सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुस्कान सेवा जिन्दावाद

Nepal Telecom ad

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संसदीय दलको नेता निर्वाचनताकादेखि सुरु गरेको एमालेभित्रको मुस्कानसहितको सेवा नेपाल प्रहरीमा पनि लागु गराउनु भएको छ । 
उहाँको एमालेभित्रको मुस्कानसहितको सेवाको बान्की यस्ता थिए,
ऋषि धमला: एम्म्मालेमा अब्ब अध्यछे कोओओओ (गानो जाला जसरी) ?
गौतम: केप्इ ओल्इ (गानो जाला जसरी नै) ।
धमला: झलनाथ खनाल् नि (झर्किएर, माइक सानो पारियो एमसिआरमा) ?
गौतम: हुँदैन (झर्किएर) ।
धमला: (झन झर्किएर) तपाईं नि ?
गौतम: सम्भावना छ ।
धमला: माधव नेपाल नि (च्याँठिएर)
गौतम: (रिसाउँदै) छैनअ्अ्अ्अ्अ् । 
धमला: (हाँस्दै) समयका लागि धन्यवाद् ।
गौतम: केप्इ ओल्इ बनाउने भन्न दिएकोमा धन्यवाद् । 
दुवैजना मुसुक्क ।

0000

अब नेपाल प्रहरीमा मुस्कान सेवा यस्तो हुनेछ,
प्रहरी: (मोटरसाइकल चालकसँग) तँ राँ….को बा….ब्लुबुक बोकेर हिँड्नु पर्दैन ।
चालक: म त हजुर पार्टीको मान्छे ।
प्रहरी: मुसुक्क ।
प्रहरी: (व्यापारीसँग) ओइ, यो रक्सी, सुकुटी र सारीको बिल खोइ ?
व्यापारीः हजुर, यो त माथि डिआइजी साबको क्वार्टरको खुराक हो ।
प्रहरीः मुसुक्क ।
नेता: ओइ प्रहरी केटा, सरुवा हुने भन्छस्, रोकडा खोइ ?
प्रहरी: (मुसुक्क हाँस्दै) ठाउँमा गइसक्यो हजुर ।
नेता: मुसुक्क ।
आइजीसाब: ओइ केटा तँ डयुटीमा नगएर किन नेताको वरिपरी ?
प्रहरी: मन्त्रीज्यूले मेसमा ज्युनार गर्न बोलाइस्या साब ।
आइजी: मुसुक्क । 

0000

यस्तो गतिलो मुस्कान सेवा अब सेना, कर्मचारी, संस्थानमा पनि लागू गर्न अर्को बिहीबारको क्याबिनेटमा प्रस्ताव आयो । 
त्यसपछि 
प्रधानमन्त्री: (झोक्किँदै) मैले पहिले भनेको होइन, पहिले ‘उ’ गर्नुस् भनेर ।
मन्त्रीहरु: मुसुक्क ।
प्रधानमन्त्री: जतिखेर नि मुसुक्क–मुसुक्क । वामदेवजीले १३ दिन गृहमन्त्री नपाउँदा ‘उ’ गरेर झुलाउँदै हामीले मुस्कान सेवा पाइसकेका छौँ, केको मुसुक्क ।
मन्त्रीहरु: फेरि मुसुक्क ।
प्रधानमन्त्री: म सरकार छाडिदिन्छु अनि, जतिखेर नि शेरबहादुरले जस्तो के ध्वाँस दिएको ?
मन्त्रीहरु: मुसुक्क ।
प्रधानमन्त्री: ल वामदेवजी तपाईंले बैठक बसाएर सबैतिर मुस्कान सेवा लागू गर्नुस्, म हिँडे । 
मन्त्रीहरु: मुसुक्क ।
अर्थात् मुस्कान सेवा जिन्दावाद् । 
यति पढेर तपाईंले पनि मुस्कान दिनु भएको हो त ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad