झ्यामकी झ्याम

पप्पुलाई पुल

एउटा सर्वव्यापी भनाइ छ– ‘राइट म्यान इन राइट प्लेस’ । जानिराखौँ, यसलाई नेपालीमा अनुवाद गर्दा ‘पप्पुलाई पुल’ हुँदो रहेछ ।

बाँकी खित्का

ठोकेरै ठीक हुन्छ

हाम्रो देशका जनप्रतिनिधि, मन्त्री र नेताहरू पहिल्यैदेखि नै बलिया र झोँकी हुन् । संघीयता लागू भएर गाउँ–गाउँमा सिंहदरबार पुगेपछि त झन्–झन् पहलमान हुँदै जाँदैछन् । {{tead_more}} उनीहरू आफ्ना एजेन्डालाई मुड्की ठोकेरै लागू गराउन सक्षम छन् । देश र जनताको सेवामा स्थानीय तहमा पनि लात्ती–मुड्कीको प्रयोग हुन थालेको छ । यसको पछिल्लो उदाहरण सुनसरीमा देखियो । अस्ति भर्खरै दुहवी नगरपालिकाकी उपमेयर उर्फ स्थानीय निकायकी न्यायाधीश र उनका लोग्नेसमेत मिलेर एक वडाध्यक्ष र सदस्यलाई भकुरेर अनुकरणीय न्यायिक सेवा प्रदान गरेछन् ।

दुहवीमा जनप्रतिनिधिले जनप्रतिनिधिलाई नै ठोकेर तह लगाएको समाचार नसेलाउँदै उदयपुरको गाईघाटबाट अर्को क्रान्तिकारी समाचार आयो । गाईघाट इलाका वन कार्यालयका उपसचिवले राष्ट्रिय वनक्षेत्रमा डोजर चलाउन नदिएको भनेर केही जनप्रतिनिधिले उनलाई बेस्सरी भकुरेछन् । ती उपसचिवले डोजर चलाउन नदिएको मात्र होइन, जनप्रतिनिधिले वनक्षेत्रमा बाटो खन्न खटाएको डोजर चालकलाई समातेर थुन्ने दुस्साहस गरेछन् । चुनाव जितेर आएका जनप्रतिनिधिलाई सरकारी नियम सिकाउने ती अनुशासनहीन कर्मचारीलाई हाम्रा जनप्रतिनिधिहरूले लछारपछार पारेर, सर्ट उधारेर, प्यान्ट च्यातिदिएर, नङ्ग्रयाएर ढुट्याएपछि बल्ल उनी ठेगानमा आएछन् र त्यहाँबाट कुलेलम ठोकेछन् ।

उसो त ठट्टाएरै यस्ता छाडा कर्मचारीलाई तह लगाउने लोकतान्त्रिक अभ्यास उहिल्यैदेखि हुँदै आएको हो । केही वर्ष  पहिला तत्कालीन वनमन्त्री मातृका यादवजीले आफ्नै मन्त्रालयका एक कर्मचारीलाई ठटाउँदै लगेर ट्वाइलेटमा थुनेको घटना ठोकतन्त्रको इतिहासमा एक कोशेढुंगा हो । किनभने, त्यो काण्डपछि आजसम्म एक जना कर्मचारीलाई पनि त्यसरी नर्ककुण्डमा दोर्होयाएर थुन्नुपरेको छैन । कर्मचारीहरू पूरै ठेगानमा आएका छन् । ठेगानमा नआएका फाट्टफुट्टले धुलाइ खाने क्रम छँदैछ ।

एक मन्त्रीज्यूले सरकारले थोत्रो गाडी दिएको भनेर गाडीलाई नै ठटाएकी थिइन् । मन्त्रीज्यूले ठोकेपछि त्यो गाडी बिग्रिनै छाड्यो भन्ने सुनियो । विभिन्न जिल्लामा सीडीओ र एलडीओहरू त सांसद, मन्त्री तथा नेताबाट कति ठटाइए कति ! त्यसरी पटक–पटक कर्मचारीलाई ठटाउँदा–ठटाउँदै उनीहरूमा सुधार आई देशबाट भ्रष्टाचार एवं ढिलासुस्ती कम भएको र मुलुकले विकासको गति लिएको हो भनेर सर्वेक्षणले भनिरहेका छन् ।

एउटा कुरा के प्रमाणित भएको छ भने हाम्रो मुलुकलाई अगाडि बढाउन यस्ता रामधुलाइको नै मुख्य भूमिका छ । कर्मचारी मात्र होइन, हामी सबै नागरिक नै ठोकाइबाटै आफ्नो साइजमा आएका हौँ । घरमा बाबुआमादेखि स्कुलमा मास्टरका सिर्कना र लाठीका धुलाइ पचाउँदै हामी हुर्के–बढेका हौँ । अलिअलि भए पनि काम लाग्ने भएका हौँ । त्यसैले हाम्रो जात नढुट्याइ आँखा नदेख्ने, नठोकी अघि नबढ्ने जात हो ।

कांग्रेसका धेरै र कम्युनिस्टका अधिकांश नेताहरू पटक–पटक ठोकाइ खाएर सत्तामा पुग्न सफल भएका हुन् । नामै लिनुपर्दा प्रहरी, गुन्डा र मण्डलेहरूबाट मनग्गे धुलाइ खाएर नै हालका प्रधानमन्त्री ओली यत्तिका सक्षम र सफल भएका हुन् । गिरिजाबाबुले रत्नपार्कमा पुलिसको डन्डा खाएपछि नै उनको व्यक्तित्वले युटर्न लिएर उनी नेपाली राजनीतिमा नायक बनेका र मर्ने बेलासम्ममा अपार लोकप्रियता हासिल गरेको उदाहरण हाम्राअगाडि झलझली छ ।

त्यसैले नेता, मन्त्री, जनप्रतिनिधि आदिबाट ठोकाइ खाँदैमा कर्मचारीले वा कसैले पनि अपमानित महसुस गर्नुपर्दैन । बरू त्यसलाई आशीर्वाद सम्झनुपर्छ । त्यस्तो आशीर्वादको फल अवश्य प्राप्त हुनेछ ।

नेपाल, चैत्र २१, २०७४
 

बाँकी खित्का

देउवा निर्दोष सभापति

निर्वाचनको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको बैठकमा संस्थापनइतर सदस्यहरूको एक मात्र उद्देश्य सभापतिलाई हारको जिम्मा लगाउनु थियो ।

बाँकी खित्का

ड्याम्मै एकता

कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्ती भनेर मनाइएको कार्यक्रमले एमाले र माओवादी केन्द्रको एकतालाई टुंगोमा र्पुयाउने देखियो ।

बाँकी खित्का

सिन्डीकेट प्रदेश

नेपालमा सात वटा प्रदेश भएको त भर्खरै हो । तर, यहाँ विभिन्न क्षेत्रमा थुप्रै राज्यहरू उहिल्यैदेखि थिए । तीमध्ये यातायात क्षेत्रमा स्थापित सिन्डीकेट पनि एक शक्तिशाली राज्य हो ।

बाँकी खित्का

यही हो स्थिर सरकार

वर्तमान नेपाल सरकार गजबको सरकार हो । यो नेपाली कांग्रेसको नेतृत्वमा गठित भए पनि यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र र अरू अरू पनि दल सहभागी छन् ।

बाँकी खित्का

बोल्न मिल्दैन

सम्माननीय प्रधानन्यायाधीशज्यूका विषयमा निकै जोडतोडले उठिरहेका विवाद सम्बन्धमा ‘बोल्नै मिल्दैन, के बोल्नु !’

बाँकी खित्का

शपथ संवाद

शपथ खाने, शपथ खाने भन्छन्, के रहेछ यो शपथ खाने भनेको ? मलाई सधैँ अचम्म लागिरहन्थ्यो ।

बाँकी खित्का

त्यसैले, अस्थिरतावाद जिन्दावाद !

नआओस् भनेर प्रार्थना गर्दागर्दै वामहरूको बहुमत आयो । गठबन्धनमा लठबन्धन त पक्कै होला ।

बाँकी खित्का

आँटी सरकार

शेरबहादुर देउवाजीको सरकार अस्ति नै ढलिसक्ने थियो तर राष्ट्रियसभासम्बन्धी विधेयकको एकल संक्रमणीय भेन्टिलेटरले यसलाई अझै बचाइरहेको छ ।

बाँकी खित्का

वामएकता भताभुङ्ग होस् 

केही हप्ता अघिको झटारो

विभिन्न दलहरूको ध्रवीकरण र खासगरी एमाले र माओवादी केन्द्रको गठबन्धन र एकताको कुराले धेरैलाई चिन्तित बनाएको छ ।

बाँकी खित्का

नमरी बाँचे

भन्थे, नमरी बाँचे कालले साँचे के–के देख्न पाइन्छ । हो रहेछ । देशमा वामपन्थीहरू यति छिट्टै र यति सजिलै मिल्लान्

बाँकी खित्का

कान्छालाई चिट्ठी

कान्छा, शुभ आशिक छ ।
 
ज्यानलाई ठिकै भए पनि मनलाई बेठिक छ । साह्रै रनभुल्लमा परेको छु । देश र प्रदेशको निर्वाचन आयो भन्छन् ।

बाँकी खित्का

सजिला प्रश्न

हाम्रा सरकारी विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरूले शिक्षा सेवा आयोगले लिने पुरानो शैलीको परीक्षामा कसैगरी उत्तीर्णाङ्क ४० ल्याउन नसक्ने र यो जुनीमा स्थायी हुन नपाउने देखिएपछि हाम्रा उदारमना शिक्षामन्त्री माननीय गोपालमानज्यूको हृदय भक्कानिएर आयो ।

बाँकी खित्का

दुखित हामी

विभिन्न दलहरूको ध्रुवीकरण र खास गरी एमाले र माओवादी केन्द्रको गठबन्धन अनि एकताको कुराले धेरैलाई चिन्तित बनाएको छ । आउँदो चुनावपछि पनि यो एकता कायमै रह्यो भने यसले नेपाली समाजमा ठूलठूला दुष्प्रभाव पार्नेछ । धेरैको रोजीरोटी गुम्नेछ । धेरैको निद्रा खानेछ, भोक हराउनेछ ।

बाँकी खित्का

आशनग्रहण समारोह

हाम्रो विद्यालयको नमूना शौचालय उद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै प्रमुख अतिथिज्यूको अति व्यस्तताले गर्दा निर्धारित समयभन्दा एक घण्टा ढिलो कार्यक्रम शुरु हुन गएकोमा म क्षमायाचना गर्दछु । अब ढिलो नगरीकन म आशनग्रहणको क्रमलाई अगाडि बढाउँछु । आजको यस गरिमामय सभाको सभापतित्व ग्रहण गरिदिनुहुन विद्यालय सञ्चालक समितिका अध्यक्षज्यूलाई अनुरोध गर्दछु ।

बाँकी खित्का

सम्बन्धको उचाइ

पुरानो सरकारले छिमेकीले जे जे भन्यो, त्यही त्यही नमानेर भताभुंग पारेको नेपाल–भारत सम्बन्धमा नयाँ सरकार बन्नासाथ फटाफट सुधार आएको छ । भारतको भ्रमण सकेर फर्किएका उपप्र

बाँकी खित्का

गाईजात्रे आविष्कार

मानिसहरू भन्छन्, ‘हाम्रो देशमा वर्षैभरि गाईजात्रा हुन्छ ।’ उसो भए कम्तीमा यो साँच्चिकैको गाईजात्रामा हामी राम्रैराम्रा कुरा मात्र गरौँ न त ! प्रगतिका, उन्नतिका, विका

बाँकी खित्का

मै उस्तो बूढी !

(गाईजात्रा– २०७३)

प्रिय बूढी,

काठमाण्डू आउने बित्तिकै चिठी लेखौँला भनेर तिमीलाई भल्स्याङ् भुल्सुङ् पारेर आएको थिएँ, छोराबुहारीको घरको रमझममा परेर म पो भुल्सिएँ

बाँकी खित्का

तरकारी आक्रमण जिन्दावाद !

आदरणीय वीर तरकारी व्यापारी साथीहरू क्रान्तिकारी अभिवादन !

हालै राजधानीस्थित बल्खुको तरकारी बजारमा पूर्व सूचना बिना एक्कासी अनुगमन गर्न आउने सरकारी टोेलीमाथि तपाई

बाँकी खित्का

म साह्रै बिग्रिएँछु

माओवादी केन्द्राध्यक्ष कमरेड प्रचण्डले एक कार्यकर्ता भेलामा ‘म साह्रै बिग्रिएँछु’ भनेको सुन्दा कार्यकर्ताहरू एकछिन त आश्चर्यचकित भएछन् । झुक्किएर उनको मुुखबाट य

बाँकी खित्का

प्रचण्डलाई धन्यवाद

बल्ल सरकार ढल्ने भयो । अब मजा आउने भयो । सरकार बनेकै दिनदेखि आफूले त भनेको हो, यो सरकार ढाल्नुपर्छ । यो मात्रै होइन, जुनसुकै सरकार पनि यसै गरी ढालिरहनु पर्छ । सरकार भनेकै ढा

बाँकी खित्का

कार्की काकाको आक्रोश

बजेट प्रस्तुत भएको केही दिनपछि चौबाटोमा अचानक कार्की काकाले मेरो बाटो छेके । कार्की काका कांग्रेसका पुराना नेता । खान्दानी कांग्रेस । परिवारै कडा कांग्रेस । उनी कम्युन

बाँकी खित्का

केन्द्राध्यक्षको बयान

माओवादी केन्द्राध्यक्ष कमरेड प्रचण्डले एक कार्यकर्ता भेलामा ‘म साह्रै बिग्रिएछु’ भनेको सुन्दा कार्यकर्ता एकछिन त आश्चर्यचकित भएछन् । झुक्किएर उनको मुुखबाट यस्तो

बाँकी खित्का

कार्की काकाको आक्रोश

बजेट प्रस्तुत भएको केही दिनपछि चौबाटोमा अचानक कार्की काकाले मेरो बाटो छेके । कार्की काका कांग्रेसका पुराना नेता । खान्दानी कांग्रेस । परिवारै कडा कांग्रेस । उनी कम्युन

बाँकी खित्का