सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जनताको लागि राजनीति

Nepal Telecom ad

कुरो नबुझी प्वाक्क बोल्ने मान्छेहरूको हामीकहाँ कमी छैन । अरु त अरु बुद्धिजीवी बनेर खाइटोपलेका मान्छेहरू पनि कुरै नबुझी मुख खोल्ने गरेकोे देख्दा हामी जस्ता राजनीतिज्ञलाई नमज्जा लाग्छ ।

मेरा एक जना छिमेकी छन् । उनले आपूmलाई अब्बल दर्जाको बुद्धिजीवी प्राणि हुँ भन्छन् । त्यसैले मलाई देखिसहन्नन् । कारण के भने मेरो सम्पत्ति सबै भ्रष्टाचारबाट जोडेको रे ! मेरो राजनीति जनताको लागि भएन रे ! मैले जनताको लागि राजनीति गर्दा गर्दा जिन्दगी बिताउन लागिसकेँ । तर उनी भन्छन्– मेरो राजनीति जनताको लागि भएन रे !

हेर्नुस्न ! मेरो घरबार देखेर उनलाई जलन हुन्छ । मैले भ्रष्टाचार गरेँ रे ! भएन, जनतालाई लोभ्याएर, धम्क्याएर र तर्साएर जनताबाट भोट लिएँ रे ! अनि जनतालाई हेरिन रे ! चुनावको बेलामा कुनै कार्यकर्ताले कसैलाई– ‘ए फलानालाई भोट दिनुपर्छ है, नत्र राम्रो हुन्न ।’ सम्म भनेहोलान् । कसैलाई यसो चिया चमेनासम्म गराए होलान् । यसैलाई लोभ्याएको, तर्साएको भन्ने ?

मैले कुनै भ्रष्टाचार गरेकै छैन । मैले जिन्दगीभर राजनीति गरेर कमाएको, श्रीमतीले गुन्द्रुक खुर्सानी बेचेर कमाएको, असनमा घिऊ बेचेर कमाएको, छोराछारीले मज्दुरी गरेर कमाएको र मेरो पहाडको सात रोपनी खरबारी बेचेर आएको सबै सम्पत्ति जोड्दा त्यस्तै चार–पाँच करोडभन्दा बढी मसँग भए तपाईं मारिहत्ते । के यो पनि भ्रष्टाचार गरेको, जनता ठगेको हुन्छ र ? तपाईं नै भन्नुहोस्न !

जनताको लागि राजनीति गर्दा कहिले कहीँ दश–बीस हजार मानिस मारिन्छन् । दश–बीस अरबको सम्पत्ति नोक्सान हुन्छ । देशको विकास बीस–तीस वर्ष रोकिएला । त्यो त ठूलो कुरो भएन नि ! जनतालाई मालिक बनाउन हामीले राजनीति गरिरहेका छौं । सानो कुरो हो ? प्रजातन्त्र बहाली भएपछि त जनता त्यसै सुखी र सौभाग्यशाली हुँदैगएका छन्, अबको गणतन्त्रले जनतालाई कति माथि पु¥याउने हो ? त्यो त हेर्नै बाँकी छ ।

के गर्नु ! हप्ताको दुई चार दिन नेपाल बन्द, उपत्यका बन्द जस्ता कार्यक्रम राखेको पनि उनलाई मन पर्दैन । आखिर हामीले तोडफोड, आगजनी, हत्या, लुट–पाट र बन्दजस्ता कार्यक्रम हाम्रो खुसीले गरेको त होइन नि ! जनताकै लागि बाध्यताले गरेको न हो ! यति पनि नसहने ! हे ईश्वर ? यी बुद्धिजीवी भनाउँदाको घैँटोमा कहिले घाम लाग्ला ?

धुम्बाराही–४, काठामाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’