सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँघरेको ‘ह्वाइट हाउसको घामपानी’

Nepal Telecom ad

काठमाडौं, २४ चैत्र २०७०/ युवा पुस्ताका लोकप्रिय निबन्धकार युवराज नयाँघरेको नियात्रा सङ्ग्रह ‘ह्वाइट हाउसको घामपानी’ को विमोचन सम्पन्न भयो । प्रा.डा. अभि सुवेदीले सो कृतिको विमोचन गर्नुभएको थियो । विमोचन गर्दै डा. सुवेदीले प्रवासी सन्दर्भका अत्यन्तै मसिना प्रसङ्गकै कारण यो कृति उच्चकोटीको रहेको बताउनु भयो । डा. सुवेदीले भन्नुभयो– ‘कला र विषयका दृष्टिले यो कृति डायोस्परिक मूल्यको छ ।’

‘ह्वाइट हाउसको घामपानी’ माथि समालोचक डा. ज्ञानु पाण्डेले ‘अमेरिकी समाजका ज्यादै घतलाग्दा र चोटिला विषयले यहाँ स्थान पाएका छन् । मानवीय बिघटनका सुन्दर विषय यी निबन्ध र संस्मरणमा उल्लेखित छन् ।’

निबन्धकार युवराज नयाँघरेले अमेरिका ठाउँभन्दा पनि पात्र र प्रवृत्तिले बढी स्पर्श गरेर यो पुस्तक तयार भएको बताउनु भयो । नयाँघरेले भन्नुभयो– ‘व्यक्ति र घटनाको ख्याल नगरी अनुभूतिलाई महत्व दिई यो कृति तयार गरेको हुँ ।’

बिएन पुस्तक संसारबाट प्रकाशित ‘ह्वाइट हाउसको घामपानी’ मा ३६ वटा संस्मरणहरू रहेका छन् । मदन पुरस्कार विजेता नयाँघरेका यस अघि १० वटा पुस्तकहरू प्रकाशित भइसकेका छन् । निबन्ध र नियात्रा लेखनमा अग्रणी मानिएका नयाँघरेको अमेरिका बसाइका अनुभूतिहरू यस कृतिमा समाविष्ट छन् ।

सोही समारोहमा डा. सुवेदीले प्रकाशन गृहको मुखपत्र पाण्डुलिपिको पनि विमोचन गर्नुभएको थियो ।

–टिपनटापन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad