सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिन घुस्सा

Nepal Telecom ad

एक : शान्तिका लागि

पच्चिस सय वर्ष अगाडि
नेपालको एउटा छोरो
शान्तिका लागि
राजपाठ सबै त्यागेर
जङ्गल पसे,
मनको विकार मारे
र, बुद्ध भए ।

पच्चिस वर्ष पछाडि
तिनै नेपालका छोराहरू
शान्तिकै लागि
जङ्गल पसे
मनको विकार कति मारे थाहा छैन,
तर,
मार्नेहरूले, मार्नु मान्छे मारे,
र ती शुद्ध भए ।

दुई : हावा……

हावै नआए पनि रूखका कुनै पात
त्यत्तिकै त्यत्तिकै पनि झर्दारहेछन् ।
रोगव्याधी केही नलागे पनि मान्छे,
कोही त त्यत्तिकै त्यत्तिकै पनि मर्दारहेछन् ।
सृष्टिको विधान पनि बुझिनसक्नुको छ बाऽऽ..!
त्यही भएर पो,
काम गर्ने कालु, मकै खाने भालु भने झैँ
कामभन्दा नाम खोज्ने सधैँ अघि पर्दारहेछन् ।

तिन : हामी ठूला, राता मूला !

हामी ठूला,
बिदेशी मलले हच्किएका राता मूला,
बेला, कुबेला निक्कै सच्चिएका छौँ ।
सच्चिँदा सच्चिँदै पनि
गुट, उपगुट र स्वार्थमा लटपटिँदा
ठाउँ, कुठाउँ थप्पड खाई थच्चिएका छौँ ।
फेरि पनि क्या हो, क्या हो !?
हामी ठूला,
विदेशी मलले हच्किएका राता मूला,
भित्ते राष्ट्रपति त गए गए
भित्ते प्रधानमन्त्री हुन पनि मच्चिनु मच्चिएका छौँ ।
न्युरोड, पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति