बुढ्याैली कविता

फक्रिएको जिन्दगीमै

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ ।
मायाप्रीति गाँस्न जाने जैले पनि मस्ती हुन्छ 

मान्छ बुढो भन्नु मात्रै मन बुढो कहाँ छ र ?
सक्नेले त सकिहाल्छ असी पछि स्वयम्वर
बैँस जति धेरै पाक्यो उति मिठो हुँदो रैछ
परिपक्क वैंसले त भित्रैसम्म छुँदो रैछ ।

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ 
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

सौन्दर्यको अङ्ग भन्दा रङ्ग धेरै राम्रो हुन्छ 
तन हेर्ने अरुले हो, मन मात्रै हाम्रो हुन्छ 
सबै भन्दा मिठो बैंस हिजो आज पाएको छु
तन्नेरीले भन्दा पनि मिठो माया लाएको छु

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया–प्रिति गाँस्न सिक जैले पनि मस्ती हुन्छ 

केश फुल्नु बुढो हैन, बसन्तले छोएको हो
वासनाको कालो रङ्ग बैँसले नै धोएको हो 
नपत्याए वासन्तीले बोलाएझैँ डाकी हेर
अधरमा टप्किएको मधुमास चाखी हेर ।

फक्रिएकोे जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

तिम्रै जस्ता कर्के आँखा मेरा पनि हेर्ने गर्छन्
रूपबाट रस चुसी मिठो स्वाद फेर्ने गर्छन्
माया नाप्ने मुटु नै हो, अर्को कुनै मानु छैन
मेरो माया नापी हेर कुनै भन्दा सानु छैन 

फक्रिएको  जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

उकालो छ जिन्दगानी जति उक्ल्यो प्यास लाग्छ
तिमीसितै सर्वत छ देखे पछि आब लाग्छ
अङ्ग अङ्ग गले पनि मनले नै प्यनु सक्छ    
जसले जति बैंस पियो उति धेरै ज्युन सक्छ 

फक्रिएको जिन्दगीमै पिरतीको वस्ती हुन्छ
माया प्रिति गाँस्न जाने जैले पनि मस्ती हुन्छ

फुलेकाे जवानीबाट
 

बाँकी खित्का

फुलेको जवानी

सम्झनामा वत्ति फूलेको
‘फ्ल्यास प्याक’ चम्केको छ 
विजुली चम्केझैं
आकाश सुसेलीमा रमाएझैँ

बाँकी खित्का

फुलेको यौवन

सिद्धान्त सुद्ध न कुनै द्विविधा छ मन्मा 
गन्तव्य बाँकी सब ठिक छ छैन धन्दा 
हाँसी मसुक्क भवसिन्धु छ पार गर्नु 
फुल्दो छ यौवन प्रिया सित प्यार गर्नु ।।१।।

बाँकी खित्का

फुलेको जवानी

हिँडिएछन् कति बाटा जिन्दगी जिन्दगी मिली
खेलिएछन् कति फन्दा, बाली बत्ती झिलीमिली
उफ्रिएछन् भए जत्ति गौँडागल्फा सरासर
फुल्दो जवानी त्यो, ऐले फुल्यो भएर जर्जर ।

बाँकी खित्का

यो फुलेको जवानी

१. धवलित शिर मेरो टल्किएझैँ हिमाल
अनुभव भवको बुझ्नसक्ने छ चाल
हृदय–दह छचल्की प्रेमको बग्छ पानी
नभन नभन कच्चा यो फुलेको जवानी ।

२. जब जनभ भएथ्यो एउटै थेँ म एक्लै
व्रmमिक युवक बन्दा मित्रका माझ एक्लै
पढ पढ पढ मेरा प्रेरणाका कहानी
मसँग छ सुनखानी झैँ फुलेको जवानी ।

३. जबतक मुटु चल्ला कर्म गर्दै म मर्छु
रगत र पसिना यो देशमै खर्च गर्छु
म पनि त दुनियाँ हुँ श्वासमा भिन्न के छ ?
सुखमय कविताझैँ जिन्दगानी रहेछ ।

४. लुरुलुरु पृथ्वीमा घुम्नका निम्ति आएँ
पथ विपथ छिचोल्दा भिन्न पाएँ रमाएँ 
विविध पथ रहेछन् साँघुरा चोक गल्ली
म त पथिक फगत् हुँ मस्तले हल्लिहल्लि ।

५. युवकपन चढेको पुत्रले भन्छ वृद्ध
अनुभव दुनियाँका भन्दछन् यो छ सिद्ध
म पनि किन नठान्ने देश हाँक्ने प्रबुद्ध
ढकमक छ फुलेको केशमा ज्ञान–बुद्ध ।

६. समयपछि कसैको पुत्र साथी हुँदैन
घर घर घर रोऊँ साथमा जाइँदैन
क्षणिक सब कुरा हुन् बुझ्छ यो जिन्दगानी
मगज मथन गर्छन् यी फुलेका जवानी ।

७. नभन भन दलेको केशमा यो तुसारो
विषम पथ दगुर्दा टाँसियो हैन छारो
समयसँग गरेको सन्धि हो सन्धि नानी 
युगयुग अझ हाँक्ने छन् फुलेका जवानी ।
 

बाँकी खित्का

फुलेको जवानी

त्यो कालो जवानी, यो सेतो जवानी
त्यो रातको जवानी, यो दिनको जवानी
त्यो सुत्ने अनि यो जगाउने जवानी
त्यो पालुवा यो फुलेको जवानी

बाँकी खित्का