सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमाउने धन्दा !

Nepal Telecom ad

जसले जे धन्दा गरे पनि धन्दा खाली कमाउनैमा केन्द्रीत हुन्छ । खन्नेले कमाउने, गन्नेले कमाउने । भन्नेले कमाउने, भनाउनेले कमाउने । समाउनेले कमाउने, छोड्नेले कमाउने । दल्नेले कमाउने, दलाउनेले कमाउने । हान्नेले कमाउने, ठोक्नेले कमाउने । बोक्नेले कमाउने, टोक्नेले कमाउने । हाल्नेले कमाउने, थाप्नेले कमाउने । चाल्नेले कमाउने, बाल्नेले कमाउने । सार्नेले कमाउने, तार्नेले कमाउने । तान्नेले कमाउने, ठेल्नेले कमाउने । उचाल्नेले कमाउने, थेचार्नेले कमाउने । गुडाउनेले कमाउने, उडाउनेले कमाउने । खेल्नेले कमाउने, खेलाउनेले झन धेर कमाउने । गाँठो पार्नेले कमाउने, फुकाउनेले कमाउने ।

ओहो ! घुम्नेले कमाउने, घुमाउनेले कमाउने । देखाएर कमाउने, लुकाएर कमाउने । ओसारेर कमाउने, पसारेर कमाउने । झारेर कमाउने, टिपेर कमाउने । उधारेर कमाउने, सिलाएर कमाउने । उप्काएर कमाउने, टाँसेर कमाउने । मलेर कमाउने, दलेर कमाउने । धोएर कमाउने, रोएर कमाउने । सुकाएर कमाउने, उठाएर कमाउने । बझाएर कमाउने, मिलाएर कमाउने । छिर्के लगाई कमाउने, बिर्को लगाई कमाउने । लेखेर कमाउने, मेटेर कमाउने । ढाँटेर कमाउने, छलेर कमाउने ।

लौन लौ ! कनकले कमाउने, दनकले कमाउने । शिक्षितले कमाउने, दीक्षितले कमाउने । माल गनेर कमाउने, छाल गनेर कमाउने । सबै कमाउने नै कमाउने अनि कसले कसलाई समाउने ?

गल्कोपाखा, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
राष्ट्रका गहना

राष्ट्रका गहना

अशोककुमार शिवा