असमाचार

  • कवितामा प्रेम

    आरम्भ साहित्य मञ्चले प्रणय दिवसका अवस।मा भब्य कार्यक्रमको आयोजना गर्यो ।

    बाँकी खित्का
  • अभिनवको शिशिर कविगोष्ठी 

    अभिनव साहित्य समाजले यसले गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत २०७५ माघ २६ गते २०४ औँ कार्यक्रमको रुपमा शिशिर कविगोष्ठी सम्पन्न गरेको छ ।

    बाँकी खित्का
  • अनुपममा लघुकथा वाचन

    काठमाडाैं, २०७५ माघ । शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको अठहत्तरौँ रचना वाचन कार्यक्रम सम्पन्न  भयो ।

    बाँकी खित्का
  • साहित्य सरोवरको पाँचौँ शृङ्खला

    राजधानीमा हरेक महिनाको दोस्रो शनिवार नियमित आयोजना हुने गरेको साहित्य सरोबरको पाँचौँ शृङ्खला गत माघ १३ गते तीनथाना स्थित मुनाल क्लब परिसरमा सम्पन्न भयो ।

    बाँकी खित्का
  • कर्मदा सिर्जना मञ्च नेपाल 

    २०७५ माघ ६ गते शनिवार मस्र्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन, प्रथम साधारण सभा, आजीवन सदस्यको प्रमाणपत्र वितरण तथा निर्वाचन,

    बाँकी खित्का
  • काशीनाथको ‘बोकाको मन’ लोकार्पण

    माघ ६, २०७५ । काठमाडौँ — बुबा दृष्टिविहीन, चार सन्तानमध्ये कान्छोबाहेक तीनैजना दृष्टिविहीन । [[read_more}} यी सबैजना भने आँखा देख्नेभन्दा बढी अब्बल छन् । जेठो लक्ष्मण ज्ञवाली पहिलो दृष्टिविहीन अधिवक्ता हुन्, राजनीति शास्त्रमा पीएचडी पनि गरेका छन्, स्कुल पढाउँछन् पनि ।

    माइलो काशीनाथ साहित्यकार हुन्, ज्ञवालीको सट्टा नाम पछाडि ‘मिश्रित’ को फुर्को झुन्ड्याएका छन् । आधा दर्जन साहित्यिक कृतिका यी धनी पनि स्कुल पढाउँछन् । साइलो पनि शिक्षक नै हुन् । प्रतिभावान् यो परिवारका लागि शनिबार खुसीको दिन थियो । माइलो काशीनाथले आफ्नो नयाँ कृति ‘बोकाको मन’ राजधानीमा सार्वजनिक गरे ।

    एक त मोफसल, अर्को दृष्टिविहीन । गुल्मी सुनडाँडाबाट पुस्तक लोकार्पण गर्न आइपुगेका उनले भने, ‘कविताप्रतिको मोह सानोदेखि नै हो । पछि धेरै कुरा भन्न मन लाग्यो, त्यसका लागि अलिक फराकिलो विधा रोजें ।’ नयाँ कृति उनको व्यङ्ग्य निबन्ध संग्रह हो ।

    मुलुक र समाजप्रतिको कुत्कुत्याइले व्यंग्य विधातिर कलम चलाउनुपरेको बताए काशीरामले । ‘उहिले भैरव अर्यालको कृति पढ्दाको छाप थियो मनभित्र,’ उनले सुनाए, ‘सामाजिक र राजनीतिक विकृति विसंगति देखेपछि चुप बस्नै सकिनँ ।’ उनले हेर्ने आँखा आफूसित नभए पनि देख्ने आँखा भने रहेको भन्दै आफूहरूजस्ताकै अनुभूतिलाई पनि निबन्धको विषय बनाएको बताए ।

    यसअघि उनका ‘रक्सी’, ‘दुर्भाग्य’ खण्डकाव्य, ‘केही अभिव्यक्ति ः केही परिभाषा’, ‘भोकमरी’ (सहलेखन) जस्ता कृतिहरू प्रकाशित छन् । गुल्मी नेत्रहीन संघ र साहित्य जागरण केन्द्र रुरुका उनी अध्यक्ष पनि हुन् । पुस्तक लोकार्पण गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मोफसल र शारीरिक अपाङ्गताको सीमाले पनि काशीनाथको प्रतिभा छेक्न नसकेको भन्दै प्रशंसा गरे । ‘धेरैसित दृष्टि हुन्छ तर दृष्टिकोण हुँदैन,’ उनले भने, ‘काशीनाथजी दृष्टिकोणसहितका प्रतिभा हुन् ।’

    कृतिमाथि बोल्दै लक्ष्मण गाम्नागे र ज्ञाननिष्ठ ज्ञवालीले ‘कृतिमा अनाचार, दुराचार, भ्रष्ट आचार र विचारहरूलाई सूक्ष्म रूपमा चिर्दै स्वच्छ र स्वस्थ समाजको परिकल्पना गरिएको’ बताए । नरनाथ लुइँटेलले स्वागत मन्तव्य राखेपछि समालोचक रामप्रसाद ज्ञवाली, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र वरिष्ठ पत्रकार युवराज घिमिरेले काशीनाथको प्रतिभाको प्रशंसा गर्दै हार्दिक बधाई ज्ञापन गरेका थिए ।  

    डा. लक्ष्मणप्रसाद ज्ञवालील लोकार्पण समारोहमा उपस्थित भई स्रष्टाप्रति सम्मान जाहेर गरेकामा सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । कार्यक्रमको सञ्चालन सरोज घिमिरे र अध्यक्षता भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए । भुँडीपुराण प्रकाशनबाट प्रकाशित बोकाको मन कृतिमा स्रष्टा मिश्रितका २४ वटा व्यङ्ग्य निबन्धहरू सङ्गृहीत छन् ।   

    बाँकी खित्का
  • साहित्य सन्ध्याको लघुकथा गोष्ठी 

    साहित्य सन्ध्याको नियमित मासिक ३९१ औँ शृङ्खला माघ ५ गते शनिबार काठमाडौँमा सम्पन्न भयो ।

    बाँकी खित्का
  • हास्यव्यङ्ग्यकार भट्टराईलाई मातृशोक

    धरान, ०७५माघ । हास्यव्यङ्ग्यकार शेषराज भट्टराईकी आमा श्रीमती चन्द्रकला भट्टराइको देहान्त भएको छ ।

    बाँकी खित्का
  • प्रश्नपत्रमा त्रुटिप्रति सञ्जालको आपत्ति

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि

    बाँकी खित्का
  • सुरभिको १००औँ शृङ्खलामा वसन्तकुमारलाई सम्मान

    सुरभि साहित्य प्रतिष्ठानले आख्यान वाचन कार्यक्रमको १०० औँ शृङ्खला पूरा गरेको छ ।

    बाँकी खित्का
  • अनुपमको गीति शृङ्खला

    २०७५ पौष २१ गते शनिवार एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको सतहत्तरौँ रचना वाचन सम्पन्न भयो ।

    बाँकी खित्का
  • चन्द्रागिरी साहित्य सरोवरको चौथो शृङ्खला

    काठमाडौं, २०७५ पुस १४ । राजधानीको पश्चिम भेक चन्द्रागिरी न.पा.अन्तर्गत तीनथानामा क्रियाशील मुनाल क्लबले मासिक रूपमा हरेक महिनाको दोस्रो शनिबार चन्द्रागिरी साहित्य सरोवर कार्यक्रको आयोजना गर्दै आएको छ ।

    बाँकी खित्का
  • रमेश विकलको जन्मघर साहित्य सङ्ग्रहालयमा रुपान्तरण

    काठमाडौं, १४ पुस । वरिष्ठ आख्यानकार तथा साहित्यकार रमेश विकलको ११औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङ्ग्र्रहालय भवनको शनिवार उद्घाट गरिएको छ ।

    बाँकी खित्का
  • शैली साहित्य समाजको द्वैमासिक शृङ्खला

    काठमाडौं, ०७५ पुस ७ । शैली साहित्य समाजको द्वैमासिक साहित्यिक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ ।

    बाँकी खित्का
  • ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ चर्चा तथा कविगोष्ठी

    साहित्य सन्ध्याको नियमित मासिक ३९० औँ शृङ्खला पुस ७ गते शनिबार राजधानीमा ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो ।

    बाँकी खित्का
  • बागलुङमा भूपि जयन्ती 

    बागलुङ २०७५ पुस १० । प्रगतिबादी धाराका कवी भूपि शेरचनको ८४ औ जन्मजयन्ति मंगलबार बागलुङमा पनि मनाइएको छ ।

    बाँकी खित्का
  • अनुपमको छयतराैँ अनुष्ठान 

    २०७५ मङ्सिर १५ गते शनिवार लक्ष्मीनारायण मन्दिर सन्तोषीनगरमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको छयहत्तरौँ रचना वाचन सम्पन्न भयो । प्रतिष्ठानले कार्यक्रमको आकर्षण बढाउन हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ ।

    बाँकी खित्का
  • टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

    काठमाडौँ, मङ्सिर १५ । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो ।

    बाँकी खित्का
  • पुस्तक चर्चा : ‘म भात जोरूँ कि कविता लेखूँ’

    नेपाली कविता साहित्यको प्रख्यात नाम– विश्वविमोहन श्रेष्ठको कवितासङ्ग्र्रह ‘म भात जोरूँ कि कविता लेखूँ’ को हालै साझा प्रकाशनले दोश्रो संस्करण प्रकाशित गरेको चर्चा छ ।

    बाँकी खित्का
  • विभिन्न छ व्यक्तित्वलार्ई विकल पुरस्कार 

    विगत लामो समयदेखि आख्यानको क्षेत्रमा उल्लेख्य योगदान गर्दै आउनु भएका कथाकार डा. राजेन्द्र विमललाई विसं २०७४ को “रमेश विकल वाङ्मय पुरस्कार” तथा सबैभन्दा धेरै पटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्माचार्यलाई “रमेश विकल–सुशीला समाज सेवा पुरस्कार” प्रदान गर्ने निर्णय गरिएको छ ।

    बाँकी खित्का
  • सिर्जना वाचनको एकाउन्नौँ शृङ्खला

    काठमाडौं, २०७३ कार्तिक २०÷ एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको एकाउन्नौँ रचना वाचन संस्थाका उपाध्यक्ष भुवनहरि सिग्देलज्यूको अध्यक्षतामा भव्यरूपमा सम्पन्न भयो ।

    बाँकी खित्का
  • ‘नेपाली कवितामा नारी चेतना’ परिचर्चा तथा कविगोष्ठी 

    साहित्य सन्ध्याको नियमित मासिक ३८९ औँ शृङ्खला मङ्सिर १ गते शनिबार अपराह्न ठिक १ बजे आर.आर.क्याम्पसमा ‘नेपाली कवितामा नारी चेतना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरी सम्पन्न भयो ।

    बाँकी खित्का
  • कुलेश्वरमा देबकोटा जयन्ती

    आज कुलेस्वर आबास परिवार  कल्याण संस्था, साहित्य कला सँस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद  देबकोटाको ११०औँ जन्मजन्ति एक भव्य समाहरोहको आयोजना गरी मनाइयो ।

    बाँकी खित्का
  • असमका स्रष्टा सम्मानित

    काठमाडौँ कार्तिक/नेपाल स्रस्टा समाजले भारतको असम र तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरू ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु सास्त्री, माधव भट्टराई,

    बाँकी खित्का
  • देवकोटा जन्मजयन्तीमा कविता वाचन

    काठमाडौँ, कार्तिक १० गते । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीको

    बाँकी खित्का