कुरा रोपी चट्ट कुरै फलाउने दैनिकी छ
अचेल कामको हैन कुराकै बिगबिगी छ ।
काटिकुटी मजस्तै छ, मेरो देशको बेहोर
कुरामा सिंगापुर, तर काममा फिजी छ ।
कुरा रोपी चट्ट कुरै फलाउने दैनिकी छ
अचेल कामको हैन कुराकै बिगबिगी छ ।
काटिकुटी मजस्तै छ, मेरो देशको बेहोर
कुरामा सिंगापुर, तर काममा फिजी छ ।
टाढा भयौ खुसी हुँदै रुने बनाएर
के पाउँछौ पियारको बली चढाएर
तिमी त निष्ठुरी मान्छेको मोल पनि बिर्सियौ
जन्मेर हुर्केको आफ्नो भूगोल पनि बिर्सियौ ।
कसैले पसिना बेच्छन् कसैले ईमान बेच्छन् ।
मन्दिर भित्रै पुजारीले बाईबल र कुरान बेच्छन् ।
अनेक स्वार्थ जन्मिई फुकेछ पत्रकारिता
तटस्थता भुली कहाँ लुकेछ पत्रकारिता
सही कुरा छिपाउने दलीय प्रार्थना गरी
स्वतन्त्र राख्न लेखनी चुकेछ पत्रकारिता
साधु त पलेँटी ठोकेर राम राम गर्छन्
बिना विभागीय मंत्री के काम गर्छन्
बानी नै नपरेको यो सुख्खा तलव
विभागीय मंत्री चाहिँ दाम दाम गर्छन्
हाँगो सप्पै चहारि फल चाखे पछि
रूखको त्यो छहारी छोडि घाम घाम गर्छन्
लौ कसो गरि सहनु नहेर्नु उफ् !
स्वयम् बस्या कुर्सीमा अरू ताम झाम गर्छन्
धर्म मान्ने नमान्नेमा विभाग गुम्दा
अर्कैकी मंत्राणी अब चारधाम गर्छन् ।
लस एन्जेलस
उखाल्छ खम्बा अलिभित्र सार्छ ।
उचाल्छ नेता गुट भित्र पार्छ ।।
बटार्छ थोरै जव कानलाई
खुसुक्क नारा गुणगान झार्छ ।।
उराल्छ पैसा पनि भित्रभित्र
लतार्छ खोजी हन
सर्पले नि भ्यागुतो मित्र बनाउन सक्छ कैले
चितुवाले मृगलाई मन पराउन सक्छ कैले ।
खहरेले पहरालाई सुम्सुम्याउला ‘साथी’ भन्दै
खुकुरीले अचानोलाई फकाउन सक्छ कैले ।
आहा ! मेरो निम्ति ससुराल भयो कुर्सी
गोजीमा राख्न मिल्ने रुमाल भयो कुर्सी ।
मानौं म चाहना हुँ उसको युगौंयुगौंको
पाई मलाई आज निहाल भयो कुर्सी ।
कुर्सीलाई व्यक्ति
तिमीलाई बियाँ र चामल उस्तैउस्तै भयो
तिमीलाई जून र बादल उस्तैउस्तै भयो ।
ठिक र बेठिक नजानेपछि म के भनुँ र !
तिमीलाई हिलो र गाजल उस्तैउस्तै भयो ।
बजाऊ बेस्करी यो सह
पुरानै छ पूजा, धुपौरा पुरानै
पुरानै छ भान्सा, कचौरा पुरानै
भयो के र नौलो, प्रजातन्त्रबाट
सधैँ पाक्न थाले, फुलौरा पुरानै
बसे नित्य घेरेर नेतृत्वलाई
पुरानै छ सा
प्रजातन्त्र आयो अब, बनौं राजा आलोपालो !
घरकालाई ढाँटीछली,छिमेकमा जोरौं गालो ।
फकाएर, हप्काएर माया गरे ख्वामित्ज्यूले,
तामा–पित्तल मिसाएर लाईदियो सुनको बालो ।
राम्रा असल काम गरे राँची लाने डर
आफ्नै जातले खेदो खन्छन् कसको मान्नु भर ।
लाज–सरम हराउने कुर्सी खेलको नियम
गिनिज बुकमा नाम लेखाई त्यही कुर्सीमा मर ।
सबै भन्दा
मालिकको घर भित्र बिरालोले बाघै ठान्छ
जंगलभित्र कुसुण्डाले आफूलाई राजै ठान्छ ।
औकात बिर्सीहाल्ने बानी मान्छेले नै सिकायो कि
कनसुत्लो नि पाएसन्म आफूलाई नागै ठान
अनेक थरी बैगुनीले आस देखायो
जिन्दगीमा मेरो उहि खास देखायो ।
तिमीलाई जुन तारा टिपिदिन्छु भन्दै
दिउँसै मलाई रित्तो आकाश देखायो ।
मेरो प्रेम कहानी कसैलाई सुनाए&rsqu
नयाँ नेपाल नयाँ नेपाल घोकतन्त्र हैन र यो ?
पत्याउँ कि नपत्याउँ लोकतन्त्र हैन र यो ??
स्वतन्त्रता धेरै भयो बन्द हडताल कति गर्ने ?
बाटो सधै जाम हुन्छ रोकतन्त्र हैन र यो ??
गणतन्त्र तिमी आयौ छाना फेरिएन
उहि कलम उहि मसी पाना फेरिएन ।
उस्तैछन् ब्वाँसाहरू उस्तैछन् सिकारी पनि
देश लुछि भोज गर्छन् दाना फेरिएन ।
बाहिर बाहिर हल्ला खल्ला
हिमाल चढ्छु भनेपछि थर्थराउनु ब्यर्थ छ
जानै परे नदि पारि लर्खराउनु ब्यर्थ छ ।
आफ्नु घरमा नअटेर बृद्धाश्रममा आमा राखे
सेवा गर्छु तिम्रै भनी बर्बराउनु ब्यर्थ छ ।
मेरो देश बनाउने काङ्ग्रेस न वामे !
कोही चोर कोही डाँका, दुनियाँले छामे
जो आए'नि केही हुन्न, ढुक्क हुनुहोला
यसो भन्थ्यो,भूतपूर्व छापामार "रामे"
पढेहुन्छ इतिहास जस
यहाँ सत्यको हार हुन्छ नबुझेको कुरा
सत्य कुरा कस्ले सुन्छ ? नबुझेको कुरा
सक्छौ तिमी झुट बोल्न, सक्छौ भने बोल
यो झुटो हो भन्ने कुन छ ? नबुझेको कुरा
कलि हो यो पाप गर्न
नैतिकता कता ? हुने, हाम्रो राजनीति
हिमाल पहाड तराई रुने, हाम्रो राजनीति
स्वर्गजस्तो सारै सुन्दर यो नेपाललाई
सधैं नर्क बनाउने,हाम्रो राजनीति !!
उसैलाई सत्तोसराप
कराउॅछ यहॉ जब बोल्छ दिल्ली ।
नेता डराउॅछ यहॉ जब बोल्छ दिल्ली ।।
गर्छन् पछाडि सब भारतको विरोध ।
होसै हराउँछ यहाँ जब बोल्छ दिल्ली ।।
सोझा भएर जनता सबथोक मान्छन् ।
गरी पाप श्रीखण्डको लेप दल्छ
छरे बीज कोदो कहाँ धान फल्छ ।
छ आलोकको चाह आगो न तेल
न राख्छौ सलेदो कहाँ दीप बल्छ ।
मदोन्मत्त मान्छे पछारिन्छ पक्कै
दुबो हुन्छ उस्तै
साहुकोमा बन्धकी घरवार राखेर
हिँड्नु छ थाप्लोमा व्यवहार राखेर
ऊ सगौरव आफू जोगि हुँ भन्छ
गोजिभरि हात–हतियार राखेर
जिवनभर प्यासीभै तडपिन्छ मान्छे
के फाइदा भ