सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उताका मोदी र यताका मोदी

Nepal Telecom ad

भारतीय जनताहरू नरेन्द्र मोदी जस्तो चमत्कारिक नेता पाएर दङ्ग परेछन् । हामी पनि कम छैनौँ । दङ्ग पर्नका लागि हाम्रो देशमा पनि त्यस्ता चमत्कारिक मोदीहरू कति छन् कति ।

भारतका मोदी चियाको कित्लीबाट जन्मेर अघि बढ्दै प्रधानमन्त्रीको पदसम्म पुगेछन् । हाम्रा मोदीहरू कोही जाँतेकिराको ¥यालबाट उत्पन्न भएर त कोही बन्दुकको नालबाट निस्किएर प्रधानमन्त्री भएका छन् । उताका मोदी हिँड्दा जमिन नै हल्लिँदो रहेछ, हाम्रा मोदीहरू हिँड्दा उनीहरूका सुरालको इँजार अवस्य हल्लिन्छ । उताका मोदीले भाषण गर्दा आकाश थर्किन्छ अरे, यताका मोदीहरूले बोल्न खोज्दा कसैका मुखबाट फुस्स फुस्स हावा निस्कन्छ, कसैको कुम हल्लिन्छ र कत्तिको चोर औंंलो ठडिन्छ ।

उताका मोदीले १० वर्षको अवधिमा पञ्जाव राज्यलाई सम्पन्न र विकसित बनाएर सिङ्गै भारतलाई त्यस्तै बनाउँछु भन्दै चुनाव लडेर जितेछन् । यताका मोदीहरूले १० वर्षमा मुलुकका हजार्रौ संरचना ध्वस्त बनाएर देशलाई बारुद र भ्रष्टाचारको कुइरीमण्डलमा फँसाएर चुनाव लडे र पनि चुनाव जिते त ! कम पुरुषार्थी छन् यताका मोदीहरू !

हाम्रा मोदीहरू आफूले देशको विकास कसरी नगर्ने र अरुले गर्न खोज्दा कसरी भाँजो हाल्ने भनेर षड्यन्त्र गर्दा गर्दै बूढा भएर मर्छन् । उताका मोदी रातारात कामै गरेर देखाउने झमेला गर्दा रहेछन् । यताका मोदीहरूलाई विकास गर्न कागज भए पुग्छ, विकासको चाङ्ै लगाइदिन्छन् । उताका मोदी धर्तीमै सडक बनाउँदा रहेछन्, घरघरमै विजुली बाल्दा रहेछन् । कस्ता मूर्ख !

हाम्रा मोदीहरूलाई जाति, लिङ्ग, धर्म, सम्प्रदाय, दलित, अपाङ्ग, बृद्ध अनेकानेक वर्गको हितका लागि प्रदान गरिने सेवा सुविधाको प्रतिशत मिलाउन क्याल्कुलेटर थिच्दा थिच्दै दशक बित्छ । राष्ट्र प्रमुुखदेखि सार्वजनिक शौचालयको पालेसम्मको भागबण्डा गर्ने चटारोले विकास निर्माणका बारेमा सोच्नै भ्याउँदैनन् । कति गाह्रो छ ! उताका मोदीलाई भागबण्डे विकासमा विस्वासै रहेनछ । भागबण्डै नगरी भकाभक काम गरेपछि विकास त भइहाल्छ नि, कुन नयाँ कुरा भयो र !

हाम्रा मोदीहरू सडक, खानेपानी, विद्युत, उद्योग इत्यादिका योजना लिएर हिँड्न भ्याउँदैनन् । बरु काखीमा भ्रष्टहरूलाई च्यापेर कुनकुन मालदार पदमा नियुक्त गर्न सकिन्छ भनेर दौडिन वाध्य छन् । हाम्रा मोदीहरू कार्यपालिका र व्यवस्थापिका मात्र होइन न्यायपालिकालाई पनि भ्रष्टाचारको अखडा बनाएर संसारमा नमूना देश बनाउन कृयाशील छन् । उनीहरू भ्रष्टाचारको दलदलमा डुबेका न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने कसरतमा महिनौंदेखि सुरालको इँजारसम्म बाँध्न नभ्याई कस्सिएका छन् । कस्तो मुस्किल छ बिचराहरूलाई !

यताका मोदीहरू अग्रगामी भएकाले अग्रजका खुट्टा काट्न सधैं तत्पर छन्, उताका मोदी भने अग्रजका खुट्टामा ढोग्न अग्रसर हुँदा रहेछन् । उताका मोदीले कनिष्ठ भए पनि योग्य भए पछि माथिल्लो पद पाउँदा रहेछन्, यताका मोदीहरू आर्यघाटमा लम्पसार पर्दा पनि कनिष्ठलाई सिट छाडेर गैर जिम्मेवार हुन चाहँदैनन् । उताका मोदीहरू चुनाव हार्दा पनि तत्काल हार स्वीकार गर्दै जनताप्रति नतमस्तक हुँदा रहेछन्, यताका मोदीहरू चुनाव हार्नासाथ धाँधलीको आरोप लगाउँदै मतदातालाई समेत सत्तोसराप गर्न थाल्छन् । यस्ता क्रान्तिकारी छन् हाम्रा मोदीहरू ।

उताका मोदी मोटर, रेल र हवाइजहाजका गतिलाई पनि उछिनेर विजुलीका गतिमा दौडिँदा रहेछन्, यताका मोदीहरू गधा, गोरुगाडा र कछुवालाई पछि पार्दै जाँतेकिराका गतिमा अघि बढिरहेछन् । यस्ता नमूना मोदीहरू बिचरा भारतसँग छन् ?

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे