सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खुल्यो ! खुल्यो ! खुल्यो !

Nepal Telecom ad

एस्.एल.सी., आई.ए. बीए तथा एम. ए. का कक्षाहरूमा अधिकतम अङ्क ल्याएर पास हुनको लागि विशेष तयारी कक्षामा भर्ना खुल्यो ।
हामीले सिकाउने विषयहरू
१. गाइडका पन्ना च्यात्ने तथ गेसपेपर पछाडि घुसार्ने । 
२. पिँडुला पाखुरामा लेख्ने तथा नोटकपी जुत्ताभित्र खाँद्ने । 
३. पछाडि फर्केर अर्काको सार्ने तथा बाहुला काटेर चिट घुसार्ने । 
४. त्यस्तै मिडी, फ्रक तथा सटमा कोर्ने अनि चिट सारेर कागजका डल्ला खाने ।

हाम्रा विशेषताहरू
१. ६ जना अट्ने सिटमा १३ जनाभन्दा बढी विद्यार्थी राखिने । 
२. १२ चोटीसम्म एस.एल्.सी. दिएका अनुभवी व्यक्तिहरूबाट एम.ए. सम्मको कोर्श पढाइने । 
३. पढाइमा भन्दा बढ्दा पैसामा ध्यान दिइने ।
४. पानी परेका बेला छाता ओढी ओढी पढ्न पाइने ।
छिटो गर्नोस चाँडै तालिम लिई आफ्नो भाग्य आफैँ बिगार्नोस् । 

–पैसा झारझुर इन्स्टीच्युट
सम्पर्क छ १२ छैन १३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल