सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार प्यारोडीको अचार

Nepal Telecom ad

१) दाजुको अर्ती (शिखरिणि छन्द)

बुझ्यौ भाइ ! रक्सीमा भन त कति मज्जा छ मनको
त्यही मज्जा जानी नगर अब हित् कत्तिको जनको ।
बनी भ्रष्टचारी मति भ्रम भई उच्च रहन्या
विदेशीको नक्कल गर–गर बडो हुन्छ गरन्या ।

२) सिर्जनशील भट्टी (शार्दूलविक्रीडित)

कस्तो जाँड बनाउछौ भन तिमी के के मिली बन्छ त्यो ?
कोदो, चामल फापरादि ममचा, मर्चा मिली बन्छ यो !
मीठो हुन्छ र शान्त पार्छ मन यो लाग्दैन सुर्ता कसै
भट्टी थाप र सिर्जना गरिरहू धर्मै त लाग्ला उसै ।

३) जाँडको महिमा

जाँडै हो रसिलो त सर्व जनको अमृत्सरीको पनि
प्राणै हो कलिको विशुद्ध–पनको धोकीरहू तत्तनी ।
घ्याम्पै हो बुझ कामधेनुसरिको सानन्द तानीरहू
गुण्डा, पङ्क युवा लिएर सँगमा चिन्ता नमानीरहू ।

४) आजको सन्देश

यस्तै हो सुन, कर्मका बस हुँदा थुप्रै थुपारीरहू
आफ्ना मानिस स्वर्णका महलमा राखी सपारिरहू ।
भ्रष्टाचार, कुकर्म गर्छ दुनिया हे भाई ! त्यस्तै गरी
अत्याचार आचार हो जगतको गर्नु तिमि तस्करी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने