सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चोकमा सबैथोक

Nepal Telecom ad

म साथीविहिन जिन्दगी बिताइरहेको छु । अरूले साथी नभई सिन्को पनि भाँच्न सकिँदैन भनिरहेको अवस्थामा म चाहिँ विना साथी आनन्दले मण्डल मार्दै तङ्ग्री रहेको छु । रातोदिन एकअर्काको पिछा नछुट्ने श्रीमतीसाथीलाई के साथी भन्नु ‘नजिकको तीर्थ हेला’ भनेझैं मेरा दृष्टिमा श्रीमती कहिल्यै साथी बनिनन् । तर श्रीमतीले भनेको टेर्ने, कुरा खाने र साथीहरूले भनेको कुरा पटक्कै नखाने, नटेर्ने हुनाले म यो मध्यवैंशमा निरन्तर, अटुट र एकतमासले एक्ली रहेको छु । आज यो वयमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुची जस्तै श्रीमतीले तोकेको चारघेराभित्र नजरबन्दमा जिउन पिउन म अभ्यस्त भइसकेको छु । नेता बनेर नजर बन्दमा बाँच्न पाएको भए दुनियाँले हाइ हाइ गर्दै रक्सौल कानपुरसम्म पुगेर आए पनि टन्न काँधभरी माला लगाउन पाइन्थ्यो । तर श्रीमतीको नजरबन्दमा परेको हुनाले मेरा तमाम मित्रहरूले मलाई वाई वाई गरेका छन् भने मालाकै लागि त तिहारै कुर्नुपर्ने अवस्था छ । चोकमा गएर भोक मेटाउने हिम्मत र हैसियत आफूसँग मौजुदा नभएको हुनाले म हारेको नेताझै यो किसिमको बुहार्तन व्यहोर्दै जसलाई देखे पनि नमस्कार गरेर यत्नपूर्वक पट्याउने प्रयत्नमा लिप्त छु ।

मेरा साथीहरूको माग खासै गतिलो त होइन तर आफू नै मरन्च्याँसे जोइटिङ्ग्रे परें र पो साथीहरूले पनि गोता खान बाध्य भएका छन् । एउटा साथी कमजोर हुतिहारा मनमारा परेको हुनाले आम साथीहरूको अमनचयन खोसिएको छ । सबै साथीहरू खिस्रिक्क परेका जुम्सा देखिएका छन् । चोकमा गएर भोक मेटाउने उहाँहरूको चाहनामा म दुष्ट पापिष्ट तुषारापातको रूपमा खडा भएको छु । चोकमा सबैथोक भनेर मलाई लतारेर लैजाने अनि मेरो देव्रेहातको पञ्जाभरी छक्का, पञ्जा, सत्ता, बास्सा, गुलामका पत्ती फिँजाएर दाहिने हातले थुत्दै पछार्दै, हातका औंलामा थुक लगाउँदै थुत्दै पछार्दै, हा हा हि हि को तालमा खैनी र चुरोटमा रङमङिदै, मदिरापान थालमा, घरमा नुन हुँदैन दालमा, के गर्नु यस्तो तालमा भनेर मैले मेरा जल्दाबल्दा साथीहरूको साथ र सङ्गत एकैचोटी छोड्न रुचाएँ फलतः दायाँ बायाँका मित्रहरूले मलाई धारेहात लगाउँदै, बाटो काट्दै, बक्रदृष्टिले नजर गर्छन्, आँखा तर्छन्, छेउमा गए पर सर्छन्, माथि गए तल झर्छन्, चाहिँदा नचाहिँदा कुरा गर्छन्, साँझ विहान चोकमै चर्छन्, पैसा छर्छन्, मनपरि गर्छन्, म चाहिं मासिक धर्मले छोएकी धर्माती महिला जस्तो छोइन्छकि झैं अड्कलेर दायाँबायाँ गर्छु, वर सर्छु, पर सर्छु, दिनदिनै यसै गर्छु, चारघेराभित्रै चर्छु, खान दिए मख्ख पर्छु, नभए आँखा तर्छु ।

चोकमा सबैथोक हुने हुनाले साथीहरू चोक भनेपछि रातै त्यही कटाउला जस्तो गर्छन् । कति स्वादिलो चोक दुई खुट्टाको दोभान । नयाँ मान्छे आउँछ त्यही चोकमा, पुरानो धाउँछ त्यही चोकमा, आउनु, धाउनु, पिउनु, खानु चोकमै चल्छ । चनाचटपटेको असली स्वाद चोकमै, जुवातास उतै बास, खेल्न, अवलालाई पेल्न, तान्न, छान्न÷ठोक्न टोक्न, बोक्न, बिसाउन, रिसाउन चोकमा सबैथोक सजिलो भए तापनि मलाई भने चोक पटक्कै रुचेन । म मदिरापानको नाममा ल्वाङ सुपारी पनि खान्न त्यसैले साथीको सङ्गत लागेर चोक चोकमा जान्न । अतः म एक्ले बाँदरझैं एक्लिएको छु, नराम्ररी एक्लिएको छु, चरित्रहीन महिलाझैं बेफ्वाँकमा एक्लिएको छु । साथी इष्टमित्र बनाउन सबैकुरा जान्नुमान्नु पर्ने रहेछ । ठग्ने, लुट्ने, छुट्ने, कसैको झाँको झार्नु प¥यो वा धतुरो नै झार्नुप¥यो भने चोकमै छिनो छलफल हुन्छ । साथीहरू मिलेर दारा किट्न, पिट्न चोकमै सफल हुन्छन् । मिल्छन्, निल्छन्, खान्छन्, हान्छन्, खेल्छन्, पेल्छन्, झेल्छन् तर आफू चाहिँ सन्तानोत्पति बाहेक कलाविहीन कुँजो भएर घरमै थला परिएको छ त्यसैले मेरो नाम ‘ज्यालामा नमिलेको दर्जी’ मर्जी भएको छ । मेरो ताल सबै फर्जी भएको छ । मेरो सोझो साधुपन कुतीको बाटो काशी भएको छ ।

बाठा मान्छेहरूको जमघट चोकमा हुने परम्परा पुरानै मान्नु पर्छ । मान्छेमात्र होइन, कुकुर साँढे वा वनढाडेहरू पनि चोकमै भेटिन्छन् । जोगी, रोगी र भोगीको त चोक घरै भने पनि हुन्छ । नानाभाँतीका मिष्टान्न, साग, सब्जी, चिसो, तातो, मिठो–नमिठो, दानापानी, के खाने, के नखाने चोकमा छानी छानी हुल्न, हसुर्न पाइन्छ त्यसैले साथीहरू चोकमै धाउँछन्, चोककै गीत गाउँछन्–
चोकमा सबैथोक बालाई होस् या छोरालाई
चाहिने चिज त्यही हुन्छ मोरीलाई होस् या मोरालाई
दुई खुट्टाको दोभानमा डुबुल्की मार्ने काला हुन् या गोरालाई
अब रातोदिन चारैप्रहर चोक नभई हुन्न छोरालाई
आमा तेतै बुहारी तेतै छोरी झन् उतै उतै
ज्वाई तेतै, चेली तेतै चोर चण्डाल जताततै
लक्ष्मीले बास गरेकी कति दामी हो यो चोक
सरकारी पर्चा, पम्प्लेट, होर्डिङवोर्ड थुपार्ने सबैथोक
कति फराकिलो, जति किलो, जत्रो फिलो पनि अट्ने
हायचोक, हेलौचोक, नमस्कारचोक, चोकमा सबैथोक
त्यसैले भेटिन्छ सबैको भोक ।

भट्टिवालीको झोल बिक्छ चोकमा, मेल फिमेलको खोल बिक्छ चोकमा, कुरावालाको कुरा, छुरावालाको छुरा, चुरावालाको चुरा विक्छ चोकमा, नेतागणको भाषण, कविको कविता, जुवाडेको जुवा, रूपसी सुन्दरीको रूप विक्छ चोकमा, टिनेजरहरूको रोज र पोज एकैसाथ बिक्छ चोकमा, तरुनी तन्नेरीहरूको उमेर बिक्छ चोकमा, त्यसो त कुखुराको भालेदेखि शिशुको ¥याले पनि चोकमै पाइने भएपछि चोकको गीत गाइने नै भयो नि ।

चोकमा बसेर भोक मेटाउन पल्केकाहरूले चोकमा सबैथोक देख्छन् । चोकलाई चाटीराखुँ झैं गरेर जिब्रो फट्कार्छन् । बिहान सबेरै उठेर आँखा मिच्दै मिच्दै चोकतिर हानियो अनि चिया पिउँदै ज्ञात अज्ञात कुरा काट्दा समयले सुइँकुच्चा ठोकेको, भात तरकारी चिसिएको र श्रीमती तात्तिएको पत्तै हुँदैन । ठुला नेता, पिउसा नेता, मझौला नेता, भुसुना नेता, बुढाखाडा सबै चोकमा भेट्यो अनि कुरा रेट्यो, कसले के ग¥यो के गरेन, किन ग¥यो किन गरेन, किन टे¥यो किन टेरेन, किन हे¥यो किन हेरेन, विभिन्न बाहनावाजीको चाँजोपाँजो वा भाँजो हाल्न, टाल्न फुस्काउन चोकमा सबैथोक सर्व स्वीकार्य रहेछ ।

आम सभादेखि मामसभा गर्नु परे पनि चोकै रोजिन्छ । खोज पड्ताल होस् या हड्ताल या चक्काजाम जे जस्तो कामको लागि पनि चोक जननी हुन् । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी । कत्रा कत्रा आन्दोलनहरू चोकबाटै शुरु भए, प्रजातन्त्र आयो, गयो, चोकबाटै, आलीसान महल चोकमै, महंगा र अधिकमात्रामा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, छ पाङ्ग्रे, दश पाङ्ग्रे वाहनादिले बास गर्ने, तरुनीले आश गर्ने अद्भूत अखडा चोक । बुढाबुढी, जोगी, सन्यासी, विदुर, विधवा आदि आर्तहरूको चहराइरहेको घाउमा मलमपट्टी गर्ने गराउने तीर्थाटन चोक, सरकारदेखि सामान्य नागरिक समेतको आत्माले शान्ति पाउने उर्वर अखडामा तगडा तगडा साथीहरूको जमघट देख्दा मलाई लाग्छ हो, साँच्चै हो रहेछ चोकमा सबैथोक ।

जग्गा जमिन वा अमिनको भाउ चोकमै हुन्छ । घर÷सटर भाडा चर्को, व्यापारीको लर्को चोकमै हुन्छ । सार्वजनिक धारो, बिजुली, पानी, टेलिफोन, सौचालय पुस्तकालय, वेश्यालय, औषधालय, नर्स, नर्सिङहोम, भेट्ने, छुट्ने, कुट्ने, जुट्ने, फुट्ने कुर्ने, तुर्ने, हिंड्ने भिड्ने मेरा साथीहरू हाँस्ने, रमाउने समाउने यावत् काम कर्तव्य र अधिकार हत्याउने अद्भूत अखडा हायचोक, हेलो चोक, हजुर चोक, नमस्ते चोक, तीर्थाटन चोक, बिर्ताटन चोक, सलामचोक, गुलामचोक, रामचोक, हरामचोक जे होस् हामी कन्न वा भन्न व्यग्र, विवश र बाध्य छौं चोकमा सबैथोक ! चोकमा सबैथोक !! चोकमा सबैथोक !!! हरि ! हरि !! जिंउने के गरी ?

फित्कौली, २०६७ चैत्र बाट

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई
चोर, ढाँट र ठग

चोर, ढाँट र ठग

शेषराज भट्टराई