सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थोत्रो लुगा

Nepal Telecom ad

लामो जीवन भोगियो र रसिलो मेवा बढी खाइयो
भोटो सुन्दर यो नयाँ पनि थियो सेतो सफा नै थियो
धेरै वर्ष लगाउँदा असजिलो थोत्रो पुरानो भयो
यो भोटो अठचालिसे बुझिदिनुस् मैलो र थाङ्नो भयो

भोटोले अरबौँ जुटे कमिसनै लिन्थे पछौटेहरू
ती बङ्गुर समान नै बनिसके यी तुल्य छैनन् अरु
यस्तो जाल बनाइदिन्छु जसमा फस्लान् कि ? चङ्खेहरू
यो भोटो अब फालिदिन्छु दुःखले चङ्खे लगाअस् बरु

लाखौँलाख बनेर भाटहरूले गर्छन् नि मेरै स्तुति
मेरै छन् कति पाखुरे नजिकनै गर्छन् सबै प्रस्तुति
बाँच्दैनन् अब यी विना कमिसनै भोटो फुकाले पछि
चङ्खेकै पछि लाग्दछन् कि अब ती हातै नि रित्तेपछि

फालेँ मोहन कूटनीति भरिलो दौरा नयाँ हुन्छ कि ?
मैले भारत फोन नै गरिसकेँ हेरौँ फलै मिल्छ कि ?
सक्ने सम्म भला काला गरिसकेँ चङ्खे कतै गल्छ कि ?
पासा सातवटा नि थपिसकियो त्यस्मै फसाइन्छ कि ?

मेरो त्यो अनमोल ब्यूह रचना त्यस्मै झुकाइन्छ कि ?
त्यो निर्भीक रहेछ चङ्ख अधिकै मै पो फुकालिन्छु कि ?
भन्ने त्रास नआस खास अहिले मै पो धकेलिन्छु कि ?
मेरो धेय नयाँ लुगा पहिरने मौका नि पाइन्छ कि ?
धादिङ, जरेबर
२०६५/२/२६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल