सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उनीहरू !

Nepal Telecom ad

विदेशीहरूले किनिदिने भएपछि
लाज छोप्ने
फाटेका र टालेका, टालाटुलीहरू
काखीमा च्यपेर– बेच्न लाम लागेका
‘मान्छेहरू को हुन् ?’
मेरो देशमा
पटक पटक प्रश्न उठ्ने गर्छ
उत्तर खोज्न नियालेर हेर्दा
सधै उस्तै उस्तै अनुहार हुन्छ
चिनेपछि– भन्न त कहाँ मलाई सजिलो हुन्छ र !
तर
त्यस्तो लाममा बस्ने मानिस
पक्कै मेरो देशको ‘नेता’ हुन्छ ।
हामीलाई त अलिक लाज लाग्छ
लामबाट फर्केका नेताहरूलाइ भेट्ता
रङ्गिन भाषण र जिद्दीले लाज छोपेका, उनीहरू !
निर्वस्त्र भए पनि निर्वस्त्रकै बिरुद्धमा बोल्छन्
धन्य उनीहरू
खाँचो पर्यो भने
आफैंलाई बेचेर काम चलाउँछन्
संसदमा छन्
क्याबिनेटमा छन्
दलालीमा छन्
अरु अरु त भन्छन्
अपहरण र मानव तस्करीमा पनि छन्– उनीहरू !

चन्द्रगढी, झापा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँढेहरू

साँढेहरू

लीला उदासी
भत्काउनेहरू

भत्काउनेहरू

लीला उदासी
फोहोरको डङ्गुर

फोहोरको डङ्गुर

लीला उदासी
सिंहदरवार

सिंहदरवार

लीला उदासी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)