सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एक दिन साँढेसँग भेट हुँदा

Nepal Telecom ad

एक दिन
पशुपतिको दर्शन गर्न जाँदैथे
भोलेनाथलाई चढाउन
यसो फलफूल पनि लाँदैथे
बाटोमा भेटियो
एउटा बडेमानको साँढे
त्यो त रहेछ अति डाढे
उनले मलाई घुर्दै भने–
मेरा मालिक त खाँदैनन् केही पनि
के को खाने कुरा लान्छौ
मलाई खुसी नै नपारी
हेरौं यहाँबाट कसरी
तिमी मालिकको दर्शन गर्न जान्छौ
बरु अबदेखि माथिको होइन
मेरो पूजा गर
मलिकको भन्दा राम्रो तिमीलाई
म नै दिन्छु बर ।
मन्त्रीका पी.ए. जस्तै
साँढेका कुरा सुनेर
म त इन्तु न चिन्तु बनें
तैपनि उनलाई फकाउँदै भनें–
तिम्रो मालिकलाई भन्ने के कुरा छ ?
लौ भन म खबर बोकिदिन्छु
तिमी पनि त लक्ष्मीका पति हौ
दर्शन गर्ने चाँजो मिलाई देऊ
बरु तिम्रा चार पाउमा ढोकिदिन्छु ।

उनले भने फाल्दै नाकबाट गन्धका पर्रा
मानाँै, धोकेकाथे राति टन्न लोकल ठर्रा
मेरा लक्ष्मी त कति छन् कति
मलाई धेरै नजिस्काऊ है
तिमी पनि रातै बस्त्रमा रहेछौ
थाह छैन तिमीलाई ?
मलाई कति रिस उठ्छ अब
रातो लाउने जति,
दर्शन गर्न चाहने हो भने
मलाई हरियो घाँस चाहिन्छ
अनि मात्र मालिकको दर्शन पाइन्छ ।

मैले उसलाई रातो बस्त्र देखेपछि
रिस उठ्नुको रहस्य खोजेँ
उनले भने फुलाउँदै भोजे (चारो राख्ने थैलो)–

मालिकलाई जीवनभरि बोक्नु बोकेँ
एक दिन मालिकलाई

मेरो बिहे गराइ दिन मनको कुरा पोखेँ
उनले हुन्छ हुन्छ भन्दै भुलाउँदै लगेँ
भोलिपर्सि भनीभनी फुलाउँदै लगेँ
पछि आफैँ पो रातो सारी लाएछन्
मलाई चक्मा दिन
मेरै प्रेमिका भई आएछन्
म पनि कस्तो भुस्कुट नै रहेछु
दङ्ग पर्दै कयौँ दिन फेरि उनलाई बोकेँ
एक दिन रहस्य खुलेपछि
मालिक मन्दिरमा कुलेलम ठोके,
त्यसैले आज
रातो बस्त्रदेखि
साह्रै रिस उठ्छ
रातो लाउने जतिलाई देखेँ कि
हान्दिऊँ कि जस्तो झोँक छुट्छ
आजसम्म शिवालयमा
उनैलाई पर्खी बस्या छु
तिमीलाई के थाहा बालक
म कहाँ कहाँ कतिपटक
मालिकसँग यसरी फस्या छु ।
काठमाडौं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे