झ्यामकी झ्याम

टिपर चालकलाई सपथ !

भर्खरै काभ्रे ट्राफिक प्रहरीका इन्स्पेक्टरले टिपर चालकलाई बनेपामा भेला पारेर नौ बुँदे सपथ खुवाएछन् । {{read_nore}} ‘रक्सीको नशामा पूरै सडकलाई आफ्नै कोठेबारी ठान्दिनँ । बटुवाको सातो जाने गरी हर्न बजाउँदिनँ । सानातिना गाडीलाई भीरतिर घचेट्दै ओभरटेक गर्दिनँ । बटुवालाई मान्छेमै गणना गर्छु, झिँगा–भुसुना ठानेर तर्साउँदिनँ । साँघुरा सडकमा टिपर–दौड प्रतियोगिता गर्दिनँ । गाडी चलाएका बेला मोबाइलमा घरकीलाई गाली गर्दै अर्कीलाई छेउको सिटमा राखेर हिँड्दिनँ । प्रहरीले कागजपत्र माग्दा कागजपत्रै दिन्छु, मुठीमा च्यापेर कागजको नोट दिन्नँ’ आदि । यति सपथ खाइदिँदा दुर्घटना हुँदैन भने के भो त भनेर टिपर चालकले पनि हाँसीखुसी सपथग्रहण गरेर लिखित प्रतिबद्धतापत्रमा सहीछाप पनि गरिदिएछन् । 

वास्तवमै दुर्घटना न्यूनीकरण गर्ने हो भने टिपर चालकलाई सपथ खुवाएर मात्र पुग्दैन । दुर्घटनामा उनीहरूको कति नै भूमिका हुन्छ र ! यस अभियानलाई प्रभावकारी बनाउन अरू–अरू सवारीका चालक, सहचालकलाई पनि सपथ खुवाउनुपर्छ । ३० सिटे बसमा ३ सय मान्छेलाई सिन्की खाँदेजस्तो खाँदेर भीरको बाटो गाडी कुदाउँदिनँ भनेर बसका चालकलाई सपथ खुवाउनुपर्छ । खुट्टा टेक्ने ठाउँ पनि नरहेको गाडीमा जसरी पनि नचढी नछाड्ने, गाडीका छतमै भए पनि बसेर यात्रा गर्न खोज्ने यात्रीलाई दुर्घटनामा परेर मारेँ भने त्यसको दोषी म आफैँ हुनेछु भनेर गाडी चढ्नुअघि सपथ खुवाउनुपर्छ ।

उन्नाइसौँ शताब्दीका पत्रु गाडी पहराका ज्यानमारा सडकमा चलाउने साहू, त्यस्ता गाडी चलाउन अनुमति दिने सरकारी अधिकारीहरूलाई पनि दुर्घटनामा परे हामी जेल बस्नेछौँ भन्ने सपथमा सहीछाप गराउनुपर्छ । नियम उल्लंघन गर्ने चालकलाई घुस खाएर छाड्ने काम गर्दिनँ, त्यसरी छाडेको पत्ता लागे उसै दिन जागिर छाड्न मन्जुर छु भनेर ट्राफिक प्रहरीलाई पनि सपथ खुवाउनुपर्छ । 

स्थानीय निकायका वडाध्यक्ष उर्फ डोजर साहूजी र उनकै साला–भान्जा पर्ने डोजर चालकलाई पनि जथाभावी भीर खन्दिनँ भनेर सपथ खुवाउनुपर्छ । परीक्षामा फेल भएकालाई चालक लाइसेन्स बनाइदिने कर्मचारी वा दलालहरूलाई, सडकमा बिस्कुन सुकाउने, गाईवस्तु र कुखुरा चराउने कृषक र गोठालालाई, सडकमै हाटबजार लगाउने, पसल थाप्ने, निर्माण सामग्री थुपार्ने जनतालाई दुर्घटनाबाट कसैको ज्यान गए सजाय भोग्न तयार छु भनेर सपथ खुवाउनुपर्छ । 

यी तलतलका मान्छेलाई सपथ खुवाएर दुर्घटनामा दुई–चार प्रतिशत कमी ल्याउन सकिएला । दुर्घटनाका खास कारक त माथिमाथि पो छन् । ठेक्का लिएको रकमको १०–१५ प्रतिशत बजेट सडकमा खर्च गरी बाँकी बाँडीचुँडी गरी खाई सडक अलपत्र छाडी दुर्घटना गराउने काम अबदेखि छाड्छु भनेर ठेकेदारलाई सपथ खुवाउनुपर्छ । ठूल्ठूला ठेक्का दिएर बैंक खातामा कमिसन र कानमा तेल हालेर बस्ने कर्मचारी, त्यस्ता कर्मचारीलाई तह लगाउन नसक्ने सरकार, त्यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्रीहरूलाई भ्रष्टाचार गर्दिनँ, गरेको खण्डमा ज्यान मारेको कसुरको चार गुणा बढी सजाय भोग्न तयार छु भनेर सपथ नखुवाई दुर्घटना न्यूनीकरण गर्न सकिँदैन । 

यसरी सडक दुर्घटना गराउन सत्ताको शिरदेखि खोलाको तीरसम्मकै मान्छेको भूमिका भएकाले ती सबैलाई आ–आफ्नो भूमिकाअनुसारको दण्ड भोग्न तयार पारेर सपथ नखुवाई दुर्घटना कम हुँदैन । दुर्घटनामा टिपर चालकको भूमिका एक–दुई प्रतिशत हुँदो हो । त्यति न्यून भूमिका भएका टिपर चालक र प्रहरीको सानो इकाइ मिलेर गरेको सपथ कार्यक्रमबाट माथिमाथिका टाउकेहरूले थोरै शिक्षा लिए पनि ठूलै उपलब्धि हुन्थ्यो होला !

नेपाल, १२ माघ २०७६ 
 

बाँकी खित्का

सरकारलाई अप्ठेरोमा नपारौँ क्या !

मानिस भन्छन्, ‘भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेर प्रकाशित गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि नेपाल सरकारले केही गर्न सकेन ।

बाँकी खित्का

सबै ठीक छ सरकार

सबै कुरा ठीकठाक हुँदाहुँदै पनि केही विकासविरोधी, अप्रजातान्त्रिक तत्व सरकारको निरन्तर विरोध गरिरहेका छन् ।

बाँकी खित्का

अर्ग्यानिक सलामी

सलामी भनेको विशेष व्यक्तिलाई सम्मान गर्ने कुरा हो, अर्चना गर्ने कुरा हो, पदको पूजा गर्ने प्रचलन हो ।

बाँकी खित्का

बजेट रोपाईँ

बझाङको पाटादेवल भन्ने गाउँमा एउटा अद्भुत विकास पसेछ । मध्यबर्खामा निकै कष्टका साथ पानीको जोहो गरेर किसानहरू खेतमा रोपाइँ गर्दै थिए ।

बाँकी खित्का

बेइमान कुलमान

यिनको नाम कुलमान । यिनी नेपाल विद्युत् प्राधिकरणका मूलम्यान ।

बाँकी खित्का

लाजनारायण

नमस्कार ! मलाई चिन्नुभयो होला । पाठकले पाठकलाई नचिन्ने कुरै भएन । नाम त के बताऊँ !

बाँकी खित्का

महानगरतालिका

“तपाईंजस्तो सदाचार पक्षधर व्यंग्यकारले बिचौलियालाई काम लगाएर बेथितिलाई बढावा दिनुभएन नि !“ भनेर महानगरका एक हाकिमले भनेपछि म पनि गमक्क परेँ ।

बाँकी खित्का

वाइनाभिषेक

हामीले धेरै मिहिनेत गर्यौँ यो देशको विकासका लागि, जनताको सुख–समृद्धिका लागि । ठूल्ठूला प्रयोग र्गयौँ । भीषण क्रान्तिहरू र्गयौँ– सातमा, सत्रमा, छत्तीसमा, छयालीसमा र त्रिसठ्ठी सालमा ।

बाँकी खित्का

सकारात्मक सोचौँ

दुई तिहाइको सरकार बनेको एक वर्षमा पनि केही भएन भनेर निरास नहोऔँ ।

बाँकी खित्का

नेपालखण्डे स्वस्थानी

कुमारजीको सट्टा ब्रह्माजी स्वयं आज्ञा गर्नुहुन्छ– हे हन्तकाली मुनि ! मैले सृष्टि गरेको यो संसारमा नेपाल भन्ने एउटा देश पनि हुनेछ ।

बाँकी खित्का

माननीय घरबेटीको मनको मन्तव्य

भर्खरै एउटा पत्रिकाले ‘माननीय सांसदहरूले काठमाडौँमा घर भईभई तलबभत्तासँगै घरभाडा पनि ज्यूनार गरेको’ भनी प्रकाशित समाचारप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ । 

बाँकी खित्का

सञ्चारको पासो

सञ्चार माध्यमहरूले सांसदविरुद्ध पासो थापेर, गोप्यता बाहिर निकालिदिएर प्रचारप्रसार गरेर बद्नाम गरेकामा एक जना सांसद महोदयले आपत्ति प्रकट गर्नुभयो ।

बाँकी खित्का

वाइड बडी निगम

हाम्रो नेपाल वायु सेवा निगमले कहिले न्यारो बडी, कहिले वाइड बडी जहाज भेला गरेर विमानस्थल भर्दै गर्दो रहेछ । 

बाँकी खित्का

पप्पुलाई पुल

एउटा सर्वव्यापी भनाइ छ– ‘राइट म्यान इन राइट प्लेस’ । जानिराखौँ, यसलाई नेपालीमा अनुवाद गर्दा ‘पप्पुलाई पुल’ हुँदो रहेछ ।

बाँकी खित्का

ठोकेरै ठीक हुन्छ

हाम्रो देशका जनप्रतिनिधि, मन्त्री र नेताहरू पहिल्यैदेखि नै बलिया र झोँकी हुन् । संघीयता लागू भएर गाउँ–गाउँमा सिंहदरबार पुगेपछि त झन्–झन् पहलमान हुँदै जाँदैछन् । {{tead_more}} उनीहरू आफ्ना एजेन्डालाई मुड्की ठोकेरै लागू गराउन सक्षम छन् । देश र जनताको सेवामा स्थानीय तहमा पनि लात्ती–मुड्कीको प्रयोग हुन थालेको छ । यसको पछिल्लो उदाहरण सुनसरीमा देखियो । अस्ति भर्खरै दुहवी नगरपालिकाकी उपमेयर उर्फ स्थानीय निकायकी न्यायाधीश र उनका लोग्नेसमेत मिलेर एक वडाध्यक्ष र सदस्यलाई भकुरेर अनुकरणीय न्यायिक सेवा प्रदान गरेछन् ।

दुहवीमा जनप्रतिनिधिले जनप्रतिनिधिलाई नै ठोकेर तह लगाएको समाचार नसेलाउँदै उदयपुरको गाईघाटबाट अर्को क्रान्तिकारी समाचार आयो । गाईघाट इलाका वन कार्यालयका उपसचिवले राष्ट्रिय वनक्षेत्रमा डोजर चलाउन नदिएको भनेर केही जनप्रतिनिधिले उनलाई बेस्सरी भकुरेछन् । ती उपसचिवले डोजर चलाउन नदिएको मात्र होइन, जनप्रतिनिधिले वनक्षेत्रमा बाटो खन्न खटाएको डोजर चालकलाई समातेर थुन्ने दुस्साहस गरेछन् । चुनाव जितेर आएका जनप्रतिनिधिलाई सरकारी नियम सिकाउने ती अनुशासनहीन कर्मचारीलाई हाम्रा जनप्रतिनिधिहरूले लछारपछार पारेर, सर्ट उधारेर, प्यान्ट च्यातिदिएर, नङ्ग्रयाएर ढुट्याएपछि बल्ल उनी ठेगानमा आएछन् र त्यहाँबाट कुलेलम ठोकेछन् ।

उसो त ठट्टाएरै यस्ता छाडा कर्मचारीलाई तह लगाउने लोकतान्त्रिक अभ्यास उहिल्यैदेखि हुँदै आएको हो । केही वर्ष  पहिला तत्कालीन वनमन्त्री मातृका यादवजीले आफ्नै मन्त्रालयका एक कर्मचारीलाई ठटाउँदै लगेर ट्वाइलेटमा थुनेको घटना ठोकतन्त्रको इतिहासमा एक कोशेढुंगा हो । किनभने, त्यो काण्डपछि आजसम्म एक जना कर्मचारीलाई पनि त्यसरी नर्ककुण्डमा दोर्होयाएर थुन्नुपरेको छैन । कर्मचारीहरू पूरै ठेगानमा आएका छन् । ठेगानमा नआएका फाट्टफुट्टले धुलाइ खाने क्रम छँदैछ ।

एक मन्त्रीज्यूले सरकारले थोत्रो गाडी दिएको भनेर गाडीलाई नै ठटाएकी थिइन् । मन्त्रीज्यूले ठोकेपछि त्यो गाडी बिग्रिनै छाड्यो भन्ने सुनियो । विभिन्न जिल्लामा सीडीओ र एलडीओहरू त सांसद, मन्त्री तथा नेताबाट कति ठटाइए कति ! त्यसरी पटक–पटक कर्मचारीलाई ठटाउँदा–ठटाउँदै उनीहरूमा सुधार आई देशबाट भ्रष्टाचार एवं ढिलासुस्ती कम भएको र मुलुकले विकासको गति लिएको हो भनेर सर्वेक्षणले भनिरहेका छन् ।

एउटा कुरा के प्रमाणित भएको छ भने हाम्रो मुलुकलाई अगाडि बढाउन यस्ता रामधुलाइको नै मुख्य भूमिका छ । कर्मचारी मात्र होइन, हामी सबै नागरिक नै ठोकाइबाटै आफ्नो साइजमा आएका हौँ । घरमा बाबुआमादेखि स्कुलमा मास्टरका सिर्कना र लाठीका धुलाइ पचाउँदै हामी हुर्के–बढेका हौँ । अलिअलि भए पनि काम लाग्ने भएका हौँ । त्यसैले हाम्रो जात नढुट्याइ आँखा नदेख्ने, नठोकी अघि नबढ्ने जात हो ।

कांग्रेसका धेरै र कम्युनिस्टका अधिकांश नेताहरू पटक–पटक ठोकाइ खाएर सत्तामा पुग्न सफल भएका हुन् । नामै लिनुपर्दा प्रहरी, गुन्डा र मण्डलेहरूबाट मनग्गे धुलाइ खाएर नै हालका प्रधानमन्त्री ओली यत्तिका सक्षम र सफल भएका हुन् । गिरिजाबाबुले रत्नपार्कमा पुलिसको डन्डा खाएपछि नै उनको व्यक्तित्वले युटर्न लिएर उनी नेपाली राजनीतिमा नायक बनेका र मर्ने बेलासम्ममा अपार लोकप्रियता हासिल गरेको उदाहरण हाम्राअगाडि झलझली छ ।

त्यसैले नेता, मन्त्री, जनप्रतिनिधि आदिबाट ठोकाइ खाँदैमा कर्मचारीले वा कसैले पनि अपमानित महसुस गर्नुपर्दैन । बरू त्यसलाई आशीर्वाद सम्झनुपर्छ । त्यस्तो आशीर्वादको फल अवश्य प्राप्त हुनेछ ।

नेपाल, चैत्र २१, २०७४
 

बाँकी खित्का

देउवा निर्दोष सभापति

निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको बैठकमा संस्थापनइतर सदस्यहरूको एक मात्र उद्देश्य सभापतिलाई हारको जिम्मा लगाउनु थियो ।

बाँकी खित्का

ड्याम्मै एकता

कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्ती भनेर मनाइएको कार्यक्रमले एमाले र माओवादी केन्द्रको एकतालाई टुंगोमा र्पुयाउने देखियो ।

बाँकी खित्का

सिन्डीकेट प्रदेश

नेपालमा सात वटा प्रदेश भएको त भर्खरै हो । तर, यहाँ विभिन्न क्षेत्रमा थुप्रै राज्यहरू उहिल्यैदेखि थिए । तीमध्ये यातायात क्षेत्रमा स्थापित सिन्डीकेट पनि एक शक्तिशाली राज्य हो ।

बाँकी खित्का

यही हो स्थिर सरकार

वर्तमान नेपाल सरकार गजबको सरकार हो । यो नेपाली कांग्रेसको नेतृत्वमा गठित भए पनि यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र अरू अरू पनि दल सहभागी छन् ।

बाँकी खित्का

बोल्न मिल्दैन

सम्माननीय प्रधानन्यायाधीशज्यूका विषयमा निकै जोडतोडले उठिरहेका विवाद सम्बन्धमा ‘बोल्नै मिल्दैन, के बोल्नु !’

बाँकी खित्का

शपथ संवाद

शपथ खाने, शपथ खाने भन्छन्, के रहेछ यो शपथ खाने भनेको ? मलाई सधैँ अचम्म लागिरहन्थ्यो ।

बाँकी खित्का

त्यसैले, अस्थिरतावाद जिन्दावाद !

नआओस् भनेर प्रार्थना गर्दागर्दै वामहरूको बहुमत आयो । गठबन्धनमा लठबन्धन त पक्कै होला ।

बाँकी खित्का

आँटी सरकार

शेरबहादुर देउवाजीको सरकार अस्ति नै ढलिसक्ने थियो तर राष्ट्रियसभासम्बन्धी विधेयकको एकल संक्रमणीय भेन्टिलेटरले यसलाई अझै बचाइरहेको छ ।

बाँकी खित्का

वामएकता भताभुङ्ग होस् 

केही हप्ता अघिको झटारो

विभिन्न दलहरूको ध्रवीकरण र खासगरी एमाले र माओवादी केन्द्रको गठबन्धन र एकताको कुराले धेरैलाई चिन्तित बनाएको छ ।

बाँकी खित्का