अनुवाद

अनुवाद : छट्टु स्याल

अनुवाद : गंगाप्रसाद अधिकारी 

एक पटक एउटा स्याल खानेकुरा खोज्दै खोज्दै सहरमा पुग्यो । सहरमा स्याल आएको देखेर सहरका कुकुरले त्यसलाई लखेट्न थाले ।

बाँकी खित्का

एउटा यात्रा लिलिपुटतिर

मेरो नाम लिमुएल गुलिभर । म सोर सय... मा इङल्यान्डमा जन्मेको । युवा भएपछि मैले डाक्टरी शिक्षा लिएँ र सर्वप्रथम इङल्यान्डमै काम गरें

बाँकी खित्का

अन्डा युद्ध

मैले लिलिपुटको राजधानी पिल्डेन्डो घुम्नका लागि सम्राटसँग अनुमति मागें । उसले मलाई अनुमति त दियो तर त्यहाँ घुम्दा ज्यादै सावधानी अपनाउनु पर्छ नि ! भनेर मलाई सावधान पनि गरायो । ऊ मेरो कारणबाट उसका जनता डराउने स्थिति नआओस् भन्ने चाहन्थ्यो । म भने त्यो सहर घुम्न पाएकोमा र आंशिक रूपमै भए पनि सम्राट्को दरवार देख्न पाएकोमा म ज्यादै प्रफुल्ल पनि थिएँ । आंशिक रूपमा किनभने म ज्यादै ठुलो भएकाले त्यस दरवारभित्र पस्न सक्दिनथें तर त्यस महलका झ्यालहरूबाट भित्र चिहाएर हेर्न भने सक्दथेँ । मैले त्यहाँ भित्र जे जति देख्न पाएँ त्यसबाट म अत्यन्तै हर्षित पनि भएँ । 

म दुई हप्ता जति मिल्डेन्डो बसें । एक दिन सम्राट्को एउटा मन्त्री मलाई भेट्न आयो । ऊ बडो चिन्तित देखिन्थ्यो । आउना साथ उसले मलाई उसको छिमेकी मुलुक ब्लेफुस्क्युसँग युद्ध हुन लागिरहेको कुरा बताउँदै त्यस युद्धमा मेरो सहयोगको आवश्यकता परेको कुरा बतायो । उसले मलाई युद्ध हुनुपर्ने कारणबारे पनि विस्तारमा बतायो । युद्ध हुनाको कारण पनि बडो विचित्रको रहेछ । मलाई त्यस सैन्य र अरू लघुमानवहरूले युद्ध अन्डा खाने तरिकाका बारेमा भएको विवादका कारण हुन लागेको बताए । 

मलाई उनीहरूबिच हुन लागेको युद्धको कारण थाहा पाउँदा त गज्जबै लाग्यो ! उनीहरू अन्डा खाने ठिक तरिका के हो भन्ने बारे चिन्तित रहेछन् । यसअघि चाहिँ लिलिपुट र ब्लेफुस्क्युका मानिसहरू अन्डाको ठुलो पट्टिको भागबाट फुटाएर खानु उपयुक्त हो भन्ने बारे सहमत रहेछन् तर एक दिन चाहिँ सम्राट्को हजुर्बाले अन्डा छोडाउँदा उसको हातमा चोट लागेछ । त्यसपछि त्यस सम्राट्ले सबै लिलिपुटका नागरिकलाई अबदेखि अन्डा सानोपट्टिबाट फुटाउनू भनेर उर्दी गरेछ तर जनतालाई भने यो उर्दी मनपरेनछ । त्यसैले कतिपयले भने त्यस शाही उर्दीको अवज्ञा गरेछन् । यसका कारण त्यहाँ ठुलो गृहयुद्ध नै भएछ । युद्धमा थुप्रै जनता हताहती पनि भएछन् । सम्राट्को मन्त्रीले मलाई बताए अनुसार ब्लेफुस्क्युले भने त्यस गृहयुद्धमा विप्लवीहरूलाई समर्थन गरेको रहेछ र थुप्रै विप्लवी राजद्रोहीहरू ब्लेफुस्क्युतिर बस्न पनि गएछन् । 

अहिलेको यो परिस्थिति भने निकै गम्भीर नै थियो, किन भने यसै कारणबाट ब्लेफुस्क्यु र लिलिपुटका बिच युद्ध छेडिएको थियो । यस अन्डायुद्धमा हजारभन्दा बढी नागरिकहरू मारिएका थिए । त्यस सरकारी मन्त्रीले ब्लेफुस्क्युले लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेको छ भन्ने कुरा पनि मलाई बतायो र उसले सम्राट्ले यस परिस्थितिमा मेरो सहयोग चाहेको कुरा पनि थप्यो । मैले पनि सम्राट्लाई सहयोग गर्न तयार रहेको कुरा भनें । 

ब्लेफुस्क्युका जलसेनाले समुद्रतिरबाट लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेका रहेछन् । ती दुई मुलुकबिचको दूरी समुद्रबाट त्यस्तै तिनसय मिटर जति हुँदो हो । ब्लेफुस्क्युका सबै युद्धक जहाजहरू तयारी अवस्थामा थिए अनि उनीहरू त्यस युद्धमा हाम्रै विजय हुनेछ भनेर ढुक्क पनि थिए । शत्रुलाई पराजय गरेर लिलिपुटलाई सहयोग पु¥याउने मेरो आफ्नै योजना छ भन्ने कुरा मैले लिलिपुट सम्राट्लाई बताएँ । 

मैले साँझ पर्ने बेलासम्म पर्खें । त्यसपछि जब साँझ प¥यो अनि म केही डोरीहरू लिएर यी दुई मुलुकको सिमाना छुट्टिएको ठाउँनेर समुद्रकिनारामा पुगें । त्यहाँ पानी पनि उति गहिरो रहेनछ । त्यसैले म समुद्रमा हिँड्दै गएँ । यस बेला मैले दुस्मनका वाणबाट आफ्ना आँखा बचाउनका लागि चस्मा लगाएको थिएँ । त्यहाँ पुगेर मैले ब्लेफुस्क्युका प्रत्येक जहाजमा डोरीले बाँधें । 

ब्लेफुस्क्युका नाविकहरू मलाई देख्दा डरले पुरै आत्तिए । उनीहरू त मलाई देखेर अत्तालिँदै समुद्रमा फाल हानेर पौरन थाले । मैले जहाजका सबै डोरीहरू हातमा लिएँ र ती ब्लेफुस्क्यु सेनालाई तान्दै लिलिपुटतिर ल्याएँ । लिलिपुटका जनताले ब्लेफुस्क्युका जलसेना देखेपछि उनीहरूले त अब आक्रमण सुरु भएछ भन्ठाने । उनीहरू ज्यादै डराएका थिए । त्यसपछि मैले ब्लेफुस्क्युका जहाजहरू लिलिपुटतिर तान्दै ल्याएको देखेपछि भने लिलिपुटका जनता ज्यादै खुसी भए । सम्राट्ले त मलाई नायककै उपाधि दियो । लिलिपुट सम्राट्ले मलाई ब्लेफुस्क्युविरुद्धको त्यस युद्धमा जान अरायो । म भने युद्ध नचाहने मान्छे, म त्यति धेरै जनता युद्धमा मरून् भन्ने चाहन्नथें । सम्राट मेरा कुरा सुनेर औधि नै रिसायो । त्यसपछि त मलाई उसले मनपराउनै छोड्यो । 

ब्लेफुस्क्युका केही मन्त्रीगण पनि लिलिपुट आए । मैले उनीहरूसँग केही कुरा गरें ।

बाँकी खित्का

सुनको अण्डा

अंग्रेजी आलेख : गोल्डेन बल्स

कुनै एक समय एउटा गाउँमा एउटा ज्यादै गरिब किसान बस्थ्यो । उसलाई जति काम गरे पनि कहिल्यै खान पुग्दैनथ्यो ।

बाँकी खित्का

गाह्रो त मलाई छ : कुमार अम्बुज

सडकतिर, कौसीहरूमा
टिभीमा, रेलगाडीमा, अखबारमा
चारैतिर छन् धर्मका झण्डा
उनीहरूलाई के गाह्रो हुनु, गाह्रो त मलाई छ
म जो रिक्सा चलाउँछु
म जो बिंडी बनाउँछु
म जो उखु

बाँकी खित्का

लेखकको पत्र : रविन्द्रनाथ त्यागी

मान्यवर लेखक,
तपाईंको असोज १५ गतेको पत्र प्राप्त भयो । तपाईंको लेखकस्वको रकम हालसम्म प्राप्त गर्न अप्ठ्यारो परिरहेको व्यहोरा अवगत भयो । यस सन्दर्भमा हाम्रो नम्र निवे

बाँकी खित्का

भूतपूर्व प्रेमिकाको पत्र : रविन्द्रनाथ त्यागी

डियर रवि, 

आज राति मैले सपनामा तिमीलाई फेरि देखेँ जसका कारण म यो पत्र लेख्दैछु । सपना पुरानो थियो, पुराना दिनहरू थिए ती र बितेका रातहरूको सचित्र संस्करण थियो त्यो सपन

बाँकी खित्का

लेखकका नाममा छोराको पत्र : रविन्द्रनाथ त्यागी

माइ डियर ड्याडी,

तपाईंको पत्र प्राप्त भयो । अभिभावकबाट टाढा रहेको छोरालाई पैसाको खाँचो सधैँ परिरहन्छ । त्यसैले चिठी थोरै लेखेर पैसा धेरै पठाए कति राम्रो हुन्थ्यो हग

बाँकी खित्का

रामराज्य र अपराध नियन्त्रण सप्ताह : प्रदीप पन्त

(प्रदीप पन्त हिन्दी साहित्यका होनहार व्यङ्ग्यकार हुन् । सन् १९४१ मा भारतको उत्तर प्रदेशमा जन्मेका पन्त पेसाले पत्रकार रहे । ‘मै गुट निरपेक्ष हुँ’, ‘प्राइवेट सेक्टर

बाँकी खित्का

कविगोष्ठीको संझनामा :: रविन्द्रनाथ त्यागी

शहरको कुनै एउटा कन्या पाठशालाको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको कविगोष्ठीको मलाई पहिलो याद छ । त्यो जिल्लाका प्रमुख जिल्ला अधिकारी सो कविगोष्ठीका सभाध्यक्ष

बाँकी खित्का