोक्तक

सक्छौ भने अनुहार फेर, नाक बदलेर के हुन्छ ?
जडाउरी कमीजको, टाँक बदलेर के हुन्छ ?
बदलिंदो यो जमानामा बदल्नु त सोच पर्छ,
सक्छौ भने गिदी फेर, पोसाक बदलेर के हुन्छ ??

चन्द्र

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– ६

१. कविता
भावहरूको खण्डहर भित्र
कलाको हत्या भएको छ ।
उत्खनन गर्दागर्दा थाकियो
कतै भेटिएन्– सुकुमारी कविताको लाश !!

२.इच्छा
हामीलाई
समाज द्रोह

बाँकी खित्का

पेशलका स्पेसल ठोक्तक– २

१. समस्या
विचारको आगो लगाएर
आस्थाको घरमा
हामी पानी नखोजेर
साइत पर्खिरहेछौं –
‘आग लागी झुपडी डेढ घडी भद्रा ।’

२. रूख
हाँगाबिँगा काटेर
जरा

बाँकी खित्का