ठट्यौली

चटके

त्यो चटकेले स्कुलमा धेरैवटा चटक देखायो । केटाकेटीहरू खुबै प्रभावित भए चटकेसँग । अनि उसले भन्यो– “म चटकले जे पनि गर्न सक्छु ।”

बाँकी खित्का

ग्रन्ज प्याण्ट

नयाँ लुगा किन्न आमासँगै शहरको कपडा पसल पुगेकी छोरीले ग्रन्ज गरिएको प्यान्ट देखाउँदै भनी– “आमा मलाई यो प्यान्ट मन पर्यो । मलाई यहि प्यान्ट किनि दिनुस् ।”

बाँकी खित्का

अत्याधुनिक देश खन्ने–दान सङ्कल्प

भताभुङ्गम् ! भताभुङ्गम् !! भताभुङ्गम् !! !
लथालिङ्गम् ! लथालिङ्गम् !! लथालिङ्गम् !!!
छरपस्टम् ! छरपस्टम् !! छरपस्टम् !!!  {{rewd_more}}
अद्येह श्रीमद् हाउडी पुराणस्य

सिंहदरबार, मन्त्री क्वाटर आदिले नपुगेर असङ्ख्य नेता महानुभावका श्रीमती, जेठी सासू, साली आदिको जबरजस्ती बहाली कृतस्य पचास कोरी औंठाछाप सांसदस्यअनि त्यति नै अथवा त्योभन्दा धेर मन्त्रीका बथानका लागि तयारी कृतस्य असङ्ख्य घुमाउने कुर्सीमा फोका उठुन्जेल बसित्वा पाँच तारे होटेल, मोटेल तथा रिसोर्ट–मैनेजरस्य आज्ञाद्वारा सात समुद्रपारिबाट आयातस्य रेड लेबल, ब्ल्याक लेबल, ग्रिन लेबल आदि इत्यादिना सह देशस्य बजेटम्, गरीव, दुस्खी जनतायास् पसिनाम् रक्तं च छादुन्जेलरपादुन्जेल हसुरिणोस सत्ते, त्रेता, द्वापर कलि जुँगानांमध्ये नक्कली जुँगे, भर्खर सकिएका अनेक चुनावानां अन्तिम चरणे तस्य नाटकीकरण कार्येषु लगभग पञ्च कोरी अरब जति कटकटिया स्वाहा पारिणो,धूर्तावतारे, तिब्बतस्य दक्षिणे, भारतस्य उत्तरे, नेपाल एकीकरणस्य पूर्वे, यो नेपाल दुई ढुङ्गाको तरुल हो, बोटै चैं न इट है ।

तेस्किमा जन्तरे, मन्तरे, खन्तरे ! लखन्तरे हो ! भनेको कुरालाई वास्तै नगरी भइसक्न आँटेको युष्माकम् देशस्य पहिचान सहितस्य जातीय राज्यस्य चाप्लुसी जिल्ला, चुसाहा गाउँपालिकायास् बडा नं. चारसए बिस, तेरा कुरा इस नाम स्थाने, वाग्मती, विष्णुमती, टुकुचा इति अति पवित्र दक्षिण(आधुनिक नदी समीपेस भट्टी नाम पुण्यभूमौ, पैसाले टन्न माती विदेश घुमौस राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्र, गणराजतन्त्र आदि अनेक तन्त्राणांमध्ये अर्थतन्त्रेषु मनपरि तन्त्रेस बौलाहावतारे, भर्खरका तरुनीहरू देख्नासाथ भुतुक्क मन कल्पेस उनै दुधमा पल्किएका अनगिन्ती संवत्सराणांमध्ये बाधा अड्काउ फुकाउ, देशको सम्पत्ति लुकाउ नाम संवत्सरेस नोट मासे, भोट पक्षे, होड वासरे,
सोझा जनता झुक्यायाम्, स्वार्थी नेतानेती मिली राजनीतिमा पोलिटिक्स घुसायाम् तिथौस तथा च भोट हारेका रन्काले रल्लु भई गल्लीमा लड्या बेला काली कुत्तिम्ले मुखमा मुतौ(मुहूर्त) अद्येह गुलाफ राशिस्थिते किशोरिणः मिथुन राशिस्थिते किशोराश्च, ढाल योगे, यदाकदा जबर्ज्स्ति करणे चस अस्माकम् देशस्य अङ्सबन्डायाम्
लौ खालो सार गोत्रस्य बाबु उत्तर आमा दक्षिणस्य, नेपाल भक्षणस्य, ताक्परे तिवारी नत्र गोतामे इति त्रि प्रवरस्य, उहिलेको चार जात र छत्तिस वर्णलाई अहिले चार सए जात र छत्तिस सए वर्णमा

रूपान्तरणकार्येषु कटिबद्धस्य नयाँ नेपालस्य मान्छे एक दल अनेकस्य धूर्तबहादुर शर्मा बिहारी नामस्य अहं, मम
इमाम् पूर्व–पश्चिम् लमतन्नाम्, पितापुर्खाले ठुलो दुख गरी निर्मिताम् कन्याम्स नागरिकता एताय, स्थायी बासिन्दा उताय,

ह्लासा एवम् काशी गोत्राय त्वंशरणं पाउपरणं नाम एक जोडी वराय, फोरेन–कन्ट्री घराय, दुबैले बाँडीचुँडी खानू
भन्ने बोल कबोल बन्दबस्तानुसारेण हाम्रा मनोमान राजीखुसी साथ औँठा छाप चिन्नम् धसित्वा सत्तामा बसित्वा भुसुक्क दानत्वेन युवाभ्याम् वयं सम्प्रदद्महे । तत् असत् न मम ।

झापा
 

बाँकी खित्का

पतिपत्नीको प्रेम

एकजोडी पतिपत्नी आफ्नो घरमा बसिरहेका छन् । उनीहरूका बीच निकै गहिरो प्रेम रहेको देखिन्छ । उनीहरू आपसमा कुराकानी गर्दैछन् ।

पत्नीः म मरेँ भने के तपाइँ अर्को विवाह गर्नुहुन्छ ?
पतिः अहँ, गर्दिनँ । 
पत्नीः किन नगर्ने नि ? 
पतिः म तिमीलाई धेरै माया गर्छु, त्यसैले क्या । 
पत्नीः अँ होला, साँच्चै भन्नुस् न क्या (झकझक्याउँदै)
पतिः त्यसो भए म अर्को विवाह गर्छु ल ?
पत्नीः (अलि दुःखी हुँदै) अनि तपाइँ त्योसँग यही घरमा बस्नुहुन्छ ?
पति ः यति राम्रो घर छोडेर कहाँ बस्न जाऊँ त प्रिय ? 
पत्नीः अनि तपाइँ त्योसँग हामी सुत्ने पलङमै सुत्नुहुन्छ ?
पतिः यस्तो आनन्ददायी पलङ छोडेर कहाँ सुत्न जाने त !
पत्नीः अनि मेरा यी सबै गहना पनि उसैलाई दिनुहुन्छ ?
पतिः ऊसँग आफ्नै गहना भैहाल्छ नि !
पत्नीः अनि उसलाई मेरो स्कुटर पनि दिनुहुन्छ ?
पतिः अँ, यति राम्रो स्कुटर कहाँ फाल्ने त ! 
पत्नीः त्यसो भए उसलाई मेरा सबै कुर्तासुरूवालहरू पनि दिनुहुन्छ होला नि हगि ?
पतिः तिम्रा कुर्ता सुरूवाल उसले के लगाउँथी र ! ऊ तिमीभन्दा धेरै पातली छे, उसलाई तिम्रो लुगा ठीक भए पो !  
पत्नीः के रे के रे, पातली छे रे ?
पतिः धत्तेरिका ! अ.. अ.. । 

– नवराज कँडेल
 

बाँकी खित्का

रङ नं. पो परेछ

एउटा मान्छेले आफ्नो घरमा फोन गरेर सोध्छ– को बोल्नुभएको ?

बाँकी खित्का

भूगोलमै दुई महिना

एउटा तोरीलाहुरेले २, ४ वर्ष विदेश भ्रमण गर्ने अवसर पाएछ । विदेश भ्रमण सकेर गाउँ फर्केको तोरीलाहुरेले एकदिन साथीलाई विदेश भ्रमणको फेहरिस्तसहित सम्पूर्ण बेलिविस्तार सुनाउँदै भनेछ– “हेर साथी मैले दुई, चार वर्षमा नघुमेको देश सायदै मात्र होला, जुनसुकै देशमा पनि म घटीमा एक महिनासम्म बसेर घुमेको छु । त्यहाँको सम्पूर्ण वस्तुस्थितिसँग म परिचित छु । अमेरिकामा म तीन महिना बसेँ । जापानमा छ महिना बसेँ । जर्मनी, रसिया, फ्रान्स चीन, अफ्रिका, स्पेन, आदि सबै ठाउँको भ्रमण गरेँ । यसले गर्दा मैले विश्वको बारेमा झन् बढी जान्ने मौका पाएँ  बुझ्यौ ?” 

“ओहो त्यसो भए त भूगोलका बारेमा तिमीलाई झन बढी ज्ञान होला  हैन ?” साथीले सोधेछ । 

उसले जबाफ दियो– “किन नहुनु  नि ! मैले त्यो भूगोलमा त झन् दुई महिना बिताएको छु बुझ्यौ ?”

कुप्रदा, सुरूङ्गा, झापा 
 

बाँकी खित्का

देशखाने दशकथा 

१.नयाँ बोतलमा पुरानै रक्सी क्या हो ?
(उत्तर : रुक्माङ्गत कटुवाल)

२.नगरी नछोड्ने भन्छन् तर गर्ने सुरसारै
 गर्दैनन् क्या हो ? 
(उत्तर : संविधानसभाको चुनाव)

बाँकी खित्का

बहुलाएको चोर

चोरले हर्केको घरको भाटा र खरको टाटी अलिकति च्यातेर २ माना चामल चोरे छ । हर्के कराएछः “गुहार, गुहार, मेरो घर चोरी भो”

बाँकी खित्का

खित्कै खित्का–२१

मूला बनेर पस्नूस्, सिन्की बनेर निस्कनूस्
आउनूस्, भित्र पस्नूस्, थ्याच्च सिटमा बस्नूस् । दाइ, अलि पछाडि सर्नूस् । दिदी, बच्चा छातीमा च्यापेर बोक्नूस् । भित्र पस्न

बाँकी खित्का

शहीद लोकमा

“नमस्ते, म गंगालाल श्रेष्ठ, देश र जनताको लागि निरंकुश राणा शासन बिरुद्ध लड्दा लड्दै शाहदात प्राप्त गरेको जनताको शहीद ।”
.
“नमस्ते, म माईकल टाटे, आफ्नो ग्याङको लागि

बाँकी खित्का

खित्कै खित्का– २०

हाम्रो सिन्डीकेट
त्यति धेरै सभासद् भएको संविधानसभा दुर्घटनामा परेन, त्यति धेरै मन्त्री हुँदा पनि सरकार चलेकै हो । क्षमताभन्दा दोब्बर– तेब्बर यात्रु राख्दा द

बाँकी खित्का

खित्कै खित्का– २०

बजेट काढौँ, हात चाटौँ
वर्षभरि नभएको काम दुई महिनामा हुन्छ । त्यो चामत्कारिक दुई महिना हो– जेठ र असार । वर्षायाम अर्थात् जेठ–असारलाई राष्ट्रिय मेलमिलाप र विका

बाँकी खित्का

दुई ठट्यौली

१. केटाहरूमा फिलिङ्स
ढुंगालाई भगवान् मानेर पुज्नु आस्था र विश्वास हो तर मन्दिरभित्र राखिएको त्यही ढुंगालाई भगवान् सम्झिएर दूध, लड्डु र फलफूल चढाएर मन्दिर बाहिर

बाँकी खित्का

तुइलालका दुई ठट्यौली

१. जतिसुकै बजोस्
एउटा बूढो मान्छेसँग तुइलालले बुबा कति बज्यो भनेर सोधेछ ?

बूढो मान्छे : हेर बाबु, म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ, समय बताउन ।

तुइलाल :

बाँकी खित्का

खित्कै खित्का– १९

मगन्ते मन्त्रालय
चीनले रेल दिन्छ, साउदीले तेल दिन्छ । बेलायतले सशक्त बनाउन सशक्तीकरण कार्यक्रम दिन्छ । अर्काे कुनै देशले जलविद्युत् आयोजना ल्याइदिन्छ । माग्न

बाँकी खित्का

महान् राष्ट्रसेवकहरू

आज बिहान चिया पसलमा चिया खाने क्रममा एक जना ‘बा’ सँग भेट भो, उनीसँग भएको गफको सारांश :
मैले सोधेँ– बा तपाई त बहुत सुखी जस्तो देखिनु हुन्छ , के गर्छन् तपाईका छोरा छोरी ?

बाँकी खित्का

खित्कै खित्का– १८

तीन नेता, तीन नीति
१.प्रचण्ड नीति
सरकार गिर्ला गिर्लाजस्तो छ । झर्ला झर्लाजस्तो छ । र्गियो भने समाउने होइन, त्यही मौकामा भकुर्ने हो । ताकि, उठ्नै नसकोस्, ढलेको ढल

बाँकी खित्का

खित्कै खित्का– १७

बुँदामय दिनचर्या
नेताजीले बिहान नास्ता पाँचबुँदे खानुभो । खाना दसबुँदे खानुभो । एक बुँदाले मुख चुठेर कार्यक्रममा जानुभो । कार्यक्रममा २०र२५ बुँदाको भाषण दिनु

बाँकी खित्का

खित्कै खित्का– १५

महँगीको मुक्का
सरकारले प्रहार गर्छ । जित्दैन । जनता लागिपर्छन्, यताउता सर्वत्रबाट प्रहार गर्छन् तर जित्दैनन् । एक–दुई दिन होइन, अहोरात्र प्रहार गर्छन् तर उसै

बाँकी खित्का

खित्कै खित्का– १४

पेट्रोल फेला पर्यो भने...

सरकारले पेट्रोल खानी खोज्न सुरु गरेको छ । मानिलिऊँ पेट्रोल खानी फेला र्पयो । त्यसपछि के हुन्छ ? त्यसपछिका घटनाक्रमको एक विवरण :

– सर

बाँकी खित्का

काठमाडौं कहिले अघाउँछ ?

छोराले सोध्यो, –ए बा गणतन्त्र आयो रे, हामी कहाँ कहिले आउँछ ?
बाउले भन्यो, –अहिले भरखर काठमाडौं आ छ, उसले छोडेपछि हाम्रोमा आउला ।

छोराले भन्यो, –ए बा लुगा फाट्यो ।

बाँकी खित्का

पूर्ण नेपाली बोल्न खोज्दा

देवघाट, महेश आश्रममा बस्थेँ । एक ताका शुद्ध नेपाली बोल्ने भूत चढ्यो । कामविशेषले नारायणगढ जानू थियो । रोयल देवघाट चढेँ र पोखरा बसपार्क पुगेँ । रिक्सा चढ्ने सोच बनाएँ ।

बाँकी खित्का

खित्कै खित्का– १२

बुँदामय दिनचर्या
नेताजीले बिहान नास्ता पाँचबुँदे खानुभो । खाना दसबुँदे खानुभो । एक बुँदाले मुख चुठेर कार्यक्रममा जानुभो । कार्यक्रममा २०,२५ बुँदाको भाषण दिनु

बाँकी खित्का

सरकारी जागिर

पाँच वर्षमा २५ चोटी लोकसेवा, निगम, बैँक, संस्थान आदिको परीक्षा दिइयो, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने आश मारेको थिएँ, २६ औँ पटकमा कताबाट फ्याट्ट ‪‎न्यायसेवा‬को &

बाँकी खित्का

म पनि बुद्ध हुन्थेँ होला

गौतम बुद्ध २०३८ सालमा जन्मिन्थे र म इसा पूर्वक ५०० तिर जन्मिन्थेँ भने कस्तो हुन्थ्यो होला ?

गौतम बुद्ध जवान भएर यसोधरासँग विवाह गरी राहुल नामको छोरो भर्खर जन्मिएको हु

बाँकी खित्का