सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेसन

Nepal Telecom ad

ऊ यो टोलमा डेरा सरेको एक साता मात्र भएको थियो । ऊ जुन घरमा बस्ने गर्थ्यो त्यो घर सडकमै पर्दछ । सडकको पारिपट्टी दुई घर पर तीन–तले अर्को एउटा घर छ । त्यसको झ्यालमा एउटा महिला आकृति देखिन्छ ।

परबाट हेर्दा थाइकट कुमकुमसम्म झर्ने कपाल, कानमा टल्किने टप, जीन प्याण्ट र रातो ज्याकेटमा सुन्दर युवतीको मुखाकृतिले उसलाई आकर्षित गर्छ । त्यसैले ऊ सधैं बरण्डामा आएर झ्यालमा देखिने त्यस आकृतिको खोजी गर्ने गर्छ । त्यसो त त्यस आकृतिले पनि उसलाई कम मन पारेको होइन । एकले अर्कोलाई हेर्दा हेर्दै अर्को एक साता बित्यो । तेस्रो साता हेराहेर र रुमाल हल्लाएर इसारा गर्नेसम्म भयो ।

चौथो साता चिठीको माध्यमबाट रत्नपार्कमा भेट गर्ने निधो दुवै तर्पmबाट भयो । गजब त त्यो बेला भयो जब ती दुवै भेट भए । किनकि यी दुवैले एक अर्कालाई युवती सम्झी रहेका रहेछन् । वस्तुतः दुवै युवती नभएर युवक थिए ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’