सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ संविधान खोज्दै जाँदा

Nepal Telecom ad

कुनै समय थियो, जुनबेला नेपाल सगरमाथाको देश, गौतम बुद्धको देश र वीरयोद्धाको देश भनेर विश्वमानचित्रमा देखिन्थ्यो । “सधैँ एकै मानचित्रमा मात्र चिनिनु भनेको परिवर्तनलाई आत्मासात् नगर्नु हो” भन्ने चेतना भने यस नेपालमा निकै पछिमात्र आयो, तर ढिलै भए तापनि परिवर्तन छोइने गरेर आयो, यही नै गनिमत भयो ।
परिवर्तनको कुरा गर्दा लगाउने पोशाकबाट नै सुरू गरौं । पहिले पहिले नेपालको राष्ट्रिय पोशाक भनेर ‘दौरा सुरूवाल कोट’ एवम् ‘चोली र फरिया’को पहिरनलाई लिइन्थ्यो । यी पोशाक त जनै पूर्णिमामा पकाएका क्वाँटीजस्तो भयो भनेर नेपालीहरूले छाडिदिए, पोशाक परिवर्तन गरे । हिजोआज ‘टाउकामा काने टोपी, छातीमा खँगाले भोटो या चोली जाँघमुनि पातलो कछाड या कौपीनलाई राष्ट्रिय पोशाक बनाइएको छ । भनिएको छ’ र “हिमाल, पहाड, तराई कोही छैन पराई” । जाँघमुनिको क्षेत्र जाडोमुक्त क्षेत्र हो, त्यसैले कछाडले तराईमधेशको प्रतिनिधित्व गरेको छ । छातीलाई बढी सुरक्षित राख्नुपर्छ भनेर पहिलेको पोशाकमा पनि भोटा÷चोलालाई स्थान दिइएको थियो, त्यसैले भोटो–चोलो बीच भागको अर्थात् पहाडको प्रतीक ठानियो । सबैभन्दा बढी–जाडो हुने ठाउँ कान हो, जुन ठाउँ टाउकाको मध्यभागमा पर्दछ । बढी चिसो हुने हिमाली जिल्लाहरू पनि हिमालको कानजस्तै छन्, त्यसैले काने टोपीले हिमाली भेगको प्रतिनिधित्व गरेको छ । तेपनि अहिले आएर राष्ट्रिय पोशाकको बारेमा निकै विवाद भएको छ, पाखुरा सुर्किएको अवस्था छ । अहिले मुलुकभरमा १०३ वटा जातिको बसँेबास छ । खसोखासमा भन्दा सबै जातिको आ–आफ्नै भेषभूषा छ । सबै जातले आफ्नो भेषभूषालाई राष्ट्रिय पोशाक बनाउनु पर्छ भनेर झगडा गर्दा न्यायाधीशले फैसला गर्दै भनेका थिए–सधैं झगडा गर्नुभन्दा दिगम्बर हुनु नै जाती । दिगम्बर हुनु नै नेपालको राष्ट्रिय पोशाक हो । नाँगानाँगी हुनु नै नेपालीको साँचो पहिचान हो । न्यायाधीशको फैसला एकदमै ठीक भएतापनि लोकलज्जाले गर्दा पूरा लागू गर्न नसकिएको हुनाले “मुरारे स्तृतीयः पन्थाः” भनेझैं “हाल लोग्ने मान्छेका लागि काने टोपी, खँगाले भोटो र कछाडलाई राष्ट्रिय पोशाक बनाइएको हो । स्वास्नी मान्छेका लागि टोपी त उस्तै उस्तै छ, त्यसका साथसाथै स्पष्टसँग उरज देखिने चोलो र पारदर्शी छोटो कौपीन पनि तोकिएको छ । खुला चोली र पिठ्यूँसम्म ढाकिने कौपीन नहुँदासम्म परिवर्तनको अनुभव नै भएन रे । खुला चोली र पुष्टिएका नितम्बसम्म ढाकी कौपिन नहुँदासम्म परिवर्तनको अनुभव नै भएन रे । यस पोशाकलाई नवयुवतीहरूले धेरै मन पराएको पाइन्छ । हाल यस पोशाकले ठूलै बजार पनि लिएको छ । लोकतन्त्रमा जनइच्छा नै सर्वोच्च शक्ति हो क्यारे । जनइच्छालाई नमानेर सुख ? नवयुवाको भावनाको कदर नगरी भएन क्यारे ।
भन्छन्– “लहरो तान्दा पहरो थर्कन्छ ।” यही समस्या नेपालको राष्ट्रिय गान र राष्ट्रिय झन्डाका बारेमा पनि नपरीकन छोडेन क्यारे । पहिलेको राष्ट्रिय गानमा राजालाई महŒव दिइएको थियो–देशमा राजतन्त्र हुँदासम्म त्यही गान राम्रो थियो, अझ भनूँ– त्यही गान “गीता सुगीता कर्तव्या ।” भनेजस्तै थियो, तर आजको गणतान्त्रिक नेपालमा त्यस गानले राष्ट्रिय पहिचान दिन सकेन र अर्कै गान फेरियो– त्यस विषयमा कुनै वादविवाद नै भएन, तर गान सँगसँगै आएको झन्डाले भने टाउको दुखाउनुसम्म दुखायो र बहस गर्न थालियो ।
हाम्रो झन्डामा सूर्य छ, जसले सूर्यवंशी राजतन्त्रको प्रतिनिधित्व गर्छ । झन्डामा चन्द्रमा पनि छ, जसले चन्द्रवंशी राजकुलको सङ्केत गर्छ । रजतन्त्र नै नभएपछि यी बिम्बको खाँचो भएन । झन्डाको किनारमा नीलो रङ छ, त्यो वन– विकासको युगको कुरो थियो, जुन कुरा अहिलेको वनविनाशको समयमा अफाप छ । रातो रंग क्रान्तिको रंग हो, अहिलेको शान्तिको युगमा झन्डाको भुइँ रातो रंगको हुनु नै भएन । पश्चिमतिर फुकेको र पूर्वतिर सुकेको वर्तमान नेपालको भूगोलजस्तै हालको झन्डाको बीचभाग पनि खुँडे छ । यो पनि महŒवाकाङ्क्षी नेपालीहरूका लागि सुहाउने कुरा भएन ।
त्यसैले, झन्डाले राष्ट्रिय भावनाको प्रतिनिधित्व गरेन भनेर निकै विवाद उठाइएको अवस्था छ, ठूलाबडाहरूका बहसमा यस झगडाको निदान कसरी गर्ने भन्ने सोचाइ भएको छ, त्यो त मलाई थाहा छैन, यस विषयमा मसँग कुरा आइपुग्यो भने मैले राष्ट्रिय इतिहास कोट्याएर भन्नै पर्छ– “कुनै समयको हाम्रो झन्डामा चन्द्र र सूर्य अङ्कित थिए, जुन निरन्तरित, अविच्छिन्नित र विश्वजनितका प्रतीक थिए–तर चन्द्रवंशी र सूर्यवंशी राजाहरूको प्रतिविम्ब भएको राजनीतिक कुतर्क दिएपछि ती स्थायी र सर्वव्यापी ग्रहहरूमा पनि ग्रहण लाग्न पुग्यो र राहुले ग्रस्तै पा¥यो । अनि त मेरो मथिङ्गलमा भुइँचालो गयो र संसँर नै हल्लियो र लाग्नुसम्म रिंगटा लाग्यो ।” अनि मैले सोचें–अब हाम्रो झन्डामा सार्वजनिक विम्ब के राख्ने त ? तत्कालै मेरो मस्तिष्कमा उत्तर फु¥यो–“अर्घौतो माथिको लोहोरो” । अर्घौतोले अलौकिक शक्ति भएकी ममतामयी–पर्वतीको नारीत्वको र लोहोराले लोकोत्तर शक्ति भएका पौरखी शिवको पुरूषत्व बुझाउँछ भने लौकिक अर्थमा पनि यी बिम्बहरूले नारी र नर बुझाउने नै भए । हाम्रो झन्डामा लोग्नेमान्छे र स्वास्नीमान्छे देखिने भए । नर र नारीको उभय चिन्ह देखिने भयो । हालको विश्वको सात अरब मानिसको प्रतिनिधित्व ‘अर्घौतो’ ले र ‘लोहोरो’ ले गर्ने भएपछि मैले नफुर्किएर भयो र ? नफुर्किने कुरै भएन । यसरी झन्डाको समस्या सुल्झिएपछि म त जुरूक्क जुरूक्क गरी तीन बित्ता अफ्रिएँ, अब त हाम्रो झन्डामा भाले चिन्ह र पोथी चिन्ह संयुक्त भएर तुन्द्रुङ्गसँग झुन्डिने भए, जसले चन्द्रले र सूर्यले झैं नै विश्वको प्रतिनिधित्व गर्ने मौका पाए । पहिले सूर्यले र चन्द्रले सबै चराचरको प्रतिनिधित्व गर्थे भने हालको प्रतीकले विश्वका स्तनधारी प्राणीको मात्र प्रतिनिधित्व गर्ने भए, थोरै सङ्कीर्णता देखियो फरक यत्तिमात्र हो । जहाँसम्म झन्डाको रंगको प्रश्न छ, त्यसको सजिलो उत्तर छ, अबको झन्डाको, भुइंको रंग आकाशे हुनुपर्छ सँनातिना कुनै विम्ब रहनै हुन्न । “उदारचरितानां तु वसुधैव कुटुम्बकम्” त्यसै भनिएको हो र ? यस ज्योतिर्लिङ्गले धर्मनिरपेक्ष राष्ट्र हुँदा आहत भएका सँपेक्षतावादी हिन्दूहरूलाई केही मात्रामा भए पनि राहत हुने नै भयो । उनीहरूले झन्डा फर्फराउँदा सँगसँगै शिवपार्वती खुशीले नाचेको देख्न पाउने भए । उनीहरूले फर्फराउँदो झन्डालाई “हरहर महादेव” भनेर पूजा गरे पनि हुने भयो । “शिवलिङ्गमा इन्द्रसहित सम्पूर्ण देवता लीन हुन्छन् र जसबाट सम्पूर्ण देवता उत्पन्न हुन्छन् ।” भनी स्कन्दपुराणमा लिङ्गपूजाको महिमागान गरिएको छ । आराध्यदेव पशुपतिनाथको मन्दिरमा पनि शिवलिङ्गकै पूजा हुन्छ क्यारे । झन्डाको उक्त चिन्हको प्रयोगले हिन्दूहरूको सङ्घर्ष केही मात्रामा भए पनि मत्थर हुने भयो । “एउटै मट्याङ्ग्राले दुई शिकार हात लाग्नु भनेको यही हो, होइन र ?
झण्डाले झैं नै विदाले पनि टाउको दुखाएकै छ । राजकाज चलाउने क्रममा सबै जातका मान्छेहरूलाई कर्मचारी बनाउनु पर्दो रहेछ । हाम्रो देशमा १०३ वटा जातका मानिसहरू बसँेवास गर्छन्, भनिएको छ । यी सबै जातका आ–आफ्ना पर्व छन्, संस्कार छन् र अनेकौं दिवस छन् । अब कुन पर्वलाई राष्ट्रिय पर्व भन्ने ? परेन त फसँद । कुन पर्वलाई जातीय पर्व भन्ने र कुन पर्वलाई राष्ट्रिय पर्व मान्ने ? समस्यै समस्या । देशमा चलेका सबै पर्वलाई राष्ट्रिय पर्व मान्ने हो भने सबै पर्व मान्नका लागि हालको ३६५ दिनको एक वर्षले पुग्दैन । वर्ष दिनको संख्या दुगुना बढाउनु पर्छ अर्थात् ३६५ / २७३० दिनकै एक वर्ष हुनुपर्छ । अझ संयुक्त राष्ट्रसङ्घले तोकेका दिवसहरू, विश्वका अनेकौं सङ्घसंस्थाहरूले तोकेका दिवसहरूको गणना गर्ने हो भने १०९५ दिनको अर्थात् हालको तीन वर्षको एक वर्ष बनाउनुपर्दो रहेछ । बहुसङ्ख्यकले मान्ने पर्वलाई राष्ट्रिय पर्व मान्ने हो भने अल्पसङ्ख्यक ठाडै शोषिने भए । यो समस्या पनि चुनोतीपूर्णकै भयो । सबै पर्वलाई राष्ट्रिय पर्व मानेर विदाको व्यवस्था गर्ने हो भने देशै नचल्ने भयो । यस समस्याले मेरो टाउको दुख्न थालेपछि मैले कठोर निर्णय लिएँ र सँेचें–राष्ट्रका त कुनै पनि चाड÷पर्व हुँदैनन् । राष्ट्रको कुनै पनि धर्म हुँदैन । राष्ट्रभित्रका जातले मान्ने धर्म जातजातका आ–आफ्नै हुन्छन्, राष्ट्रका हुँदैनन् । त्यसैले राष्ट्रका जातका धर्म मान्नाका लागि आफ्ना कर्मचारीहरूलाई दिने विदाको संख्या बढाउनु पर्छ, त्यसरी बढाइएको विदाको आधारमा बसी सम्बन्धित व्यक्तिले आ–आफ्ना धर्मकर्म गर्छन् । यस कार्यले सेवाग्राहीलाई कुनै असर पर्दैन र देशै नचल्ने गरी दिइने विदा प्रथाको पनि अन्त्य हुनेछ । ठूलाबडाका औपचारिक भ्रमणमा दिइने चाकरीमूलक विदाको पूर्ण कटौती हुनुपर्छ राष्ट्रका सबै व्यक्ति बराबर, “कसारको कुन गुदी, कुन बोक्रो” होइन र ?
बल्ल बल्ल राष्ट्रिय विदाको समस्याको समाधान गरेको थिएँ राष्ट्रभाषाको समस्या झन् अग्लो भएर मेरो अगाडि आयो । यथार्थमा भन्ने हो भने भाषाको काम वक्ताले बोलेको कुरा स्रोताले सुनेर बुझ्नु हो । सबै भाषामा यो शक्ति छ भने कुन जातको भाषालाई राष्ट्रभाषा भन्ने र कुन भाषालाई राष्ट्रको राष्ट्रिय भाषामात्र मान्ने ? भन्ने समस्या टड्कारो रूपमा आयो । देशभित्रका १०३ जति भाषालाई राजकाजी भाषा बनाउने हो भन्ने अड्डा/अदालतहरूमा सबै भाषा बुझ्ने हाकिम पठाउनुप¥यो, जुन कुरा असंभव हुन्छ । कुनै एउटैमात्र भाषालाई प्राथमिकता दिने हो भने जनआक्रोश थाम्न गाह्रो हुन्छ । मुलुकमा सबै जातका मानिसहरूले आफ्नो मातृभाषामा शिक्षा लिन पाउने अवस्था राष्ट्रले सृजना गरेको हुनाले भाषामाथि भेदभाव गर्ने कुरै आएन । अल्पसङ्ख्यकले बहुसंख्यकमाथि शासन गर्ने संसदीय व्यवस्थामा भेदभाव गर्ने कामलाई ठीकै मानिए तापनि त्यसैको आधारमा जनतामाथि भेदभाव गर्न पाइएन । राष्ट्रकै भाषा धेरै भएको अवस्थामा अन्तर्राष्ट्रिय भाषाको माध्यमबाट शासन चलाउन झनै भएन । “समस्या भनेकै समाधानका लागि हो” भन्ने कुरा बुझेको मलाई समाधानका लागि सूझ नआउने कुनै भएन । लेख्न सकिने र सुनेर बुझ्न सकिने सबै भाषाहरूलाई राष्ट्रका अङ्ग भाषा मान्ने, तर अङ्गी भाषा भने अलिखित भाषालाई मान्ने । अलिखित भाषालाई राष्ट्रभाषा मान्ने हो भने समस्याको समाधान हुने भयो । आपूmले बुझ्नमात्र सक्नुपर्छ । बुझ्ने हो भने हाम्रा धेरै अंगहरू बोल्छन् । हाम्रा हातले पनि बोल्छ, कानले पनि बोल्छ, आँखाले पनि बोल्छ, चेहराले पनि बोल्छ, इसँराले पनि बोल्छ, छालाले पनि बोल्छ । बोल्ने काम केवल मुखले मात्र गर्छ भन्ने बुझ्नु नै गलत हो । त्यसैले देशको राजकाज चलाउने भाषा साङ्केतिक बनाउने हो भने कुनै साम्प्रदायिक दङ्गा चल्दै चल्दैन । अलिखित संविधान भएको मुलुक बेलायतलाई नै प्रजातन्त्रको जननी भनिन्छ भने हामीले साङ्केतिक भाषालाई राष्ट्रभाषा किन नमान्ने हँ ? यस साङ्केतिक भाषाले प्रज्ञाचक्षु जन–समुदायलाई मर्का पर्छ । त्यसैले उहाँहरूलाई पनि दोभाषेका सुविधा दिलाइदिने हो भने समस्या नै रहेन, कुरै खतम ।
“मुलुक चलाउन संविधान चाहिन्छ” भन्ने कुरा नै वाहियात हो । प्रजातन्त्रको जननी बेलायतले विना संविधान मुलुक चलाएकै छ । कहिल्यै सूर्यास्त नहुने उसको भू–भागमा संविधान विना नै शासन गरेको छ । यस अवस्थामा संविधानको कुरा उठाउनु नै आपूm बाँचेको युगलाई नचिन्नु हो । प्राणीमध्येको सर्वोच्च मानिने मान्छेले नै आपूmलाई नचिन्नु हो । संविधान, ऐन, कानून भनेका वस्तुहरू सुशासनका लागि आवश्यक मानिन्छन् । जब सबै मानिसहरू स्वशासित हुन्छन्, तब त ऐन सैनको आवश्यकता नै पर्दैन । मान्छेइतर कुनै पनि प्राणीले प्राकृतिक नियमलाई उल्लङ्घन गरेको देखिन्न । सूर्यले उत्तरायण र दक्षिणायन गरेकै छ । शिशिरमा पुराना पात झरेकै छन् प्रत्येक वसन्तमा पालुवा लागेकै छन् । प्रजनन गर्ने बेला नभईकन भैंसीलगायतका प्राणीहरूले भालेलाई बोलाउँदै बोलाउन्नन्, कात्र्तिक नलागीकन कुकुरहरू बरालिंदै बरालिँदैनन्, वसन्तको र शरदको याममा हावापानीमा समशीतोष्णता नै हुन्छ । हेमन्तमा हात कठ्याङ्ग्रिन्छ, ग्रीष्ममा पसीना बगेकै हुन्छ, हिउँदमा रात लामा भएकै हुन्, वर्षामा दिन लम्बिएकै हुन्छन् । यी प्रकृतिअनुसार चल्नेहरूलाई ऐन÷कानुन चाहिएकै छैन । मान्छे नै त्यस्तो प्राणी हो, जो अप्राकृतिक जीवन बिताउन खोज्छ । मान्छेले आफ्नो गोठको भैंसी कुन दिनको कति बजे ब्याउँछ भन्नसक्छ, तर आपूm कुन महिनामा सन्तानको बावु÷आमा बन्नसक्छु, त्यो कुरा भने भन्न सक्दैन । हो, यही थाहा नपाउनु नै प्राकृतिक नियमको ठाडो उल्लङ्घन गर्नु हो, उद्दण्डताको द्योतक हो । अब तपाईं नै भन्नुहोस्, सृष्टिमा मानिसभन्दा छाडा प्राणी अरू कुनै छ त ? मान्छेलाई छाडा बनाउने कारक तŒव भनेकै संविधान ऐन, कानुन, नियम–विनियम, धर्म–संस्कृति, परम्परा, रीतिरिवाज आदि इत्यादि के–के हुन् ? के–के मानवनिर्मित वस्तुहरू हुन् ? ती सबैको अन्त्य हुनु नै मानवले उन्मुक्ति पाउनु हो ।
सगरमाथाको उचाइ हाम्रै गौरव हो, गौतम बुद्धको शान्ति सन्देश पनि हाम्रै योगदान हो । वीर योद्धाहरूको भी.सी.पद हाम्र पौरख हो । आजका हामीहरूले पुर्खाहरूको पदचिन्हलाई पच्छ्याउँदै नयाँ उचाइमा पाइला चाल्नुपर्छ । हालको विश्वमा देखिएका अप्राकृतिक जीवनपद्धति भन्दा माथि उठ्नुपर्छ । संविधान, ऐन, कानून नियम र विनियमका÷सङ्कीर्ण घेरा तोडेर प्राकृतिक नियममा चल्न खोजियो भने, चल्न सकियो भने ठूलो उपलब्ध हुनेछ नेपालले विश्वलाई दिएको ठूलो उपहार यही कार्य नै हुनेछ । नयाँ नेपाल बनाउने जिम्मा लिएका जिम्मावालसँग यो सन्देश पुगेकै छैन होला । अन्यथा आदर्श संविधानको भैm–झगडामा संविधानसभा किन अल्झिरहन्थ्यो होला र, होइन त ?
कास्की, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad