बाङ्गा गजल

हरायो

निर्जीव यो शहरमा संवेदना हरायो
मान्छे मरोस् या कुकुर वेदना हरायो ।

बाँकी खित्का

जाँदा जाँदै 

गयो “सत्र”, अलपत्र नहोस् नयाँ साल 
बनोस् कथा एकादेशको “भूकम्प र पाल”

बाँकी खित्का

जंगली बाँदरलाई 

सधैं हाल्छु ढुङ्ग्रामा कुकुरको पुच्छरलाई
सम्भव होला गाई पार्न गधाको खच्चरलाई ?

रच्ने भैयो इतिहासै कामको हैन कुराको 
हवाइजहाज बनाइन्छन् भुसुना र मच्छरलाई ।

बाँकी खित्का

हल्लागीत 

गर्नुहोला सबै काम उतैतिर सोधी 
नत्र भने होला खल्लो पाँच बर्षे रोदी 
रिमोट हो दिल्ली सधैं नेपाल हो टी भी 
पाए भारु रमाउने हाम्रा बुद्धिजीवी

बाँकी खित्का

अति दिक्क पारे

स्वप्नाहरूले अति दिक्क पारे
रोजै सताए तर ठिक्क पारे

व्यर्थै रमाएँ परिकल्पनामा 
कस्दै दह्रो बन्धन किक्क पारे

बाँकी खित्का

देख्छु

ईन्धन छैन भने पनि सवारीकै लाम देख्छु
अचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु

बाँकी खित्का

उस्तै छ

गन्तव्य चुम्ने रहर उस्तै छ
आतुर नदी हो, बगर उस्तै छ

आफ्ना पयरमाथि भर उस्तै छ
बाधा उनै हुन्, सफर उस्तै छ

बाँकी खित्का

आफ्नो घर बनायो

देश बनाउँछु भनेर आफ्नो घर बनायो
नारी उत्थान भनेर आफ्नो अधर बनायो

बाँकी खित्का

आस गर्छ

सधैँ देशले शानको आस गर्छ
प्रतिष्ठा र सम्मानको आस गर्छ

बाँकी खित्का

हाँसिरहे भूतहरू

एकादेशको धरतिमाथि, हाँसिरहे भूतहरू
आँखा छोपी कुना पसी, रोइरहे सपुतहरू ।

बाँकी खित्का

हल्लिँदै छ 

हेर त पागल हो कि त्यो चोकमा को हल्लिँदै छ ?
एक राष्ट्रप्रेमी राष्ट्रको शोकमा पो हल्लिँदै छ ।

बाँकी खित्का

अख्तियारमा जेठान हुनु..

अख्तियारमा जेठान हुनु प्रहरीमा सालो 
अदालतमा भतिजो होस् कोट लाउने कालो

अनि मात्र राजनीति हुन्छ सफल–सार्थक 
भरिने छ भकारी र सबै डोको डालो

बाँकी खित्का

मोदीका सारथि 

एऽऽऽ होइ...
हाम्रो नेपाल माथि मोदीका सारथि
हाम्रो नेपाल माथि मोदीका सारथि 
हो हो ठुटे हो हो, हो हो मुङ्ग्रे हो हो

बाँकी खित्का

नेता चुनेर के भो ? 

नेतृत्व जो दिँदैन नेता चुनेर के भो ? 
लाखौंले शून्यलाई व्यर्थै गुनेर के भो ?

पालेर मृगतृष्णा दुःखी हुँदैछ मान्छे 
पूरा हुँदैन जुन त्यो सपना बुनेर के भो ?

बाँकी खित्का

कुरा रोपी चट्ट 

कुरा रोपी चट्ट कुरै फलाउने दैनिकी छ
अचेल कामको हैन कुराकै बिगबिगी छ ।

काटिकुटी मजस्तै छ, मेरो देशको बेहोर
कुरामा सिंगापुर, तर काममा फिजी छ ।

बाँकी खित्का

के पाउँछौ ?

टाढा भयौ खुसी हुँदै रुने बनाएर 
के पाउँछौ पियारको बली चढाएर

बाँकी खित्का

बिर्सियौ

तिमी त निष्ठुरी मान्छेको मोल पनि बिर्सियौ
जन्मेर हुर्केको आफ्नो भूगोल पनि बिर्सियौ ।

बाँकी खित्का

हिसाब गोलमाल

यता हिसाबमा रिन माथि रिन छ ।
उता घर खेतमा साहुको अधीन छ ।

बाँकी खित्का

व्यापार

कसैले पसिना बेच्छन् कसैले ईमान बेच्छन् ।
मन्दिर भित्रै पुजारीले बाईबल र कुरान बेच्छन् ।

बाँकी खित्का

हाय पत्रकारिता !!

अनेक स्वार्थ जन्मिई फुकेछ पत्रकारिता
तटस्थता भुली कहाँ लुकेछ पत्रकारिता 

सही कुरा छिपाउने दलीय प्रार्थना गरी
स्वतन्त्र राख्न लेखनी चुकेछ पत्रकारिता

बाँकी खित्का

बिना विभागीय मन्त्री

साधु त पलेँटी ठोकेर राम राम गर्छन्
बिना विभागीय मंत्री के काम गर्छन्

बानी नै नपरेको यो सुख्खा तलव
विभागीय मंत्री चाहिँ दाम दाम गर्छन्
हाँगो सप्पै चहारि फल चाखे पछि
रूखको त्यो छहारी छोडि घाम घाम गर्छन्

लौ कसो गरि सहनु नहेर्नु उफ् !
स्वयम् बस्या कुर्सीमा अरू ताम झाम गर्छन्

धर्म मान्ने नमान्नेमा विभाग गुम्दा
अर्कैकी मंत्राणी अब चारधाम गर्छन् ।

लस एन्जेलस

बाँकी खित्का

हनुमानलाई

उखाल्छ खम्बा अलिभित्र सार्छ ।
उचाल्छ नेता गुट भित्र पार्छ ।।

बटार्छ थोरै जव कानलाई
खुसुक्क नारा गुणगान झार्छ ।।

उराल्छ पैसा पनि भित्रभित्र
लतार्छ खोजी हन

बाँकी खित्का

बजाउन सक्छ कैले

सर्पले नि भ्यागुतो मित्र बनाउन सक्छ कैले
चितुवाले मृगलाई मन पराउन सक्छ कैले ।

खहरेले पहरालाई सुम्सुम्याउला ‘साथी’ भन्दै
खुकुरीले अचानोलाई फकाउन सक्छ कैले ।

बाँकी खित्का

कुर्सी

आहा ! मेरो निम्ति ससुराल भयो कुर्सी
गोजीमा राख्न मिल्ने रुमाल भयो कुर्सी ।

मानौं म चाहना हुँ उसको युगौंयुगौंको
पाई मलाई आज निहाल भयो कुर्सी ।

कुर्सीलाई व्यक्ति

बाँकी खित्का

उस्तैउस्तै भयो

तिमीलाई बियाँ र चामल उस्तैउस्तै भयो
तिमीलाई जून र बादल उस्तैउस्तै भयो ।

ठिक र बेठिक नजानेपछि म के भनुँ र !
तिमीलाई हिलो र गाजल उस्तैउस्तै भयो ।

बजाऊ बेस्करी यो सह

बाँकी खित्का