झटारो

तन्नेरीको ताल

हरेक प्राणी आ–आफ्नै तालका हुन्छन् । आफ्नै तालको हुनु उसको आन्तरिक अन्तर्निहित विशेषता हो ।

बाँकी खित्का

ढिंडो र चाउचाउ चिन्तन 

हरेक कुराको परिचय आवश्यक हुन्छ । नयाँ मान्छेसँग परिचय गरिन्छ । नयाँ बेहुली घरभित्र हुलियो भने उनको हालीमुहाली चेलीको नालीबेली केरकार हेरहार गरिन्छ ।

बाँकी खित्का

मिसावटीवाद मुर्दावाद !

संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धकेलिँदैछ । {{resad_more}} राजनीति, अर्थतन्त्र, वाणिज्य नीति, शिक्षा प्रणाली सबैमा मिसावटीवादकै संवाद र विवादले बहार पाएको छ । लोकतान्त्रिक समाजवाद, बहुदलीय जनवाद, जनतान्त्रिक समाजवाद, लगायतका ठिमाहावादहरू राजनीतिमा हावी गराइएका छन् भने सरकारी, निजी, सहकारी अनि सामुदायिक जस्ता तीन खम्बे चार खम्बे मिश्रित अर्थतन्त्रमा नेपालको अर्थ नीति मार्च गराउने स्वैर कल्पनाहरूले मिलावटवादकै पृष्ठपोषण गरिरहेका छन् । शिक्षा पद्धति अलिकति गुरुकुल अलिबढी लर्डमेकाले वाचा प्रयोगात्मक मिसाएर यसमा पनि ठिम्मरवादको टिम्मर मजैले कसेका छौं । त्यसै गरी संस्कृति, उद्योग, स्वास्थ्यलगायतका क्षेत्रमा पनि मिसावटवादको हाकोडाको र साम्राज्य मजैले जमेको छ ।

यी मागि उल्लेख गरिएका सबै क्षेत्रमा सघन रुपमा फैलिएको मिश्रण तन्त्र, मिसावटीवाद वा फ्युजनलाई आदर्श मान्दै यतिखेर उपभोग्य सामग्री आपूर्ति गर्ने व्यापारी एवं व्यवसायीहरू तुच्छकोटीको, मिलावटी चिन्तनबाट आक्रान्त छन् । हिजोका रोडपतिहरू आजका करोडपति र खर्बका मालिक बनेका दृष्य सालिक भएर हेर्न पाइन्छ । हिजोका हात्ती छापे र गैडाछापे चप्पल लगाएर कैंडा लाग्ने गरी सडकमा भौतारिने राजनीतिज्ञहरू आज जसरी प्राडो, पजेरो, सुजुकीका वातानुकूलित सवारीमा गुडेर आलिसान महलमा राज भएका छन् । हिजोका दोबाटो कुरुवाहरू पनि मिलावटीवादकै प्रतापले नव कुवेर बनी तालु खुइल्याएर भालुझैं भई आम उपभोक्तालाई विषमिश्रित आलु खुवाई चिथर्नसम्म चिथरे गाठे ! पानी, तेल, मासु, मसला, दूध, तरकारी, चामल, गेडागुुडी, मिठाई, पाउरोटी, चकलेट, पुष्टकारी, घिउ, तरकारी, मैदा, दालजस्ता सबै बस्तु बेहाल पारामा हलाहल बनेर बहुरङ्गी हुँदै उपभोक्ताहरूको आँगनमा भित्रिएका छन् । मिति गुज्रिएका, छिमेकी देशले गुणस्तरहीन भनी प्रतिबन्ध लगाएका चीजबीजहरूलाई टिपेक्स लगाएर सानादेखि ठूला–ठूला कम्प्लेक्ससम्म झिल्के खोल हालेर ग्राहकको आँखामा फुलोपर्ने कसरतमा यमराजका सहरिया सहोदर कालोबजारिया भाइहरू लागि परेका छन् । जनतन्त्र र जनवादका खोल हालेका नयाँ भुरे टाकुरे जमात पानीसमेत जापानबाट झिकाएर प्यास मेट्छन् भने यिनीहरूले लिने ब्रेकफास्ट ,लन्च र डिनर अनि ,स्कच , बिफ, रेडलेभल मार्काहरू युरोप अमेरिकाबाट सखारै आइपुग्छन् । हे हरि राणा र शाहलाई पनि माथ गर्ने गाँडा विचौलिया तथा दलालको यो दमदमी कल्ले मास्ने ? 

वर्षौदेखि कमिसनको झुसिलो डकारमा छँटाउने राज्य चालकहरूले दुई नम्बरी काला बानियाँ लाई सालाकै दोस्रो अवतार ठानेर गाला मुसार्ने रोगले जनता वा आमउपभोक्ता हालाबाला बनेका छन् । “काग कराउँदै छ, पिना सुक्दै गर्छ” भन्ने उखानको बखान बुझेका राज्य चालकहरूनै यी अपराधीहरूका पालक र धर्मपिता बनेकै परिमाण सम्पूर्ण नेपालीहरूले नानाथरी रोगलाई राष्ट्रिय व्याधिमा स्थापित गर्न पुगेका छन् । किडनी बिग्रने, आँखाको ज्योति गुम्ने, क्यान्सरले चुम्ने, कलेजो र फोक्सो थोत्रिएर फुट्ने, मुटु कुटुकुटु खाने, डिप्रेसन, मानसिक असन्तुलन, अमलपित्त, कमलपित्त जस्ता रोगका गतिला भण्डार भएका छन् नेपाली शरीरहरू । यहाँ पाउँ भण्डारले आउँ पारेका छन्, मासु पसलले आँसुका फसल जन्माएका छन् । मिष्ठान्न भण्डार विष्ठान्नको हुँडार भएको छ, किराना पसलहरू मिति गुज्रिएका सामान बेच्ने बिराना अरिङ्गालका रुप लिएका छन् हरे दैव ! 

दूधमा सोडा मिश्रण गरेर कान्छी नानीका तोडा कस्ने, अझ सर्फ मिलाएर दूधलाई अखाद्य बनाई नाफाखोरी गर्ने, घिउमा जनावरको बोसो मिसाएर देखावटी ओसो भज्ने ढोंगीहरूका रोगी बनियाँ चिन्तनले जनस्वास्थ्यनै तहसनहस भयो बा ! बा ! जसरी राजनीतिमा माक्र्स लेलिन र माओवादले मात्र नपुगेर खाओवाद मिसाइएको छ, जसरी लोहिया गान्धी जेपी र वीपीवादमा गुट महागुट र कोटरीवादले राइँदाइँ मच्चाएको छ, त्यसैरी वाणिज्यवादमा पनि ‘एनिहाउ पैसा कमाउ’ भन्ने तुच्छ आपराधिक वाद मिसाएर उपभोक्ताका अर्थ धरातलदेखि स्वास्थ्यसम्म तलातल पाताल रसातलतिरको जात्राको यमराज मार्ग खडा गरी दिएका छन् मिसावटीवादीहरूले । पुतना, शूर्पणाखा, वक्कासुर, अघासुरका राक्षसी चिन्तन बोकेको मिसाटवाद बिरुद्ध अब जनता आफैं उत्रिएर हातपात गर्नपर्ने तुच्छ अराजतकतातिर त समाज हाम्फाल्दैन ? खबरदार मिसावटी, मिलावटी कुचिन्तनमा ग्रस्त सबैखाले फ्युजन वादीहरू ! आततायी मिलावटवादलाई मुर्दावाद छ !
 

बाँकी खित्का

बैंकको बयान 

बैंक त्यस्तो संस्था हो जसका मालिक जनता हुन्छन् । जनताको अधिक लगानीले बैंक बनेको हुन्छ ।

बाँकी खित्का

मोफसलका मुखिया

 
आफूले नजानेका कुरा अरूबाट सिक्न खोज्नु नौलो कुरा होइन । हरेक बाटो र पाटोका बारेमा मान्छेले जिज्ञासा राख्छ र गन्तव्यलाई ताक्छ ।

बाँकी खित्का

कुलङ्घार ! 

शहरभरि ३३ किलो सुनको व्यापक चर्चा छ । को होला यो सुन तस्कर ? यो तस्करीमा को को लागेका होलान् !

बाँकी खित्का

जय — श्वेतपत्र !

‘श्वेतपत्र’ भन्नाले आधुनिक राजनीतिका अनुसार कुनै महत्वपूर्ण चर्चा , वार्ता आदि सेतो कागजमा लेखेर प्रकाशित गरिने राजकीय विज्ञप्ति हो ।

बाँकी खित्का

रातो कार

यसपाली एउटा रातो कार किन्नेमा हाम्रो घर सल्लाह मिल्यो । त्यसो त हामीसँग कार हुँदै नभएको होइन ।

बाँकी खित्का

फु मन्तर बाबा 

ऊ रुघाखोकी बिग्रेर लखतरान भयो । बिजुवाले भाले खायो । पण्डितले ग्रहशान्ति दक्षिणा कुम्ल्यायो ।

बाँकी खित्का

सबैलाई घोडै चढ्नु पर्ने 

मान्छेको जात अचम्मको छ । मान्छे जतिसुकै बेला जोसुकैलाई घोडा चढिरहेकै हुन्छ ।

बाँकी खित्का

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।”

बाँकी खित्का

नमस्कार एक : समस्या अनेक

ढोग गर्ने नेपाली संस्कारलाई चाहे तपाईं सामन्ती संस्कार भन्नुहोस्, चाहे साना मान्छेले

बाँकी खित्का

भुइँचालो र स्वास्नीसँगको सङ्गत

भुइँचालो अत्यन्त शक्तिशाली अदृश्य शक्ति । श्रीमती शक्तिपूर्ण चलायमान दृश्य शक्ति ।

बाँकी खित्का

उत्तरोत्तर 

“यस्तो खडेरी त कहिल्यै परेको थिएन । दुई दिन बर्सात होस त, छ महिना खर्च धान्ने तरकारी रोप्छु !“ समबयी बृद्धहरु गफ गर्दै थिए ।
म अगाडि बढें फटाफट ।

बाँकी खित्का

ढर्रा

ढर्रा तपाई हामी जो कोहीले पनि देखे भोगेको र जानेकै कुरा हो । मान्छेले ढर्रा नपार्ने भनेको जन्मिँदा र मर्दा मात्र रहेछ । अन्यावस्थामा ढर्राको पर्रा छर्रा जारी रहन्छ ।

बाँकी खित्का

रोटीगोटी

नेकपा माओवादी (केन्द्र) का सदावहार अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनासाथ मधेसी मोर्चाले टुँडिखेलको खुला मञ्चमा लामो समयदेखि गर्दै आएको भोक

बाँकी खित्का

यही होइन त ?

सूचनार्थ निवेदन के छ भने इतिहास जुन छ, त्यो ऐतिहासिक नियम बमोजिम दोहोरिएको छ ।

याद गर्नोस्, एकताकाको पुराना पञ्चहरूका ट्रेडमार्क पार्टी राष्ट्रिय प्रजातन्त्र पार्ट

बाँकी खित्का

गद्य मुनामदन

स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित भएका भए कस्तो ‘मुनामदन’ लेख्थे हँ ? अँ, पुरानै ढाँचा–काँचाले भने पक्कै लेख्ने थिएनन् । अतएव एउटा हलुका अनुमान गर्ने मन

बाँकी खित्का

कविको पेट

नेपाल सरकारले ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरेको साविक बमोजिमको सरकारी भत्ता एकाएक बढाएको छ । अब उप्रान्त कविवरले प्रत्येक महिना पन्ध्र हजारको साटो पच्चीस हजार नगद

बाँकी खित्का

भोकदेखि भोकसम्म

मधेसवादी भनिएका उपेन्द्र यादवहरूले नेपाल र भारतका सीमावर्ती खुला नाकालाई बलजफ्ती बाधित पारेर नेपाली जनतालाई भोकभोकै पारे, अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर खुलामञ

बाँकी खित्का

दुई–चार सुझाव

म व्यक्तिगत तवरले वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको घनघोर प्रशंसक हुँ । मेरो विचारमा यसको मोटामोटी दुई कारण हुनसक्छ । एक, म एउटा भूतपूर्व एमाले हुँ । अ

बाँकी खित्का

भोकदेखि भोकसम्म

मधेसवादी भनिएका उपेन्द्र यादवहरूले नेपाल र भारतका सीमावर्ती खुला नाकालाई बलजफ्ती बाधित पारेर नेपाली जनतालाई भोकभोकै पारे, अहिले स्वयम् अनशनको मुद्रा धारण गरेर खुलामञ

बाँकी खित्का

गोप्य अर्थतन्त्र

नेपाली कांग्रेस पार्टीका तमाम डाक्टर एवं अडाक्टर रामशरण महतहरू गोप्य अर्थतन्त्रका सफल पृष्ठपोषक हुन् ।
नेपाली कांग्रेस पार्टीमा समाजवादको धेरथोर बहस हुनलागेकोमा म

बाँकी खित्का

प्यारीलाई पत्र

स्नेही प्यारी
स–प्रेम न्यानो अभिवादन !

प्रिय ! हाँसी हाँसी रत्तिभर सङ्कोच नमानी पटक पटकको पत्र स्विकार गरेकोमा म उद्युम खुसी छु । प्रत्यक्ष सम्वादको भन्दा पत्रको

बाँकी खित्का

हरियो चोलो

‘ह लो कविजी ।’
‘हलो ।’
‘अचेल तपाई देखिनुहुन्न नि !’
धेरैपछि कविजी नयाँसडकमा देखापरेका थिए ।
‘हो, यता म केही बिजी छु ।’
‘त्यस्तो के गरिरहनुभएको छ, कवि

बाँकी खित्का