सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कलाकार पत्नीको बिलौना

Nepal Telecom ad

चक्का जाम गरुँ कि म चुल्हो जाम गरुँ
खसमलाई एकलौटी पार्न के के गरुँ
हिजो आज मसङ्ग त बोल्नै छोडेका छन्
भित्तातिर फर्किएर घुर्ने गरेका छन् ।

राम्री राम्री तरुनीका फोटा बनाउँछन्
दिनरात तिनैसङ्ग मस्कीएर बस्छन्
रङ्ग ब्रस क्यानभासमा खेलाउनै व्यस्त
मेरो मतलब छैन उनलाई कलासितै मस्त ।

पहिले पहिले तिमी बाहेक कोही छैन भन्थे
सत्य सत्य धरोधर्म भनि कसम् खान्थे
अहिले घरै भरि देख्छु छँडुलीका फोटा
काली गोरी, अग्ली होकी, पातली र मोटा ।

बुरुसले रङ्ग चोप्दै तिर हान्दा रैछन्
यौटी मात्र हैन उनका धेरैवटी रैछन्
फोटोले नै भरियो नि घरको चोटो कोठो
कलाकारकी पत्नी भएँ कर्मै रैछ खोटो

चक्का जाम गरुँकि म चुल्हो जाम गरुँ
खसमलाई एकलौटी पनि के के गरुँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम